विभागीय टोली त्रिभुवन आर्मी क्लब जनकपुरमा जारी प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले संस्थामा आबद्ध सदस्यहरूको स्वास्थ्य बिमा गरेको छ । सेजनले हिमालयन एभरेष्ट इन्स्योरेन्समा १५ करोड ९६ लाख रुपियाँ बराबरको स्वास्थ्य बिमा गरेको हो।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आसन्न १० औँ राष्ट्रिय महाधिवेशनमा वैचारिक छलफलका लागि एउटै दस्ताबेज प्रस्तुत निर्णय गरेको छ ।
आयोजक यूथ फुटबल क्लब (वाइएफसी) छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण रेफ्युजी च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
सप्तरीको महुली खडकखण्डमा विभिन्न ११ सूत्रीय माग सहित आन्दोलनरत किसानहरूले एक घण्टा चक्काजाम गरेको छ ।
दाङको घोराहीमा जारी दाङ क्रिकेट लिग (डिसिएल–२) अन्तर्गत बिहीबार सम्पन्न दुई खेलमा तुलसीपुर रोयल्स र दंगाली लायन्स विजयी भएका छन् । तुलसीपुरले देउखुरी वारियर्सलाई तथा दंगाली लायन्सले पुरनधारा च्यालेन्जर्सलाई पराजित गर्दै विजयी भएका हुन ।
अपाङ्गता भएका महिलाको अधिकार र संरक्षणका सवाललाई सम्बन्धित निकायले रणनीतिक योजनासहित सम्बोधन गर्नुपर्नेमा सरोकारवाला पक्षले जोड दिएका छन् ।
ऋषिङ गाउँपालिकाद्वारा यहाँ सञ्चालित चौथो ऋषिङ अध्यक्ष कपको उपाधि बाग्लुङ जिल्लाको गल्कोट नगरपालिकाले हात पारेको छ ।
खेलकुद बिमा लेख पहिलो पटक कार्यान्वयनमा आएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षक गरी ६० जनाको बिमा गरेसँगै खेलकुद बिमा लेख पहिलोपटक कार्यान्वयनमा आएको हो ।
अजयमेरु गाउँपालिकाका छ सरकारी विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ । विद्यालयको शिक्षाको गुणस्तरमा सुधार ल्याउन र विद्यार्थीको पढाइमा पहुँच बढाउनका लागि विद्यालयमा पुस्तकालय स्थापना गरिएको जनाइएको छ ।
सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–४ दोभानटारमा एक दशकअघि निर्माण गरिएको जुनार शितभण्डार र जुस उद्योग प्रयोगविहीन अवस्थामा छ ।
बर्दीबासमा प्रथम मिथिला राष्ट्रिय कराते प्रतियोगिता–२०८० सुरु भएको छ । सातवटै प्रदेशका करिब १५ सय कराते खेलाडीको सहभागिता रहको प्रतियोगिताको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारी बिहीबार उद्घाटन गर्नुभयो ।
बागलुङ नगरपालिकाले कृषिजन्य वस्तुको उत्पादन लागत घटाउनका लागि यान्त्रिकीकरणको प्रयोगमा जोड दिएको छ ।
नेपाली खेल क्षेत्रको विकास गर्न सरोकारवाला निकायलाई एकै थलोमा उभ्याउने उद्देश्यले चैत अन्तिम साता काठमाडौँमा ‘स्पोर्ट्स कनेक्ट’ हुने भएको छ ।
घोराही उपमहानगरपालिकाले पानीको स्रोत संरक्षण गर्दै किसानको आम्दानी बढाउन कृत्रिम जलाशय निर्माण गरेको छ । नगरलाई सुक्खा हुनबाट बचाउन जलाशय निर्माण अभियान अहिले प्रभावकारी बनेको छ ।