तनहुँको व्यास नगरपालिका-१० दुम्सीचौरमा नारेश्वर ताल निर्माण गरी पर्यटन प्रवर्द्धनका लागि व्यास नगरपालिका जुटेको छ । प्रदेश सरकारसँगको साझेदारीमा कृत्रिम ताल निर्माण गरी पर्यटन प्रवर्द्धन र रोजगारी सृजना गर्ने लक्ष्य राखिएको हो ।
पछिल्लो समय वैदेशिक रोजगारका लागि युवाहरू विदेश जानेक्रम बढ्दो छ । अध्ययन गर्ने विद्यार्थीसँगै रोजगारका लागि दिनहुँजसो युवा विदेश पलायन भइरहेका छन् ।
नामिबिया र नेदरल्यान्ड्ससम्मिलित त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको दोस्रो खेलमा जितको नजिक पुगेको नेपाल नेदरल्यान्ड्ससँग दुई रनले पराजित भएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले वि.सं.२०८१ का लागि भित्तेपात्रोको स्वीकृति लिने प्रकाशकलाई नेपाल सरकारले निर्णय गरेको सार्वजनिक बिदा, वर्षभरका चाडपर्वको सूची, विभिन्न साइत एवम् मुहूर्तको सूची दिने भएको छ ।
मकवानपुरको बकैया गाउँपालिकाले पालिकाको वडा नं. ७ का वडासदस्य रामकुमार तितुङको शोक बिदा दिने निर्णय गरेको छ ।
मध्य फिलिपिन्सको सेबु शहरमा एक दर्जनभन्दा बढी घर जल्नेगरी भएको आगलागीमा एकै परिवारका चार जनाको मृत्यु भएकाे स्थानीय अग्निनियन्त्रकले बुधबार बताएका छन्
न रोजेर पाइन्छ न खोजेर पाइन्छ, श्रम गर्न सीप नै चाहिन्छ भन्ने भनाइलाई वराहक्षेत्र–९ सोह्र नम्बरका ४६ का धनबहादुर राईले व्यवहारमा उतार्नु भएको छ ।
सन्तानको रहर पूरा भएका ५३ जनाले निःशुल्क स्थायी बन्ध्याकरण सेवा लिएका छन् । स्थायी बन्ध्याकरण शिविरबाट ३६ जना महिलाले मिनिल्याप र र १७ पुरुषले भ्यासेक्टोमी सेवा लिएको स्वास्थ्य कार्यालय अछामका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुङ्गानाले जानकारी दिनुभयो ।
दाङमा पछिल्लो समय सल्लाको खोटोबाट आम्दानी बढ्दै गएको छ । खोटो बिक्री गरेर वन समूहले आम्दानी गर्न थालेपछि खोटो सङ्कलन गर्ने क्रम पनि बढेको हो ।
घाटामा रहेका ५२ वटा राज्य स्वामित्वका उद्यम (एसओई) सन् २०२३ मा नाफा गर्न सक्षम भएको श्रीलङ्काका अर्थमन्त्री सेहान सेमासिङ्घेले मङ्गलबार बताउनुभएको छ ।
संस्कृति लोपहुन नदिई बचाई राख्न धनकुटाको तमोर नदी किनारमा बसोबास गर्दैआएका माझी समुदायले सामूहिक रूपमा लदी पूजा गरेका छन् ।
नेपालगन्जको घरबारी टोल २ मा रहेको न्यूमाया इलेक्ट्रोनिक्स पसलमा आगलागी हुँदा करिब एक करोड रुपियाँको क्षति भएको छ ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा रहेको बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा दक्ष जनशक्ति नहुँदा भिडियो एक्स-रे सेवा सञ्चालन हुन सकेको छैन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् र संसदीय समितिले दिएको निर्देशनहरुलाई सरकारले उच्च महत्त्व दिई प्राथमिकताका साथ कार्यान्वयन गर्दै आएको दाबी गर्नुभएको छ ।
पुनःनिर्माणसम्बन्धी कार्यविधि नबन्दा स्थायी संरचना निर्माणमा ढिलाइ भएको स्थानीय तहले गुनासो गरेका छन् । रुकुम पश्चिम जिल्ला प्रशासन कार्यालयमा आयोजित विपत व्यवस्थापन समितिको बैठकमा भूकम्पपीडित क्षेत्रमा पुनःनिर्माणका लागि तत्काल कार्यविधि पठाउन सङ्घीय सरकारसमक्ष स्थानीय तहका प्रमुख तथा अध्यक्षहरुले माग गरेका हुन् ।