जिल्ला प्रहरी कार्यालय हुम्लाले विभिन्न मिति र स्थानबाट बरामद गरेको बेवारिसे मोटरसाइकलहरूको हकदाबी गर्न ताकेता गरेको छ ।
वर्षामा बाढीले भरिने सप्तकोशी नदी हिउँदमा बालुवाका टापुले भरिभराउ देखिन्छ । वर्षायाममा आउने कोशीको बाढीले त्रसित बनेका कोरिडोर आसपासका बस्तीलाई कोशीको सतह बालुवाले पुरिँदै गएपछि थप भयभीत बनाउँछ ।
मधेश प्रदेशका उखु उत्पादक किसानले उखु खेतीबाट बढीभन्दा बढी लाभ लिने अवस्था निर्माण नगरे कृषकको पलायन रोक्न नसकिने बताएका छन् ।
“ऊ आइ डढुवा”–पसलतिर आइरहेकी आशातर्फ इङ्गीत गर्यो पसलेले । उसले टाढैबाट सुनिहाली । एकाएक छाँगाबाट खसे झैँ भई । उसको मन चुक घोप्टिए झैँ अमिलिएर आयो । मैले कसको के बिगार गरेको छु र ? बिनाकारण नै अपहेलनाको सिकार भइरहेछु । उपहासको पात्र भइरहेछु । पलपल मुटु छेड्ने व्यङ्ग्य खप्न बाध्य भइरहेछु ? ऊभित्र भीषण कोलाहल मच्चिन थाल्यो, “हे ईश्वर ! यो सहरले मलाई किन यति बिध्न बैरी सोचिरहेछ ? यो सहरलाई किन मेरो सास पनि गन्हाइरहेछ ? मेरो अनुहार जल्यो त यसमा मेरो के दोष ?”
कैलालीको टीकापुर अस्पतालमा चार वर्षमा दुई हजारभन्दा बढी महिलाले शल्यक्रिया सेवा लिएका छन् । उक्त सङ्ख्या सुत्केरी सेवा र पाठेघरको शल्यक्रिया सेवा लिएका महिलाको मात्र हो ।
वन्यजन्तुलाई सहज रूपमा खानेपानी उपलब्ध गराउने उद्देश्यले रौतहटको वन क्षेत्रभित्र बनाइएका पोखरी पानीविहीन भएपछि प्यासी जनावर पानीको खोजीमा भौँतारिन बाध्य छन् ।
म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गास्थित धवलागिरि माविलाई रु एक करोड ११ लाख आर्थिक सहयोग जुटेको छ । दश जोड दुई तहको कक्षा सञ्चालनका लागि विद्यालयले सञ्चालन गरेको पूर्व शिक्षक, विद्यार्थी र शुभचिन्तकको पुनः मिलन अभियानमार्फत सो रकम सङ्कलन भएको हो ।
कोशी प्रदेश मुख्यमन्त्री कप भलिबल प्रतियोगिताको उपाधिका लागि गण्डकी प्रदेश र एपिएफबिच प्रतिस्पर्धा हुने भएको छ ।
सम्बन्ध हो सम्हाल्नलाई, होइन बिगार्नलाई माया प्रीति बनेको हो, संसार सिँगार्नलाई ।।१।। माकुराको जालो जस्तै, हुन्छ जेलिएको मानिसबाटै मानिस सधैँ, हुन्छ घेरिएको । सम्बन्ध हो सपार्नलाई, होइन बिगार्नलाई
प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा शनिबार पाँच खेल हुँदैछ । जिल्ला भलिबल सङ्घ पाल्पाको आयोजना र प्रदेश खेलकुद परिषद् लुम्बिनीको प्रवर्द्धनमा भइरहेको प्रतियोगितामा पहिलो चरणको पाँच खेल हुने आयोजकले जनाएको छ ।
सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये एक मेलम्ची नगरपालिकामा २०७८ सालको जनगणना अनुसार ४१ हजार ६३ जनसङ्ख्या रहेको छ । नगरपालिकाले ‘मेलम्ची समृद्धिको आधार : कृषि, पर्यटन
कस्तो एकान्त सहर यो काठमाडौँ लाग्छ यहाँ न्याना हातहरू छँदै छैनन् आफन्तको आभाषसम्म नपाइने
सशस्त्र प्रहरीले सर्लाहीमा शुक्रबार साँझ गोली लोड गरिएको पेस्तोल बरामद गरेको छ ।
रामायण र रामकाव्य दक्षिण एसियाकै लोकप्रिय कथाका रूपमा आदिकालदेखि वर्तमानसम्म रहँदै आएको छ । रामकथामा असङ्ख्य प्रतिभाले कलम चलाएका छन् । दक्षिण एसियाकै सबैजसो लिखित साहित्य भएका भाषामा रामगाथा र कृष्णगाथाको कुनै न कुनै रूपमा प्रवेश भएको देखिन्छ । यी दुई पात्रका स्रोतग्रन्थ रामायण र महाभारत यस क्षेत्रका लागि मात्र होइन विश्वसाहित्यकै लागि उपजीव्य काव्य पनि हुन् । नेपालमा नेपाली, मैथिली, अवधी, भोजपुरी, नेवारी, थारूलगायतका अनेक भाषामा रामगाथाका सन्दर्भहरू सुललित स्वर र शैलीमा अभिव्यक्त भएको पाइन्छ ।
हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।