राज्यको कमजोर उपस्थितिको फाइदा उठाउँदै नेपाल–भारत सीमा क्षेत्रको वनमा मनोमानी रूपमा खयर कटान भएको छ । चुने वन क्षेत्र अन्तर्गत पर्ने दाङको राजपुर गाउँपालिका–१ स्थित सिरियानाका सामुदायिक वन समूहमा समूहकै पदाधिकारी र ठेकेदारको मिलेमतोमा जङ्गलमा रहेका खयरका रुख कटान गरिएको छ ।
कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सुशासनका निम्ति वडा अध्यक्षदेखि मन्त्रीसम्मको सम्पत्ती छानविन हुनुपर्ने बताउनुभएको छ ।
बुटवलमा चुरेका बाँदर आएर आक्रमण गर्न थालेपछि सर्वसाधारण हैरान भएका छन् । बुटवल बजारको उत्तरपश्चिमबाट चुरे पहाडका बाँदर सहरतिर केन्द्रित हुन थालेपछि सर्वसाधारणलाई झन् समस्या थपिएको हो । बाँदरले घरमा राखेका खाद्यान्न खाइदिने गरेका छन् भने मानिसलाई आक्रमण गरेका घटना बढ्दै गएका छन् ।
सिस्ने गाउँपालिका–५ रुकुमकोटमा रहेको कमल दहमा कमलका जरा निकाल्ने काममा स्थानीयलाई चापाचाप छ । अचारका लागि स्वादिलो र स्वास्थ्यका लागि कमलका जरा फाइदाजनक मानिन्छ । यस वर्ष बुधबारदेखि कमलका जरा निकाल्ने गाउँपालिकाले अनुमति दिएसँगै स्थानीय जरा निकाल्ने काममा लागेका हुन् । हरेक वर्षको यो समय कमलको जरा निकाल्ने याम हो ।
केन्द्रीकृत र एकात्मक शासन व्यवस्थाले विकास निर्माण र जनआकाङ्क्षालाई सम्बोधन गर्न नसकेका कारण नेपाल सङ्घीय शासन व्यवस्थामा अगाडि बढ्यो । यसक्रममा सङ्घीय राज्य हुने नीति सर्वप्रथम नेपालको अन्तरिम संविधान २०६३ ले स्वीकार ग¥यो । यस संविधानमा केन्द्रीकृत र एकात्मक शासन व्यवस्था तथा वर्गीय, जातीय, धार्मिक, भाषिक, लैङ्गिक, सांस्कृतिक, धार्मिक, क्षेत्रीय विभेद अन्त्य गरी लोकतान्त्रिक शासन व्यवस्थासहित अग्रगामी पुनर्संरचना गरिने उल्लेख गरियो । यही आधारमा संविधान सभाले बनाएको नेपालको संविधान २०७२ मा सङ्घीयतालाई राज्य व्यवस्था सञ्चालनको प्रमुख आधारका रूपमा लिइयो ।
नेपाल वेष्ट एसियन फुटबल महासंघ (वाफ) महिला च्याम्पियनसिपको फाइनलमा जोर्डनसँग टाइब्रेकरमा ५-३ गोलले पराजित भएको छ ।
नेपालको संविधानले सञ्चार र सूचनाको हकलाई मौलिक हकको रूपमा उल्लेख गरेको छ । दिगो विकास लक्ष्यले सबैले धान्न सक्ने गरी इन्टरनेटको पहुँचमा उल्लेख वृद्धि गर्ने उल्लेख गरेको छ । आर्थिक विकासको संवाहक एवं उत्प्रेरकका रूपमा रहेको सञ्चार तथा सूचना प्रविधि क्षेत्रलाई मर्यादित, व्यावसायिक, सक्षम र सबल बनाउने दायित्व र जिम्मेवारीका साथ अगाडि बढ्नुपर्ने खाँचो छ । हाल नेपालको कुल जनसङ्ख्याको ६५.९ प्रतिशतमा इन्टरनेट सेवाको पहुँच पुगेको तथा डिजिटल साक्षरता ४० प्रतिशत, टेलिभिजन ७२ प्रतिशतमा, रेडियो ८६ प्रतिशतमा पुगेको छ । नेपाली जनतालाई सूचना तथा सञ्चारसँग सम्बन्धित विश्वव्यापी विका
जङ्गल, जडीबुटी, जल, जमिन तथा जनशक्तिको सामथ्र्य हामीले बुझ्न सकिरहेका छैनौँ । यीमध्ये देशमा उपलब्ध जडीबुटीबाट भरपुर लाभ लिन नसक्दा यो क्षेत्र पनि ओझेलमा परिरहेको छ । नेपालको आर्थिक विकासका लागि विभिन्न सम्भावनामध्ये जडीबुटी प्रमुख र कार्यान्वयनयोग्य सम्भावना हो । न्यून आय भएका मानिसदेखि सम्भ्रान्त वर्गका मानिससम्म जडीबुटीको चर्चा हुने गरेको पाइन्छ तर जडीबुटी तथा सुगन्धित वनस्पतिको व्यवसायीकरण गरेर आर्र्थिक स्थिति उकास्न भने सकिरहेका छैनौँ ।
