विश्वका दुई ठुला जनसङ्ख्या र क्षेत्रफल भएका देश चीन र भारतको बिचमा नेपाल छ । नेपाल विश्व शान्तिका अग्रनायक बुद्ध जन्मेको लुम्बिनी, विश्वको सर्वोच्च शिखर सगरमाथाको देश पनि हो । यहाँ जातीय विविधता, १२३ भन्दा बढी भाषा र प्राकृतिक, वैदिक, बौद्ध, बोन, मस्टो, किरात, जैन, सिख, बहाई, मुस्लिम, ख्रिस्टियनलगायत धर्मको साझा फूलबारी हो ।
प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी प्रदेश विजयी भएको छ ।
एउटै पदार्थ (जस्तो माटो) ले अनेक रूप धारण गर्दछ र विभिन्न परिवर्तन हुन्छ (जस्तो– गाग्रो, हाँडी आदि) जस्तो कि छान्दोग्य उपनिषद्मा पाउने गरिन्छ, यस्ता सबै परिवर्तनका माझ माटो स्थायी रहन्छ । त्यही सत्य हो । स्वरूप र स्थितिहरूको परिवर्तन आभास मात्र हो । त्यसको प्रकृति र सत्ताको वर्णन अथवा प्रमाणित गर्न सकिँदैन । अपरिवर्तनीय पदार्थ (जस्तो– माटो) नै सत्य हो, परिवर्तनशील स्थिति मात्र इन्द्रियहरूका भ्रम हुन्, नाम रूप मात्र हो (छान्दोग्योपनिषद् ४–१); जसलाई हामी रूप, इन्द्रियगम्यता आदि भन्दछौँ, त्यसमा कुनै वास्तविक अस्तित्व हुँदैन, ती सबै परिवर्तन भइरहन्छ । मात्र आभास हो; जसका बारेमा कुनै पनि धारणा तर्कको आलोकमा
माध्यमिक तह विज्ञान प्रदर्शनी कार्यक्रममा गौरीशङ्कर गाउँपालिका–५ को हलेश्वर माध्यमिक विद्यालयले प्रथम भएको छ । विद्यालयले नगद पाँच हजार र प्रमाणपत्र समेत प्राप्त गरेको छ ।
लाङ्दुक, तिमी र म उस्तै उस्तै रूपमा ब्युँझियौँ सखारै । तिमी रातभरिको पानीले नुहाएर ताजा र जोसिली बनेकी थियौ । म अघिल्लो दिनको थकाइ तिमीलाई नै सुम्पेर हल्का र जाँगरिलो बनेको थिएँ । तिमी पानी र हिउँका भुत्लाहरूले शीतल बनेकी थियौ, म अघिल्लो साँझ भिजेका कपडाहरू पहिरेर लुगलुग काम्दै थिएँ । तिमीसँगै म उठ्दा हामी दुवैलाई उमङ्गित पारेथ्यो अपी, शैपाल र अरू धेरै हिमालका हँसिलो मुहार र त्यतैबाट आएका मगमगाउँदो हावाका झोक्काहरूले । अझ दक्षिणपूर्वकी मारुगोर हिमाल त मुसुमुुसु मुम्कुराइरहिन् हामीलाई देखेर । ‘लु...हाउ...हि...छुम्’ त्यस्तै त्यस्तै आवाज आइरहेछ छिरिङ दाइको घरमुन्तिरको बाटोबाट ।
भूकम्पबाट क्षतिग्रस्त जाजरकोटी राजदरबार पुनर्निर्माणको कुनै पहल हुन सकेको छैन । सेतो दरबारका रूपमा परिचित सो दरबार जाजरकोटी राजा इन्द्रनारायण शाहका पालामा १८५२ सालमा निर्माण गरिएको बताइन्छ । सेतो दरबारभन्दा अघि पश्चिमतर्फ रातो दरबार १८०० देखि १८११ सालमा निर्माण गरिएको भनाइ छ । सो दरबारबाट जाजरकोट राज्यको राजकाज सञ्चालन गरिन्थ्यो । १९९० साल माघ २ गतेको महाभूकम्पले समेत सो दरबार क्षतिग्रस्त भएको बताइन्छ । त्यसपछि पुनर्निर्माण गरिएको सो दरबार २०५१ सालमा मर्मत गरिएको थियो । कसैले सात तला कसैले पाँच तलाको भन्ने गरिए पनि सो पाँच तलाको भएको बुझिन्छ । भूकम्पले बस्न नमिल्ने बनाएपछि पुनर्निर्माण गर्दा तीन तलाको बनाइएको पाइन्छ ।
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जलवायु परिवर्तनले हिमाली क्षेत्रमा बर्सात भई नदीनालामा आउन सक्ने बाढीको सम्भावना नयाँ चुनौतीका रूपमा देखिएको बताउनुभएको छ । यस्ता घटनाले हिमाली खोलाका किनारमा रहेका बजारहरूलाई भविष्यमा थप जोखिमयुक्त बनाउने सम्भावना रहेको बताउँदै उहाँले विपत् न्यूनीकरणका लागि सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
