नेपालले टोङ्गा अधिराज्यसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ । योसँगै नेपालको बाह्य सम्बन्ध एक सय ८२ देशमा विस्तार भएको छ ।
बाँकेको चार वटा पालिकामा लक्ष्यभन्दा बढी बालबालिकाले दादुरा रुबेलाविरुद्धको खोप लगाएपनि जिल्ला सदरमुकाम नेपालगन्जमा भने ८८ प्रतिशतले मात्रै खोप लगाएका छन् ।
सन् २०२४ को मिसेस नेपाल आइडलको ताज सप्तरीकी निशु काफ्लेले पहिरिनु भएको छ । ताजसँगै काफ्लेले इजिप्टमा हुन गइरहेको नेपाल फेसन एण्ड इन्टरटेनमेन्ट अवार्डमा इन्ट्रिप्याकेज समेत प्राप्त गर्नुभएको छ ।
झापाको दमकमा रहेको सरकारी दमक अस्पतालमा बिरामीमैत्री शौचालय नभएको भन्दै नगर सभामा बिरामीमैत्री शौचालय बनाउन प्रस्ताव आएको पाइएको छ । पेनासहितको शौचालय बनाउनका लागि नगर सभामा प्रस्ताव प्रस्तुत भएर पास भएको पाइएको हो ।
पर्यटकीय याम सुरु हुनैलागेको बेलामा सङ्घीय राजधानी काठमाडौँको मुख्य पर्यटकीय केन्द्र ठमेलमा पर्यटकको चहलपहल सुरु भएको छ ।
नेदरल्यान्ड्स र नामिबियासम्मिलित त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको चौथो खेलमा नेपाल आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुशासनको पक्षमा थप नयाँ योजना तयार पारेको बताउनुभयो ।
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल शिशु तथा मातृ स्वास्थ्य कार्यक्रमका लागि सहयोग बढाउन विदेशी सहयोगी संस्था तथा दातृ निकायहरूले चासो बढाएका छन् ।
‘खाने मुखलाई जुँगाले छेक्दैन’ भन्ने भनाइलाई तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ का प्रेमलाल डाँगीले सत्य साबित गर्नुभएको छ ।
संविधान निर्माणका क्रममा राष्ट्रिय सभालाई कस्तो बताउने भनेर गम्भीररुपमा छलफल चल्यो । यसलाई अधिकारसम्पन्न, प्रतिनिधिमूलक र गुणस्तरीय कसरी बनाउने भनेर बहस, छलफल चलेको थियो ।
म्याग्दीको सदरमुकाम बेनी बजार रहेको बेनी नगरपालिकाले फागुन १६ देखि हुक्का प्रयोगमा प्रतिबन्ध लगाएकोमा १७ गतेदेखि चिया पसल तथा डेरीहरूमा चुरोट तथा सुर्तीजन्य पदार्थ बिक्री वितरणलाई रोक्न आग्रह गरेको छ ।
म्याग्दीका गायक तथा कलाकार ध्रुव जिसीले ‘गंगाजी का शिला अयोध्यामा’ भजन सार्वजनिक गर्नुभएको छ । आधुनिक समयमा पनि भजनको महत्त्व र पवित्र तीर्थस्थल कालिगण्डकीको शीलाको महत्त्व दर्साउन महत्त्वपूर्ण हुने हेतुले गंगाजीका शिला सार्वजनिक गरिएको गायक कलाकार जिसीले बताउनुभयो ।
गोरेटो उहीँ छ । अझै उस्तै, दुरुस्तै पनि । पूर्ववर्ती कालखण्डमा भन्दा झनै खुम्चिए झैँ लाग्छ त्यो गोरेटो । छेउछाउका मसिना बुट्यानहरू र अतिव्रmमणकारी झारले गोरेटोको परम्परागत स्वत्वमाथि धावा बोलिरहेको प्रतीत हुन्छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी प्रदेशको प्रदेश सभालाई सम्बोधन गर्नुहुने भएको छ । शनिबार बस्ने लुम्बिनी प्रदेशको प्रदेश सभालाई सम्बोधन गर्न प्रधानमन्त्री लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी आउने कार्यक्रम तय भएको हो ।
मधेश मध्यदेशको सङ्क्षिप्त रूप हो । मधेश वर्तमानमा तराईको एउटा अभिन्न भूभाग हो, जसले पृथक् पहिचान बोकेको छ । यो पहिचान केवल भौगोलिक बनोटको कारणले उब्जिएको होइन । वस्तुतः कुनै स्थान वा समुदायको सांस्कृतिक पहिचान, इतिहास, जातजाति, भाषा, रहनसहन जस्ता एकभन्दा बढी तìवको संयोजन नै मधेश हो । मधेश एक बहुजातीय, बहुभाषिक र बहुधार्मिक स्थल भए पनि यसको एउटा साझा सांस्कृतिक पहिचान छ, जसको बनोट साझा मनोविज्ञानबाट बनेको छ ।