• ४ जेठ २०८१, शुक्रबार

सङ्घीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै

blog

काठमाडौं, फागुन १८ गते । सङ्घीय संसदअन्तर्गत शुक्रबार दुवै सदनको बैठक बस्दैछ । जसअनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे सुरु हुनेछ । बैठकमा सभामुख देवराज घिमिरेलेले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम हेरफेर गर्नुहुने, परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले विमस्टेक वडापत्र प्रस्तुत गर्नुहुने, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले निर्माणमुखि सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।

यसैगरी, निर्माणमुखि सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० प्रस्तुत गर्नुहुने, अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सार विधेयक, २०८० माथी विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्य व्यवस्था समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने, राष्ट्रिय सभामा उत्पत्ति भएको अनुगमन तथा मूल्याङ्कन विधेयक, २०८० लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूचि रहेको संसदद सचिवालयले जनाएको छ ।

त्यस्तै, मध्याह्न १२ बजेर ९ मिनेटमा सुरु हुने राष्ट्रिय सभा बैठकमा बैठकमा राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ‘२२६ क’ बमोजिम लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने सभाका सदस्यहरूको तर्फबाट अनिता देवकोटाले ‘निर्वाचन क्षेत्र (प्रदेश) विकास निर्माण, शान्ति सुव्यवस्था लगायत कार्यहरूको अनुगमन, निरीक्षण र मूल्याङ्कनको प्रतिवेदन, २०८०’ सभा समक्ष पेस गर्नुहुने कार्यसूची रहेको छ ।

दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन स्थिति अध्ययन तथा मूल्याङ्कन प्रतिवेदन, २०८० सभा समक्ष पेस गर्नुहुने, विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ को दफा १९ को कार्यान्वयन मापन प्रतिवेदन, २०८० सभा समक्ष पेस गर्नुहुने छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ्गले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरीङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने, प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरीङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने संसद सचिवालयले जनाएको छ ।

राष्ट्रिय सभा (दोस्रो संशोधन) नियमावली छलफल र पारित राष्ट्रिय सभा नियमावली, २०७५ को संशोधन मस्यौदा समितिका सभापति सुरेश कुमार आलेमगरले (क) राष्ट्रिय सभा (दोस्रो संशोधन) नियमावली, २०८० माथि दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नुहुने राष्ट्रिय सभा (दोस्रो संशोधन) नियमावली, २०८० पारित गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नुहुने कार्यसूचि रहेको छ ।