आँधीखोला गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक बनाउने काममा तीव्रता दिएको छ । गत वर्षबाट कक्षा १ देखि ८ सम्म पाठ्यक्रमका आधारमा स्थानीय सामग्री पढाएको आँधीखोलाले आगामी आर्थिक वर्षमा स्थानीय पाठ्यपुस्तकबाटै पठनपाठन गराउने तयारी गरेको हो । प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले गाउँपालिकाले जनप्रदीप माविका प्रधानाध्यापक डिलबहादुर थापाको संयोजकत्वमा पाठ्यक्रम तथा पाठ्यपुस्तक उपसमिति निर्माण गरेको जानकारी दिनुभयो ।
“हाम्रो लोभीपापी मनले पनि राहत वितरणमा समस्या पा¥यो । भूकम्प लाभग्राही ‘कोही नछुटुन् र कोही नदोहोरिउन्’ भन्ने सोचका साथ नै हामीले काम ग¥यौँ तर जति पाए पनि केही दिएनन् भन्दै राहतका पोका लिने र थन्क्याउने प्रवृत्ति पनि देखियो ।’’ भूकम्प प्रभावित पालिकाका एक जना वडाध्यक्षको भनाइ हो यो । यस्तै अनुभव जिल्लास्थित कार्यालयमा कार्यरत एक जना उच्च पदस्थ कर्मचारीको पनि थियो । उहाँका अनुसार केही सर्वसाधारणको अटेरीपन वा मूर्खताले पनि भूकम्पपछिका क्रियाकलापमा समस्या खडा गरेको छ ।
वन र बगैँचाको अर्थ र महत्व भिन्ना भिन्नै छ । वन भनेको ठुला ठुला रुख भएको क्षेत्र हो, जहाँ घाँस दाउरा पनि गर्न पाइन्छ । बगैँचा भनेका चाहिँ फलफूल लगाइएको ठाउँ हो । यसर्थ वन भनेको विस्तृत र बृहत् हुन्छ । बगैँचा सीमित हुन्छ । केही वर्षदेखि सुनसरीका सामाजिक अभियन्ताहरूले वन र बगैँचालाई एकै ठाउँ राखेर भन्ने गरेका छन्– वनलाई बगैँचा बनाऔँ । यस अभियान अन्तर्गत केही काम पनि गर्दै आएका छन् ।
भनिन्छ, ऐनाको आफ्नो अनुहार हुँदैन तर ऐनाले अरूको अनुहार देखाउँछ । त्यसैले ऐना हेर्नु भन्ने उक्ति चलेको छ । आज हाम्रा नेताहरूले ऐनामा के देखे, नागरिक अगुवा र बुद्धिजीवीले के भन्छन् ? केही प्रतिनिधि विचार र तर्कमार्फत विवेचना गरौँ । राजधानीमा हालै नेपाल अध्ययन केन्द्रको ब्यानरमा ‘अभ्यासमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र’ विषयक विचार गोष्ठी आयोजना गरिएको थियो । त्यहाँ बोल्ने अधिकांश वक्तालाई रोगको पहिचान थियो । उपचारात्मक विधिमा जानुपर्ने र नगई नहुने कुरामा खासै प्रतिबद्धता थिएन ।
नेपाल संयुक्त राष्ट्रसङ्घका शान्ति स्थापना मिसनमा सबैभन्दा बढी शान्ति सेना पठाउने मुलुकमा सूचीकृत भएको छ । द्वन्द्वग्रस्त क्षेत्रमा नेपाली शान्ति सेनाको अब्बल कार्यसम्पादनकै कारण यो सफलता हासिल भएको हो । यसअघि बङ्गलादेश शान्ति सेना पठाउने पहिलो मुलुक थियो । राष्ट्रसङ्घद्वारा २०२३ नोभेम्बरमा सार्वजनिक सूची अनुसार छ हजार २६७ जना शान्ति सेना पठाएर नेपाल एक नम्बरमा दर्ज भएको छ । यतिबेला बङ्गलादेश दोस्रो स्थानमा झरेको छ । त्यहाँका छ हजार १९५ फौज शान्ति स्थापना मिसनमा कार्यरत छन् ।
झापाको पूर्वी नाका मेचीनगरको सीमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरी र नेपाल–भारत सामान ओेसारपसार गर्ने स्थानीयबिच झडप हुँदा एक सशस्त्र प्रहरीसहित सात जना घाइते भएपछि तनाव सिर्जना भएको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित खस जुम्ली भाषा
मृतआत्मालाई भगाउन हिमाली लामा समुदायले नाच्ने तिलिङ्गे नाचको संरक्षणमा स्थानीय युवा लागेका छन् । विशेषतः माने पर्वमा नाचिने यो नाचले एक वर्षमा गाउँमा मृत्यु भएकाको आत्मा भगाउने जनविश्वास छ । वसन्त ऋतुको आगमनसँगै तिलिङ्गे नाच सुरु हुन्छ । बुराउसे गाउँका स्थानीय पामा तन्जन लामाले यो नाचको महत्व भनेको मृतआत्माबाट जोगिनका लागि हो, भन्नुभयो । सो वर्ष मृत्यु भएकाहरू भूतप्रेत नहोस् र भए पनि कलाकारले मुकुन्डो लगाएको तिलिङ्गे नाच देखेर भाग्छ भन्ने सामाजिक मान्यता रहेको उहाँले बताउनुभयो । पहिले बुढापाकाले मात्र नाच्ने यो नाच अहिले पछिल्लो पुस्ताले सिकेर नाच्न थालेपछि यसको संरक्षण हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।