खोटाङ सेवा समाज युके (बेलायत) ले ‘खोटाङ नागरिक सम्मान र खोटाङ प्रतिभा पुरस्कार-२०८०’ घोषणा गरेको छ ।
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-१० मा रहेको लोपोन्मुख आदिवासी जनजाति हायू समुदायलाई विशेष सामग्री हस्तान्तरण गरिएको छ ।
सहयोग बाँड्न गाजामा पुगेका ट्रकहरूको एउटा समूहको वरपर भेला भएका करिब १०० भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको एक दिनपछि गाजामा हवाईमार्गबाट राहत सामग्री पुर्याउन सुरु गरिने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताउनुभएको छ ।
सहआयोजक भुटानिज यूथ क्लब (विवाइसी) बेलडाँगी मोरङको पथरीशनिश्चरे–१० स्थित प्रस्तावित नगर रङ्गशालामा जारी छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण रिफ्युजी च्यालेन्ज कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकामा बालबालिकाको शिक्षण सिकाइ प्रभावकारी बनाउन टेलिभिजन जडान गरिएको छ । बालविकास केन्द्रको सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यले टेलिभिजन जडान गरिएको हो ।
म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-मालढुङ्गा सडक स्तरोन्नतिका लागि आजदेखि दैनिक चार घण्टा बन्द गर्न थालिएको छ ।
काभ्रेपलान्चोक जिल्लाको पनौती नगरपालिका–१० सत्यालडाँडामा रहेको पुरानो सुन्तला बगैँचामा रहेका सुन्तलाका बोटहरुको उपचार गरिएको छ ।
मुगुम कार्मारोङ गाउँपालिकामा एक पुरुषको ढुङ्गा लागेर मृत्यु भएको छ । मुगुम कार्मारोङ-६ रिउस बगरमा रहेको जलविद्युतमा काम गर्न घरबाट हिँडेका सोही गाउँपालिका-५ का ५० वर्षीय कोन्जोक लाक्याप लामाको सडक माथिबाट आएको ढुङ्गा लागेर मृत्यु भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संस्कार, संस्कृति र पहिचानसहितको व्यावहारिक सीपमूलक शिक्षा आजको आवश्यकता भएको बताउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार बागलुङको पञ्चकोटमा आउनुभएको छ । सर्वसिद्धिधाम पञ्चकोटमा जारी अनन्त श्री ब्रह्माण्डीय महायज्ञको एघारौँ दिन पञ्चकोटको अवलोकन तथा महायज्ञलाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड बागलुङ आउनुभएको हो ।
मुस्ताङमा साढे २ महिनापछि हवाई सेवा सञ्चालनमा आएको छ । पोखरा–जोमसोम हवाई सेवा शुक्रबारदेखि सञ्चालनमा आएको थियो ।
पहाडी जिल्ला र हिमालपारिको जिल्ला भनेर चिनिने मनाङ जिल्ला जोड्ने एक मात्र बेँसीसहर-चामे सडक आजदेखि दुई दिन बन्द हुने भएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले कवि र गजलकारले आफ्नैविरुद्ध उभिएर पनि सिर्जना गर्ने गरेको बताउनुभयो ।
युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले युवालाई रोजगारी सिर्जना गरी उद्यमशीलता, क्षमता र नेतृत्व विकासमा सरकारले जोड दिइएको बताउनुभएको छ ।
गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर–२ स्थित रेसुङ्गा माध्यमिक विद्यालय कार्यसम्पादनमा उत्तम विद्यालयको रूपमा रहेको छ ।