पोखराको सेती नदीमा पाँच दिनअघि माछा मार्न जाँदा बेपत्ता भएका एक जनाको शव फेला परेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भरतपुरलाई अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय गन्तव्य बनाउन सकिने बताउनुभएको छ ।
धनकुटाको उत्तरपानीमा रहेका स्थानीय पोखरीको संरक्षण गर्न कोशी प्रदेशको आर्थिक मामिला तथा योजना राज्य मन्त्री इन्दीरा थापाले चासो देखाउनु भएको छ ।
अन्तर सरकारी निकायबिचको समन्वय अभावमा रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारको लाइफलाइन मानिएको चारलेन सडक निर्माण अलपत्र परेको छ।
पश्चिम नेपालमा पहिलो पटक स्थानीयस्तरमा कोरियाली भाषाको शब्दकोष विमोचन गरिएको छ । बिहीबार एक कार्यक्रमबिच लामो समयदेखि कोहलपुरमा रहेर कोरियन भाषा प्रशिक्षण गर्दै आउनुभएका प्रशिक्षक भोपेन्द्र कवरद्वारा लिखित ‘मेरो कोरियन साथी’ शब्दकोष विमोचन गरिएको हो ।
अपाङ्गता भएका महिलाहरुको राष्ट्रिय सम्मेलन आजदेखि यहाँसुरु भएको छ । ‘मलाइ पनि तिमिसँगै गणना गरः मेरो आवाजले अर्थ राख्छ’ भन्ने नाराका साथ आजदेखि सुरु सम्मेलन काठमाडौँ घोषणापत्र जारी गर्दै यही फागुन २० गते सम्पन्न हुनेछ ।
नेपाल विद्युत प्राधिकरणले ऊर्जा क्षेत्रमा सहायता बढाउन नेपालका अन्तराष्ट्रिय विकास साझेदारहरुलाई आग्रह गरेको छ ।
दार्चुलाको व्यास गाउँपालिका–४ सुन्सेराको डोकटमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) भवन शिलान्यास गरिएको छ ।
राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ पारित गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार अर्थतन्त्रमा देखिएका चुनौती सम्बोधन गर्दै समृद्धिको आधार तयार गर्न क्रियाशील रहेको बताउनुभएको छ ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पर्यटन क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ । आज चितवनको नारायणी नदी किनारमा आयोजित ‘भरतपुर भ्रमण वर्ष २०२४’ को उदघाटन समारोहलाई सम्बोधन गर्दै उहाँले मुलुकको पर्यटन प्रवर्द्धनका लागि सबै क्षेत्रको सहकार्य आवश्यक रहेको बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली विद्यालयको पढाइले मात्रै पठन संस्कृतिको विकास नहुने बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकबाट ‘अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ सर्वसम्मतिले पारित भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुर पर्यटन विकासको प्रचुर सम्भावना भएको सहर हो भन्नुभएको छ ।
आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी र विभागीय टोली त्रिभुवन आर्मी क्लब जनकपुरमा जारी प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।