सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । बैठक शुक्रबार बिहान ११ बजेदेखि सुरु एको हो ।
इलाका प्रहरी कार्यालय गोरुसिङ्गेमा भन्सार छली ल्याएको ३५ बोरा चिनी बरामद गरेको छ । बुद्धभूमि नगरपालिका २ गोरुसिङ्गे स्थित अर्घाखाँची चोकमा लु २ च ९६७३ नम्बरको पिकअप गाडीबाट अवैध चिनी बरामद गरिएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक नरेश बहादुर शाहीले बताउनु भयो ।
सुदूरपश्चिम सरकारले प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख डा. निरज अर्याललाई जिम्मेवारीबाट हटाउने निर्णय गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बिहीबार अर्याललाई जिम्मेवारीमुक्त गर्ने निर्णय गरेको सचिव शिवराम पोखरेलले जानकारी दिनुभयो ।
प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले राज्यको चौथो अङ्गका रूपमा रहेको पत्रकारितालाई सक्षम, सुदृढ, व्यावसायिक र जिम्मेवार बनाउन समय सुहाउँदो कानुनको आवश्यकता औँल्याउनुभएको छ ।
वैदेशिक रोजगारका क्रममा इराकमा मृत्यु भएका ४४ वर्षीय रत्नबहादुर घिमिरको शव नेपाल ल्याइदिन परिवारले स्थानीय सरकारसँग अनुरोध गरेका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल टस हारेर पहिले ब्याटिङमा उत्रने भएको छ । नामिबियाका कप्तानले टस जितेर पहिले फिल्डिङ रोज्नुभएको हो ।
धनगढीमा रहेको निजी अस्पताल नवजीवन अस्पताल प्रालिले विपन्नका लागि निःशुल्क डायलासिस सेवा सुरु गरेको छ । अस्पतालले आफ्नो वार्षिकोत्सवको अवसर पारेर विपन्नका लागि निःशुल्क डायलासिस सेवा सुरु गरेकरो हो ।
तपाईंलाई अचम्म लाग्ला स्पेनको राष्ट्रिय गान आधिकारिक शब्दबिनाको छ । स्पेनसरह बोस्निया हर्जगोभिना, कोसोभो र सान मारिनोको राष्ट्रिय गानमा समेत शब्द छैन । स्पेनको राष्ट्रिय गानलाई ‘मर्चा रियाल’ भनिन्छ । यसको नामबाटै स्पष्ट हुन्छ यो चार/चार पटकको सैन्य मार्च (परेड) हो । ‘मर्चा रियाल’ दुई मिनेटको हुन्छ तर खेलकुद प्रतियोगितामा बजाइने ‘मर्चा रियाल’ करिब ४० सेकेन्डको मात्र हुन्छ ।
सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–३ चपौलीस्थित ‘कलाघर सिन्धुली’ पर्यटन गन्तव्य बन्दै गएको छ ।
जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पारेको असरका विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउन सामाजिक अभियन्ताको टोली सोलुखुम्बुको लुक्ला आइपुगेको छ । सो टोली आज लुक्लाबाट फाक्दिङ पुग्ने बताइएको छ ।
विसं १९०३ सालमा प्रधानमन्त्री जङ्गबहादुर राणाले मुलुकको शासनसत्ता हातमा लिई निरङ्कुश जहानियाँ शासनको शूत्रपात गरेका थिए । जहानियाँ राणा शासनविरुद्ध जङ्गबहादुरकै पालादेखि देशका विभिन्न स्थानबाट आवाज नउठेको होइन तर जङ्गबहादुरले आफ्ना विरोधीलाई हत्या गरिदिए । मुलुकको शासनसत्ताको बा
नाम्खा गाउँपालिका– ६ को हिमालपारीको लिमीको तीलगाउँका ५४ प्रतिशतभन्दा बढीले गाउँ छोडेर गएको पाइएको छ । गाउँमाभन्दा शहरमा व्यापार व्यवसाय गर्न सहज हुने भएपछि गाउँ छोड्ने क्रम बढेको हो ।
टाइसुट लगाएर मानिस चिटिक्क देखिन्छन् । मानिसको व्यक्तित्व नै टाइसुटले बढाउँछ तर के तपाईंलाई थाहा छ घाँटीमा टाई बाँध्नाले मस्तिष्कमा रक्तप्रवाह कम हुन जान्छ । सन् २०१८ मा गरिएको एउटा अनुसन्धानले के निष्कर्ष दिएको छ भने घाँटीमा टाई बाँध्नाले दिमागमा रगतको प्रवाह ७.५ प्रतिशतले घट्छ । जसका कारण मानिसले टाउको दुखेको, वाकवाकी लागेको र आलस्यता मह
सङ्घीय संसदअन्तर्गत शुक्रबार दुवै सदनको बैठक बस्दैछ । जसअनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे सुरु हुनेछ ।
विधि निर्माणका लागि राष्ट्रियसभा प्रतिनिधिसभासँगसँगै जिम्मेवार र सक्रिय रहँदै आएको छ । प्रतिनिधिसभा विघटन भएका बखत पनि बन्द नहुने प्रकृतिको राष्ट्रियसभा प्रबुद्ध व्यक्तिहरूको सहभागितामा शालिन प्रस्तुति दिने माथिल्लो सभाका रूपमा रहेको छ ।