राष्ट्रिय दुग्ध विकास बोर्डको प्रयोगशालामा परीक्षण गरिएको अधिकांश दुध गुणस्तरहीन रहेको पाइएको छ । बोर्डले एक हजार १६३ वटा नमुना परीक्षा गर्दा त्यसको प्याकेटमा तोकिएकोभन्दा कम तौल पाइएको तथा तोकिएको मापदण्डभन्दा दुधमा कम फ्याट र एसएनएफ पाइएको बोर्डले जनाएको छ । बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले बिहीबार आफ्नो कार्यकक्षमा पत्रकारसँग कुरा गर्दै सो कुराको जानकारी दिनुभएको हो । उहाँले डेरी उद्योगीले दुध तथा दुग्धजन्य पदार्थको गुणस्तरमा ध्यान नदिएको बताउनुभयो । बोर्डकै प्रयोगशालामा परीक्षण गर्दा दुध तथा दुग्धजन्य पदार्थ गुणस्तरीय नरहेको उहाँले जानकारी गराउनुभयो ।
नेपाल विद्युत् प्राधिकरणले गएको साउनयता विद्युत् वितरणतर्फका नौ वटा सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याएको छ । प्राधिकरणले विद्युत् ग्रिड सबस्टेसनबाट वितरण सबस्टेसनसम्म विद्युत् पुर्याउन र वितरण सबस्टेसनबाट उपभोक्तासम्म विद्युत् पुर्याउन ३३ तथा ११ किलोभोल्ट (केभी) र चार सय भोल्टको लाइन पनि निर्माण गरी सञ्चालनमा ल्याएको हो । साथै वितरण ट्रान्सफर्मर पनि जडान गरिएको छ । साउनबाट हालसम्म वितरणतर्फका ३३/११ केभी क्षमताका नौ वटा वितरण सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ । यसबाट सबस्टेसन निर्माण क्षेत्रको विद्युत् आपूर्तिमा सुधार हुनुका साथै चुहावट पनि घटेको छ ।
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुलुङ) मा विभिन्न ४६ देशका विदेशी मुद्रा सङ्कलन भएको छ । पाथीभरा दर्शनमा आएका भक्तजनले चढाएको तथा दान गरेको भेटी रकमबापत विदेशी मुद्रा सङ्कलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार अमेरिकी डलरसहित ४६ भन्दा बढी देशको विदेशी मुद्रा सङ्कलन भएको हो । भेटी रकमका रूपमा सङ्कलन भएको विदेशी मुद्रामध्ये तीन हजार ९३३ अमेरिकी डलर रहेको कार्यकारी निर्देशक हाङ्बाङले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी दक्षिण कोरियाको आठ लाख ६० हजार मुद्रा रहेको छ । यस्तै इन्डोनेसियाको १६ हजार, जापानको १४ हजार १२९, इरानको १० हजार, ओमनको नौ हजार ७४० मुद्रा रहेको छ । कतारको चार हजार ९२, साउदी अरबको एक हजार ७२५, भियतनामको दुई हजार
रुकुमपश्चिमको आठबिसकोटमा रहेको प्रभु बैङ्कका एक कर्मचारीले भूकम्पपीडित र अन्य बचतकर्ताको रकम हिनामिना गरी फरार भएका छन् । प्रभु बैङ्कको आठबिसकोट शाखाका अपरेसन इन्चार्ज निरजविक्रम शाहले रकम अपचलन गरेको पाइएको हो । बैङ्कका कारण रकम अपचलन भएको पाइएपछि बैङ्कले हालसम्म एक करोड ७२ लाख ९८ हजार रुपियाँ फिर्ता गरेको छ । तीमध्ये भूकम्पपीडितको एक करोड पाँच लाख र ग्राहकको ६७ लाख ९८ हजार रुपियाँ रहेको छ । प्रभु बैङ्कले अरू पनि अपचलन भएको हुन सक्ने अनुमान गरी थप छानबिन भइरहेको जनाएको छ ।
नेपालगन्ज उपमहानगरपालिकामा पहिलो सार्वजनिक किरियापुत्री भवन बन्ने भएको छ । बढ्दो शहरीकरणका कारण घर–घरमा पितृकार्य गर्न असहज हुँदैगएका बेला नेपालगन्ज उपमहानगरको वडा ४ स्थित शिव पार्वती मन्दिर अगाडि किरियापुत्री भवन बन्न लागेको वडाअध्यक्ष गोपाल पुनले जानकारी दिनुभयो ।
सरकारले दाङमा आन्दोलनरत स्वर्गद्वारी गुठीपीडित मोही किसानलाई आन्दोलन रोकेर वार्तामा आउन आह्वान गरेको छ । वार्ता गर्न सरकारले एक समिति पनि गठन गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ललितपुर महानगरको निमन्त्रणामा नेपाल आएका कोरियाको चेओरवन सहरका मेयर ली ह्युन जोङले शिष्टाचार भेट गर्नुभएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले रोजगारीको ठुलो समस्याबिच अपाङ्गता भएका व्यक्तिलाई क्षमताअनुसारको रोजगारी दिने कार्य सह्रानीय रहेको बताउनुभएको छ ।
कोशी प्रदेशको नाम खारेजीको माग गर्दै पहिचानवादीले काठमाडौँमा प्रदर्शन गरेका छन् । गत वर्ष फागुन १७ गते प्रदेश १ को नाम कोशी नामकरण गरिएको थियो ।
प्रहरीले वैदेशिक रोजगारीमा पठाउने भनी लाखौँ ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ ।
बिहीबार राति कोशी र गण्डकी प्रदेशको मौसम आंशिक बदली रहने जनाइएको छ । बाँकी प्रदेशको मौसम सफा रहने छ । मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार गण्डकी र कोशी प्रदेशको मौसम आंशिक बदली रहे पनि पानी पर्ने कुनै सम्भावना छैन ।
सुदूरपश्चिम प्रदेश सभा सदस्यले सभामा टेबुल भएको निजामती सेवा ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक अपुरो रहेको जिकिर गर्नुभएको छ ।
बाँकेको राप्तीसोनारी गाउँपालिका–१ बैरीयाका स्थानीयलाई अब बर्षायाममा हुने विपद्का बेला सहज हुनेभएको छ ।
रुकुमपश्चिमको आठविसकोट नगरपालिकामा रहेको प्रभु बैङ्कका एक कर्मचारीले हिनामिना गरेको करोडौँ रकममध्ये केही रकम बैङ्कले फिर्ता गरेको छ ।
गुल्मीमा बिहीबार बिहान करिब १०ः३० बजेको समयमा आगलागीका कारण एक गोठ जलेर पूर्ण रूपमा नष्ट भएको छ ।