नेपाल सरकारका अर्थमन्त्री डा.प्रकाशशरण महतले देशको अर्थतन्त्र विस्तारै लयमा फर्किन थालेको बताउनुभएको छ । उहाँले आफूलाई नभई देश र जनताको लागि मात्रै सोचेर काम गरेको बताउँदै अर्थतन्त्रको दीर्घकालीन सुधारमा लागेको बताउनुभयो ।
बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) बडापत्र संसदमा प्रस्तुत भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले बिम्स्टेक बडापत्र प्रस्तुत गर्नुभएको हो ।
नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)ले गुणराज लुइँटेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । इञ्जाको अन्तर्राष्ट्रिय टोकियो सम्मेलन लुइँटेलको नेतृत्वमा आगामी चार वर्षका लागि नयाँ कार्यसमिति चयन गर्दै आज सम्पन्न भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले भजन शिरोमणि वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको स्वरमा रहेको गाम्भीर्य, मिठास तथा शास्त्रीयताको जादू अद्भुत तथा अनुपम भएको बताउनुभएको छ ।
निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनको कार्यक्रम स्वीकृत गरेको छ । आयोगका सहसचिव तथा प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज विज्ञप्ति जारी गर्दै सो जानकारी गराउनुभएको हो ।
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक परिस्थितिअनुसार को सरकारमा हुन्छ र को हुँदैन भन्न सकिने अवस्था नरहेको बताउनुभएको छ ।
कैलालीको लम्कीमा कर्णाली नदीको पानीलाई लिफ्टको माध्यमबाट शुद्ध खानेपानी घरघरमा पुर्याउने उद्देश्यका साथ खानेपानी आयोजनाको काम शुरु गरेको छ ।
स्याङ्जामा ३० हजार ५९४ किलाे उन्नत मकैको बिउ उत्पादन गरिएको छ । यहाँका १० समूहका कृषकले बीउँबिजन प्रयोगशाला पोखराबाट स्विकृति लिएर मकैको बिउँ उत्पादन गरेका हुन् ।
उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले गठबन्धन पाँच वर्ष नै टिक्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८० को उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
कालीकोटको शुभकालिका गाउँपालिका –६ मा रहेको कर्णाली कोपिला स्याहार सुसार केन्द्रमा अनियमित्ता भएको आरोप लागेको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले फिफा विश्वकप–२०२६ को एसियाली छनोटअन्तर्गत बहराइनविरुद्ध दुई खेलका लागि प्रारम्भिक खेलाडी टोलीको घोषणा गरेको छ ।
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद् पूर्वतयारी, रोकथाम, उद्धार, राहत तथा क्षतिपूर्ति वितरण र पुनःस्थापनालाई उच्च प्राथमिकता दिएको बताउनुभएको छ ।
बाँके जिल्लाको नौबस्ता बाल सुधार गृहमा शुद्ध खानेपानीको अभावले त्यहाँ रहेका बालबिज्याईकता (बाल बन्दी), कर्मचारी र सुरक्षाकर्मीलाई समस्या भएको छ ।
झापाको दमक नगरपालिकाको नगरभित्रका सबै १० वटा वडामा लक्षित गरी नगरको सौन्दर्यकरण तथा हरियाली प्रवर्धनका लागि विशेष कार्यक्रम सञ्चालन गर्नेभएको छ ।
बङ्गलादेशका स्वास्थ्य तथा परिवार कल्याणमन्त्री समान्तलाल सेनले शुक्रबार बिहान सिन्ह्वासँगको कुराकानीमा घटनाको पुष्टि गर्नुभएको छ ।