चैतलो पर्वका अवसरका भूत भुलाउने घोडानाच नाचिएको छ । चैतलो पर्वमा सिमकोट गाउँपालिका–१ र २ को ठेहे गाउँमा धेरै समयअगाडि गाउँका महिला नाचगान गरिरहेका बेला एक राम्री महिलालाई भूतले खोसेर लगेको जनविश्वास छ । सोही कार्यविरुद्ध उक्त नाच नाचिँदै आएको छ ।
मिस वल्र्डमा प्रतिस्पर्धा गरिरहेकी प्रियङ्कारानी जोशी बाघ संरक्षणका लागि ग्लोबल एम्बेसडर घोषित हुनुभएको छ । मिस वल्र्डको एक विधा मल्टिमिडिया च्यालेन्ज अन्तर्गत उहाँले ‘बाघ बचाऔँ’ भन्ने अभियान चलाउनुपर्ने छ । भारतको नयाँ दिल्लीमा आयोजित समारोहमा जोशीसहित मिस वल्र्डका सुन्दरीलाई ‘सेभ दी टाइगर’ को सद्भावना दूतका रूपमा घोषणा गरिएको हो। मिस वल्र्डका सुन्दरीलाई यो वातावरणीय अभियानमा जोड्ने कार्य महाराष्ट्र सरकारको वन, सांस्कृतिक मामिला र मत्स्यपालनमन्त्री सुधीर मुनगङ्टिवारले गर्नुभएको हो ।
मिस नेपाल इन्टरनेसनल २०२२ न्यान्सी खड्का अभिनेता विराज भट्टको आगामी चलचित्र ‘१२ गाउँ’ को प्रमुख पात्रमा अनुबन्धित हुनुभएको छ । निर्माण कम्पनी विराज भट्ट प्रोडक्सन र खड्काबिच लिखित सम्झौता भएको छ । यो चलचित्रबाट भट्टका छोरा समीरले पनि अभिनयमा पदार्पण गर्दै हुनुहुन्छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चित्रकलाको माध्यमबाट नेपालको कला संस्कृति अन्तर्राष्ट्रियस्तरमा प्रवर्धन भएको बताउनुभएको छ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले राजधानीमा आयोजना गरेको ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’ को बुधबार समापन कार्यक्रममा उहाँले चित्रकला प्रदर्शनीले अन्तर्राष्ट्रिय एकतालाई समेत प्रवर्धन गरेको बताउनुभयो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित बान्तावा राई भाषा
नेपालका बैङ्क तथा वित्तीय संस्थाहरूले बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन, नेपाल राष्ट्र बैङ्कबाट जारी हुने निर्देशनहरू तथा अन्य प्रचलित ऐन, नियमका साथै बैङ्किङ क्षेत्रका मान्य सिद्धान्तहरू समेतको पालना गरी पारदर्शी तरिकाले बैङ्किङ कारोबार गर्दै आइरहेको जनाएको छ ।
काठमाडौँ उपत्यकामा विद्युतीय ट्याक्सीप्रति व्यवसायीको आकर्षण बढेको छ । नयाँ ट्याक्सी खरिद गर्ने अधिकांश ट्याक्सी व्यवसायीले विद्युतीय ट्याक्सी खरिद गरेका छन् । दुई वर्षको अवधिका तीन सय विद्युतीय ट्याक्सी खरिद भएको नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले जनाएको छ ।
चालु आर्थिक वर्षको सात महिनामा २८ अर्ब २१ करोड १६ लाख ८१ हजार रुपियाँ बराबरको खाद्यान्न आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार साउनदेखि माघसम्म २८ अर्ब रुपियाँ बराबरको खाद्यान्न (धान, मकै, गहुँ, जौ, कोदो) आयात भएको हो । गत वर्ष सो अवधिमा ३४ अर्ब ६७ करोड ८४ लाख ९८ हजार रुपियाँ बराबरको खाद्यान्न आयात भएको थियो । गत वर्षको तुलनामा चालु आवमा छ अर्ब रुपियाँ बराबरको खाद्यान्न आयात कम भएको हो । बजारमा माग कम हुँदा खाद्यान्न आयात कमी भएको हो ।
इजरायली सेनाको आक्रमणबाट गत २४ घण्टामा ७६ जनाको हत्या भएसँगै गाजा पट्टीमा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २९ हजार ९५४ पुगेको हमासको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका ४ झडुलामाई मोडमा भएको सवारी दुर्घटनाका एकजनाको मृत्यु भएको छ । बुधवार साँझ लु ३ च ४३८३ नम्बरको पिक अप र लु १३ प १८१९ नम्बरको मोटरसाइकल एक आपसमा जुधेका थिए ।
एनिमल नेपालले पशुपन्क्षीले कमसेकम बाँचुन्जेल पाउनुपर्ने स्वतन्त्रताका लागि पाँच मापदण्ड कायम गर्न माग गरेको छ । बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा सो संस्थाका कार्यक्रम प्रमुख सुलक्षणा राणाले सो माग गर्नुभयो ।
खोटाङ–दिक्तेल–रूपाकोट मझुवागढी नगरपालिका –१३, नुनथलाकी फुर्दिकु शेर्पाको स्वास्थ्य स्थितिमा सामान्य सुधार आएको छ ।
सुदूरपश्चिम प्रदेश सभामा प्रदेश सभा नियमावली २०८० को मस्यौदामाथि छलफल सुरु गरिएको छ । आज बसेको प्रदेश सभाको बैठकमा प्रदेश सभा नियमावली २०८० को मस्यौदामाथि छलफल सुरु गरिएको हो ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशको विकास र समृद्धिका लागि इमान्दारिता र सुशासन आवश्यक रहेको बताउनुभएको छ । बुधबार सुनसरीको इनरुवामा एमालेको कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
सशस्त्र द्वन्द्वमा विस्थापित भएका छोटी भन्सार पुनर्स्थापना गर्नुपर्ने माग गर्दै बाँकेका उद्योगी व्यवसायीले सरकारसँग आग्रह गर्नुभएको छ ।