पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारी सडकखण्डमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।
रिब्दिकोट गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले गाउँपालिकाबाट प्राप्त हुने सेवा सुविधाको रकमबाट ६५ जना विपन्न समुदायको स्वास्थ्य बिमा गरिदिनुभएको छ ।
कृषि अनुसन्धान केन्द्रले यो वर्षलाई लक्षित गरी करिब ४.५ टन गुणस्तरीय गहुँको बिउ उत्पादन गरेको थियो तर उत्पादन भएकोमध्ये आधा मात्र गहुँको बिउ खपत भयो । आधा के
प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता शुक्रबारदेखि पाल्पामा हुँदैछ । सङ्घीयता पश्चात लुम्बिनीमा हुन लागेको प्रथम संस्करणको राष्ट्रिय महिला भलिबलको उट्घाटन खेलमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशसँग प्रतिस्पर्धा गर्दैछ ।
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले जैविक विविधताको संरक्षणसँगै घोडाघोडी क्षेत्रको पर्यटन प्रवर्धनमा प्रदेश सरकारले सहयोग गरेको बताउनुभएको छ । नेपालको पहिलो चरा अभयआरण्य क्षेत्र घोडाघोडी ताल क्षेत्रको अवलोकनका क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
गोरखाको बारपाक सुलीकोट गाउँपालिका स्थानिय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा ११ वटा पालिकाहरुलाई उछिन्दै पहिलो भएको छ ।
चन्द्रागिरि नगरपालिकाले आफ्ना उत्पादन, रोजगारी तथा व्यवसाय प्रवर्द्धन गर्न वित्तीय संस्थाको समन्वयमा विपन्न वर्ग तथा लघु उद्यमीलाई बिनाधितो प्रवाह हुने कर्जामा निक्षेप तथा कर्जा सुरक्षण कोषले सुरक्षण गरिदिने भएको छ ।
स्थानीयको अतिक्रमणबाट अस्तित्व नै गुमाइसकेको पुरैना ताल र जग्गा खोजी कार्य सुरु भएको छ । कैलालीको भजनी नगरपालिका–७, चर्रास्थित सिमसार क्षेत्रमा एक दशकअघि पुरैना ताल रहेको थियो । उक्त ताललाई पुनर्जीवन दिन तालको क्षेत्र र जग्गा खोजी सुरु भएको हो । २०६४ र २०६५ सालमा आएको बाढीले ताल पुरिएको स्थानीयवासी बताउँछन् । त्यसपछि पनि पुरिँदै गएपछि स्थानीय किसानले अतिक्रमण गरी खेतीयोग्य जमिनमा परिणत गरेका हुन् ।
महोत्तरी जिल्लाका साबिक पिपरा, सहोडवा, बनौलीदनौली, रतौली र एकरहिया गाउँ विकास समितिलाई समेटेर २०७३ मा पिपरा गाउँपालिका बनेको छ । धार्मिक, शैक्षिक र कृषि कार्यमा अब्बल पा
कालीकोटको रास्कोट नगरपालिकामा राष्ट्रिय वाणिज्य बैंक स्थापना भएको एक वर्ष पुग्दै छ । नगरपालिकामा बैंक स्थापना भएसँगै रास्कोटका नागरिकलाई सेवा पाउने आस थियो ।
कैलालीमा निर्माणाधीन हुलाकी राजमार्ग स्तरोन्नति गर्ने कार्य थपिएको समय पनि पूरा हुन सकेको छैन । समयमै सडक निर्माण नसकिएपछि स्थानीय चिन्तित भएका छन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारी सडकखण्डमा शुक्रबार बिहान यात्रुवहाक जिपलाई ट्रिपरले ठक्कर दिँदा दुई जनको मृत्यु भएको छ ।
अमरगढी नगरपालिका र नवदुर्गा गाउँपालिकाको सिमानामा पर्ने शैलेश्वर खोलामा ३७ लाख आठ हजार रुपियाँ लागतमा ट्रस्ट पुल निर्माण गरिएको छ । पुल निर्माणले स्थानीयलाई आउजाउ गर्न सहज भएको छ । उक्त पुलको जिल्ला समन्वय समिति प्रमुख गगनसिंह भण्डारी र अमरगढी नगरपालिकाका प्रमुख डिल्लीराज जोशीले उद्घाटन गर्नुभएको छ । स्थानीय सल्लागाउँवासीको माग अनुसार पुल निर्माण गरिएको हो । उक्त पुलको पारितर्फ नवदुर्गा गाउँपालिका–१ भए पनि खोला किनारमा अमरगढी नगरपालिका–७, सल्लागाउँवासीका खेत र जग्गाजमिन छ । खेतीपातीसँगै वनजङ्गल जानका लागि पुल निर्माण गरिएको समन्वय समिति प्रमुख भण्डारीले बताउनुभयो ।
बागमती प्रदेश सरकार र विपक्षी दलबिच बजेट भागबन्डामा लामो समयदेखि चल्दै आएको विवाद समाधान गर्न विशेष समिति बनाइएको छ । बागमती प्रदेश सभाको बिहीबार बसे
फिदिम नगरपालिकाको सभा हलमा मङ्गलबार सार्वजनिक कार्यव्रmम चलिरहेको थियो । नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र आमन्त्रित अतिथि अग्रभागमा हुनुहुन्थ्यो ।