सुदूरपश्चिम प्रदेश र आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीले जकनपुरमा जारी प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगितामा जित हात पारेको छ ।
झापाको कनकाई नगरपालिकामा कला, संस्कृति तथा साहित्य महोत्सवमा देशभरका साहित्यकारहरुको जमघट भएको छ ।
सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक सुरु भएको छ । बैठक बिहान ११ बजेदेखि सुरु भएको हो ।
केन्द्रीय कारागारका कैदीबन्दीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गरिएको छ । कारागार व्यवस्थापन विभागले कारागारभित्र रहेका कैदीबन्दीको स्वास्थ्य उपचारमा सहज होस् भन्ने उद्देश्यले फागुनदेखि लागू हुने गरी स्वास्थ्य बीमा लागू गरिएको हो ।
पिरोलिएको मनलाई उत्साहित बनाउने अचुक औषधी हो प्रेम । प्रेमलाई अभिव्यक्त गर्ने कुनै मौसम त हुँदैन । तर फागुनलाई प्रेमिल महिना भन्ठान्छौँ हामी । ठन्डीमा कठ्याङ्ग्रिएका
जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पारेको असरका विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउने नेपाली महिलाको टोली कालापत्थरतर्फ प्रस्थान गरेको छ ।
डिभिजन वन कार्यालय लहानले चुरे क्षेत्रको संरक्षणका लागि निरन्तर सक्रियता बढाउँदै गएको छ । यसभन्दाअघि खासै चर्चामा नरहेको सो कार्यालयले केही महिनायता वन क्षेत्रबाट चो
खरायो यस्तो जनावर हो जसले आफ्नै दिसा खान्छ । आफ्नै मल खाएर खरायोले त्यसलाई ताजा खानासरह नै पचाउँछ । खरायोको मल दुई खालको हुन्छ । एउटा साना कालो गोलाकार र अर्को नरम कालो, जसलाई सेकोट्रोप्स भनिन्छ । यही सेकोट्रोप्सलाई खरायोले खाने गर्छ । नपचेका पोषक तत्व पुनः पचाउन खरायोले यसो गर्दछ । खरायोले सामान्यतया दिनमा एक पटक यसरी आफ्नै दिसा खाने गर्छ ।
प्रदेश सरकारले डिजिटल प्रदेश निर्माण गर्ने भनेर प्रचार गरेपनि कर्णालीमा अझै इन्टरनेट र विद्युत नपुगेको भन्दै त्यसबेला सरकारको चर्को आलोचना भएको थियो । तर पछिल्लो समय कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले उक्त अभियानलाई कसरी सफल बनाउने र प्रदेशलाई डिजिटलाइजेसन गर्ने भन्ने बारेमा लाग्न थालेको छ ।
मदन भण्डारी राजमार्गसँग स्थानीय तोरीबारी सडकलाई जोड्ने गरी निर्माण सुरु गरिएको उदयपुरको त्रियुगा नगरपालिका–७ स्थित त्रियुगा पुलको निर्माण तीव्र गतिमा भएको छ ।
मानिसले वास्तविक जीवनमा भोगेका कतिपय घटना कालान्तरमा एउटा अविश्वसनीय कथा बन्न पुग्छ भनेर कतै पढेको थिएँ । ठ्याक्कै यस्तै अनुभूति विगतको भाउ–बेहासाको विवरण हेर्दा मिल्छ । पङ्क्तिकारले पनि एक रुपियाँमा खल्तीभरि मिठाई किनेर खाएको हो । बाजे–बराजुले सुका मानु घिउ खाए भन्ने सुनिआएको कुरा हो । यो कुरा तत्कालीन समयमा वास्तविक भए पनि अहिले अविश्वसनीय कथा बनिसक्यो । नयाँ पुस्ताले यसलाई फगत कथा सम्झन्छ ।
बर्दीबास समाचारदाताबर्दीबास, फागुन १७ गते । प्रदेश सरकारले लाखौँ मूल्य खर्च गरेर महोत्तरीको जङ्गल क्षेत्रमा निर्माण गरिएका वातावरणीय महìवका ‘इको पार्क’ हरू संरक्षण अभावमा लथालिङ्ग अवस्थामा पुगेका छन् । बर्दीबास नगरपालिका–४, माईस्थान र वडा नं १० लक्ष्मीनियामा निर्माण गरिएका दुवै पार्क व्यवस्थापनको लापरबाहीले प्रदूषित र प्रयोगविहीन भएका छन् । पार्क निर्माण सम्पन्न भएको दुई वर्ष बितिसक्दा पनि त्यसको न उद्घाटन भएको छ न रेखदेखको व्यवस्था मिलाइएको छ । यो पार्क सर्वसाधारणका लागि खुला पनि गरिएको छैन । तत्कालीन प्रदेश २ सरकारको पुँजीगत कार्यव्रmम अन्तर्गत जनही २० लाख रुपियाँ बजेट खर्चेर निर्माण गरिएका दुवै पार्क समुचित व्यवस्थापनको