• ११ मंसिर २०८१, मङ्गलबार

अवैध चिनीसहित पिकअप नियन्त्रण

blog

प्रहरीले नियन्त्रणमा लिएको अवैध चिनीसहितको पिकअप । तस्बिर : इप्रका गोरुसिङ्गे

जानु पाण्डे
कपिलवस्तु, फागुन १८ गते ।
इलाका प्रहरी कार्यालय गोरुसिङ्गेमा भन्सार छली ल्याएको ३५ बोरा चिनी बरामद गरेको छ । बुद्धभूमि नगरपालिका २ गोरुसिङ्गेस्थित अर्घाखाँची चोकमा लु २ च ९६७३ नम्बरको पिकअप गाडीबाट अवैध चिनी बरामद गरिएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक नरेश बहादुर शाहीले बताउनुभयो ।

उक्त चिनी भारतबाट अवैध रूपमा भित्र्याएर अर्घाखाँचीतर्फ लैजाँदै गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेको चिनीको मूल्य एक लाख २२ हजार बराबरको रहेको बताइएको छ । बरामद गरिएको चिनी र पिकअप आवश्यक कारबाहीका लागि सुठौली भन्सार कार्यालय मर्यादपुर पठाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।