समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित धिमाल भाषा
राष्ट्रिय बाल नाटक मेला–२०८० शुक्रबार सुरु भएको छ । नाट्यकर्मी महासङ्घ नेपालको आयोजनामा बालबालिकामा अन्तरनिहित प्रतिभा प्रस्फुटन तथा विकास गराउने उद्देश्यसहित उक्त मेला फागुन २७ गतेसम्म सञ्चालन हुने भएको हो । मुलुकभर खुला आह्वान गरी विद्यालयस्तरका बालबालिकाले उपलब्ध गराएका नाटकमध्ये उत्कृष्ट नाटक छनोट गरी अन्तिम चरणका नाटक मञ्चन गरिएको महासङ्घका अध्यक्ष राजेन्द्र रिमालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले देशभर विद्यालयमा खुला आह्वान गरी नाटक माग गरेका हौँ । उपलब्ध नाटकमध्ये उत्कृष्ट ११ नाटक अन्तिमका लागि छनोट गरेका छौँ ।”
नेपाल विद्युत् प्राधिकरणले ऊर्जा क्षेत्रमा सहायता बढाउन अन्तर्राष्ट्रिय विकास साझेदारहरूलाई आग्रह गरेको छ । सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने तथा त्यसको निर्यात तथा आन्तरिक खपत प्रवर्धन गर्न आगामी छ वर्षमा विद्युत् उत्पादनतर्फ छ अर्ब डलर, प्रसारणतर्फ पाँच अर्ब र वितरणतर्फ दुई अर्ब डलरभन्दा बढी आवश्यक रहेको जिकिर गर्दै प्राधिकरणले साझेदारहरूलाई सहायता विस्तारका लागि आग्रह गरेको हो ।
मलेसियाले अवैधानिक रूपमा बसेका नेपालीसहित आप्रवासी श्रमिकका लागि घर फिर्ती कार्यक्रम ल्याएको छ । मलेसियास्थित नेपाली दूतावासले अवैधानिक रूपमा बस्दै आएका विदेशी नागरिकका लागि फागुन १८ गतेदेखि आगामी २०८१ पुस १६ गतेसम्म घर फिर्ती कार्यक्रम राखेको छ ।
दादुरा–रुबेलाविरुद्धको खोप काठमाडौँ जिल्लाका एक लाख ९० हजार बालबालिकाले लगाएका छन् । स्वास्थ्य कार्यालय काठमाडौँका प्रवक्ता डा. भुवन पौडेलले छ दिनमा एक लाख ९० हजार बालबालिकाले खोप लगाएको जानकारी दिनुभयो । काठमाडौँ महानगरको केही वडामा फागुन १६ गतेदेखि खोप अभियान सञ्चालनमा आएको हो । उहाँले बाँकी वडामा आइतबारदेखि सञ्चालनमा आउने जानकारी दिनुभयो । उहाँले खोप अभियान उत्साहप्रद ढङ्गले अगाडि बढेको भन्दै विद्यालयमा खोप केन्द्र राख्दा खोप लगाउने बालबालिका बढेको बताउनुभयो । उहाँले काठमाडौँमा लक्षित समूहको ३५ प्रतिशतले खोप लगाइसकेको जानकारी दिनुभयो ।
स्याङ्जाको फेदीखोला गाउँपालिका–१, साल्मेडाँडा रामकोटमा निर्माणाधीन गोर्खा स्मारकको निर्माणको गति सुस्त छ । गोर्खा स्मारक ट्रस्टमार्फत विभिन्न पाँच वटा परियोजना रहेको बृहत् योजना निर्माण २०७० सालदेखि सुरु भएको हो । सन् १८१४ देखिका लडाइँ तथा प्रथम र दोस्रो विश्वयुद्धमा वीरगति प्राप्त गरेका वीर गोर्खालीको पुस्तौँसम्म स्मरण गराउने उद्देश्यले स्मारकसहितको बृहत् योजना अगाडि बढाइएको हो ।
हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ, काठमाडौँको तारकेश्वर नगरपालिकाले शुक्रबार वडा नं ८ स्थित टुसालमा आयोजना गरेको तारकेश्वर परिदृश्य पुस्तक विमोचन तथा खेलाडी सम्मान कार्यक्रम २०८० मा पुस्तक विमोचन गर्दै ।
विश्व बैङ्कले दुई परियोजनाका लागि दुई सय मिलियन अमेरिकी डलर (रु २६ अर्ब ५१ करोड) बराबरको ऋण सहयोग गर्ने भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सत्तारूढ गठबन्धनमा कुनै समस्या नरहेको बताउनु भएको छ । सङ्घीय संसद् भवनमा शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले गठबन्धनमा कुनै किसिमको खटपट नभएको स्पष्ट गर्नुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि शनिबार बागलुङको पञ्चकोट आउनुहुने भएको छ । सर्वसिद्धिधाम पञ्चकोटमा जारी अनन्तश्री ब्रह्माण्डीय महायज्ञको एघारौं दिन पञ्चकोटको अवलोकन तथा महायज्ञलाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड बागलुङ आउन लाग्नुभएको हो ।
सुत्केरी हुन नसकेर छटपटाइरहेकी रामेछापको दोरम्बा शैलुङ गाउँपालिका –२ दोरम्बाकी ४१ वर्षीया सपना तामाङलाई हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौँ लगिएको छ ।
बिहीबार राति साढे २ बजेतिर मादक पदार्थ सेवन गरी प्रहरी हुँ भन्दै धम्क्याउने दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
विभिन्न जिल्लामा शृङ्खलाबद्ध रुपमा चोरी गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।
लुम्बिनी प्रदेशका घरेलु तथा यातायात व्यवस्था मन्त्री सरोज थापाले अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सवले कला, संस्कृतिको संरक्षण र विकाससँगै अन्तरदेशीय सम्बन्ध विस्तारमा सहयोग पुग्ने बताउनुभएको छ ।
त्रिभुवन आर्मी क्लबका पविन लिङ्गथेप र एपिएफका क्षितिज खनाल १३औँ पुष्पलाल स्मृति राष्ट्रिय र्याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिताको शिर्ष आठ बाहेकको पुरुष एकलको सेमिफाइनलमा प्रवेश गर्नुभएको छ ।