अभावमा अस्तव्यस्त बन्न पुगेको हो । डिभिजन वन कार्यालय महोत्तरीका अनुसार दुवै इको पार्क आव ०७७÷७८ मै निर्माण भएका हुन् । यी पार्क हेटौँडा ढल्केबर ४०० केभी हाइटेन्सन लाइनको मुनि निर्माण गरिएका छन् । पार्कमा घेरबार, जैविक विविधता झल्कने आरसिसी बेन्च, सिमेन्ट टायल्स लगाएको पदमार्ग, बाटोको दायाँ बायाँ फूल बगैँचा, फलामे गेट जस्ता सबै पूर्वाधार तयार छन् । पार्कनजिकै रहेको सबडिभिजन वन कार्यालय माईस्थानका एक कर्मचारीका अनुसार सुरुमा यी पार्कको चारैतिर एक सयभन्दा बढी त धुपी र अशोकका बोट मात्र रोपिएको थियो । ‘सुन्दर पार्क हेर्दैमा मन प्रशन्न हुन्थ्यो’, ती कर्मचारीले विगत सम्झे । अहिले भने रोपिएका सबै बिरुवा सुकेर गएका छन् । पार्कलाई काँस, वनमारा र माइकोनिया झारका घारीले कुरूप पारेको छ । रेखदेख र स्याहार सम्भार नहुँदा भावर क्षेत्रको जैविक र पारिस्थितिकीय महìव बोकेका दुवै इको पार्क खण्डहर बनेका छन् । पार्कनजिकै बर्दीबास–४, माईस्थानमा धार्मिक, ऐतिहासिक र प्राचीन महìव बोकोको पञ्चधुरा मन्दिरसमेत भएकाले इको पार्कले धार्मिक पर्यटनलाई प्रवर्धन गर्ने सर्वसाधारणमा आशा जगाएको थियो तर सञ्चालन गर्न नसक्दा अमूल्य सम्पदा पत्रु बनेको वडाध्यक्ष अक्कलबहादुर तामाङले आलोचना गर्नुभयो । राज्यको ठुलो लगानीमा निर्माण भएका दुवै पार्कको जिम्मेवार को ? त्यो पनि स्पष्ट छैन । जिज्ञासा राख्दा प्रदेश वन निर्देशनालय र डिभिजन वन कार्यालयहरू एकले अर्काेलाई जिम्मेवार देखाएर पन्छने गरेका छन् । तथापि थोत्रो हुन लागेका पार्कको बोर्डमा भने तत्कालीन प्रदेश नं २ सरकारको वन तथा वातावरण मन्त्रालय, वन निर्देशनालय र डिभिजन वन कार्यालय महोत्तरी उल्लेख छ । डिभिजन वन कार्यालय महोत्तरीका डिएफओ सन्तोष झाले कुनै पनि कार्यव्रmम सञ्चालन गरिसकेपछि त्यसको संरक्षण व्यवस्थापनको सुनिश्चित भए त्यो प्रभावकारी हुने धारणा राख्नुभयो । वन क्षेत्रमा संरचना निर्माण भए पनि संरक्षण व्यवस्थापनका लागि बजेट व्यवस्था नभएको र कुनै निकायलाई जिम्मेवारी हस्तान्तरणसमेत नगर्दा पार्क बेवारिसे अवस्थामा पुगेको उहाँको भनाइ थियो । प्रदेश वन निर्देशक जगन्नाथप्रसाद जयसवालले पार्कको दुरवस्थाको जिम्मेवार डिभिजन वन कार्यालय भएको आरोप लगाउनुभयो । हाइटेन्सन मुनिको खाली जग्गालाई सदुपयोग गर्न तथा पर्यावरण संरक्षण गर्दै आन्तरिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले निर्माण गरिएका इको पार्क माईस्थान गढन्ता साझेदारी वन तथा बाँके मरहा साझेदारी वन अन्तर्गत पर्दछन् ।
कृषि क्षेत्रमा काम गर्दै आएका हुम्ला जिल्लाका तीन वटा कार्यालयले जिल्लाकै किसानहरुले उत्पादन गरेका बिरुवा खरिद गरेर वितरण गर्ने भएका छन् ।
कैलालीको टीकापुर नगरपालिकाभरि सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम गर्ने मिल सञ्चालनमा छन् । ती विद्युतीय मिलमा कामदार भने दक्षअर्थात् तालिमप्राप्त छैनन् । यहाँका मिल व्यवसायीलाई कामदार पाउनसमेत समस्या हुने गरेको उनीहरुको गुनासो छ ।
अध्यक्ष, मुस्ताङको लोमान्थाङ धार्मिक, सांस्कृतिक र प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । लोमान्थाङ तिब्बती परम्परागत संस्कृतिको ऐतिहासिक थलो पनि हो । ऐतिहासिक गुफा, तिब्बती संस्कृति, हिमालको आकर्षण र पठारको रमणीय दृश्यले यहाँ पर्यटक आकर्षित हुन्छन् । पाँच वडा रहेको गाउँपालिकाको पूर्व, पश्चिम र उत्तरमा चीन पर्दछ भने दक्षिणमा मुस्ताङकै लो–घेकर दामोदरकुण्ड गाउँपालिका पर्दछ । चीनसँग सिमाना जोडिएको कोरला नाका यसै गाउँपालिकाभित्र पर्दछ । चार महिनाअघिदेखि कोरला