नेपालको संविधानले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको परिकल्पना गरेको छ । संविधानले न्याय प्रशासनलाई छिटो, छरितो, सर्वसुलभ, मितव्ययी, निष्पक्ष, प्रभावकारी र जनउत्तरदायी बनाउने नीति अनुसार राजनीतिक, प्रशासनिक, न्यायिक, सामाजिकलगायत सबै क्षेत्रको भ्रष्टाचार र अनियमितता नियन्त्रणका लागि प्रभावकारी उपाय अवलम्बन गर्ने नीतिसमेत लिएको छ । नेपालमा न्यायिक सुधारको कार्यलाई योजनाबद्ध ढङ्गबाट अगाडि बढाउने सोच र दृष्टिकोणको २०६१ सालदेखि सुरुवात भएको हो ।
अनियमित प्रवासन या रोजगारीका लागि बिदेसिएका युवाका कारण नेपालमा प्रतिभा पलायनका साथै उत्पादनमुखी युवा जनसङ्ख्यामा कमी भएको छ । नेपाल आर्थिक शक्तिसम्पन्न मुलुक होइन र आवश्यक पूर्वाधारको विकास पनि हुन सकेको छैन तर सामाजिक सुविधा र प्राकृतिक स्रोतमा ज्यादै कमजोर मुलुक भने होइन । नेपालमा नै उद्यम, व्यवसाय, कृषि या यस्तै रोजगारमूलक काम गरेर बस्नुभन्दा विदेश पलायनमा युवा बढी उद्यत भएको पाइन्छ । हुन त अहिले अन्तर्राष्ट्रिय सर्वेक्षणबाट स्पष्ट भइसके
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित थारु भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित राजवंशी भाषा
नेपालयले नयाँ पुस्तक ‘बहादुर शाह’ प्रकाशन गरेको छ । लामो समय राजनीतिक जीवन बिताइरहनुभएका राजनीतिज्ञ चिरञ्जीवी वाग्लेले लेख्नुभएको पुस्तकले ऐतिहासिक आख्यान विधालाई निरन्तरता दिएको छ । नेपालको इतिहास पढ्दै आएका पाठकका निम्ति ‘बहादुर शाह’ साहसिक र स्वप्नद्रष्टा पात्र हुनुहुन्छ । योग्य पिताका सुयोग्य पुत्र अथवा अभागी राजकुमारका रूपमा पनि इतिहासमा उनको उल्लेख गरिएको छ ।
गायिका मेनुका पौडेलको आवाजमा ‘छुनै हुन्न जस्तो’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । गीतमा प्रदीप चापागाईंको शब्द रचना रहेको गीतमा सिडी विजय अधिकारीले सङ्गीत दिनुभएको छ । गीतले युवकयुवतीको प्रेम भाव दर्शाउँछ । गीतको भिडियोमा प्रभातपल ठकुरी र जुना सुन्दासको अभिनय देख्न सकिन्छ । अर्जुन तिवारीले खिच्नुभएको गीतको भिडियोलाई शान थापाले निर्देशन गर्नुभएको छ ।
चलचित्र ‘महाजात्रा’ नेपालसहित विश्वभर एकसाथ प्रदर्शन हुने भएको छ । ‘महाजात्रा’ षट्कोण आर्ट्सले निर्माण गरेको ‘जात्रा’ शृङ्खलाको तेस्रो भाग हो । नेपाल र भारतबाहेकका प्रदर्शन र वितरणको अधिकार खरिद गरेको एमएसएम इन्टरटेनमेन्टले संयुक्त राज्य अमेरिका, क्यानडा, डेनमार्क, जापान, न्युजिल्यान्डमा र अस्ट्रेलियामा पनि चलचित्र एकसाथ प्रदर्शन गर्ने तयारी गरेको छ । चलचित्रका कार्यकारी निर्मातासमेत रहेका अभिनेता रवीन्द्रसिंह बानियाँले ‘जात्रा’ शृङ्खलाको सफलता र दर्शकको प्रतीक्षाले नै ‘महाजात्रा’ तयार भएको बताउनुभयो । उहाँले भन्नुभयो, “दर्शक र समीक्षकको सकारात्मक प्रतिक्रियाले हामीलाई शृङ्खलालाई निरन्तर दिन हौसाएको हो ।”