काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रका सार्वजनिकस्थलको सुन्दरताका लागि भित्ते चित्र बनाउने भएको छ । यसका लागि कामपाले ललितकला प्रज्ञा प्रतिष्ठानसँग सम्झौता गरिसकेको छ ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २८ दशमलव ६८ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७२ दशमलव शून्य नौ मा सीमित भएको छ ।
नेपाल राष्ट्र बैङ्कका पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षेत्री नेतृत्वको नेपाल वायुसेवा निगम संरचनागत सुधार अध्ययन समितिको प्रतिवेदन अध्ययन तथा कार्यान्वयन सिफारिस समितिले चौथो प्रतिवेदन बुझाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक र प्रशासनिक नेतृत्वहरू निर्णय गर्न हिच्किचाउने प्रवृत्ति बढ्दै जानु राम्रो सङ्केत नभएको बताउनुभएको छ ।
गोरखा जिल्ला अजिरकोट गाउँपालिका-५ मुच्चोकका दीपेन्द्र पोखरेलले आफ्नी १४ वर्षीय छोरी शालीनको आत्महत्या भनिएको घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गर्नुभएको छ ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाभित्र एउटा बस्ती किङगरियनपुर्वा । जहाँ अहिलेसम्म कुनै जनप्रतिनिधिको ध्यान जान सकिरहेको छैन । भौतिक पूर्वाधारका ठुला-ठुला संरचना बन्ने त परैको कुरा आवतजावतका लागि बाटोसम्म बनेको छैन ।
स्याङ्जाको चापाकोटमा प्रस्तावित प्राकृतिक स्रोत व्यवस्थापन (कृषि) क्याम्पस सञ्चालनमा आउने भएको छ । क्याम्पस सञ्चालनको बारेमा लामो समयदेखि विवाद र चर्चा हुँदै आएको थियो ।
जिल्ला कारागार खोटाङका अधिकांश कैदीबन्दी केही न केही व्यावसायिक काममा आबद्ध छन् । केहीले धागो प्रयोग गरेर ढाकाटोपी, रुमाल, सल र पर्स बुन्छन् भने केहीले बाँसका चोया तथा भाटा प्रयोग गरेर घरायसी सामग्री निर्माण गर्छन् ।
पूर्वी नवलपरासीका किसानले दुधको भुक्तानी नपाएको भन्दै सडकमा दुध खन्याएर विरोध प्रदर्शन गरेका छन् ।
सरकारको एक सय पर्यटकीय गन्तव्यमा समावेश मुन्दुम ट्रेललाई चिनाउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि तयारी थालिएको छ ।
दार्चुलाको महाकाली नगरपालिकामा कार्यरत महिला नगर प्रहरी मृत्यु प्रकरण अनुसन्धानका लागि एक जनालाई पक्राउ गरिएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले अनलाइन हिंसाका घटना रोक्न साइबर सचेतनालाई व्यापक बनाउनुपर्ने बताउनुभएको छ ।
ज्यूँदै मर्याको भनि नाम छ कस्को ? उद्यमबिना बित्छ काल जस्को ।
दुग्ध उत्पादन जिल्ला सहकारी सङ्घ धनकुटाको संयोजनमा भेला भएका कृषकले भुक्तानीको माग गदै नारावाजी समेत गरेका छन् ।
पाल्पा जिल्लाको तानसेन-११ जोगीपानीस्थित लिपिनदेवी आधारभूत विद्यालय नजिकै ग्रिनेट फेला परेको छ ।