“पछिल्लो समयमा प्रशासनयन्त्रमा काम गरे कारबाही भोग्नुपर्ने तर, कामै नगरे बच्न सकिने मनसाय बढ्दै गएको देखिन्छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “अब यसको गम्भीर समीक्षा गर्नुपर्ने बेला भइसकेको छ । यसको असर अन्ततः हाम्रा उपलब्धि र राजनीतिक व्यवस्थाको रक्षा र विकासमा पर्छ भन्ने हेक्का राख्नु जरूरी छ ।”
बागलुङ नगरपालिका–१० पर्यटकीय गाउँ भकुण्डेमा ग्रामीण पर्यटनका अगुवाको सम्झानामा सालिकसहित उद्यान बनाइएको छ । चार वर्षदेखि थालिएको उद्यान तथा सालिक निर्माणले अहिले पूर्णता पाएको हो ।
राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्माले देशमा राजश्व सङ्कलन कम हुँदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । बिहीबारको राष्ट्रिय सभाको बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
तनहुँ जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडको अगुवाइमा जिल्लाका दुध उत्पादक कृषकहरूले पृथ्वीराजमार्ग अवरुद्ध गरेका हुन् ।
नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतले आजदेखि गृहजिल्लाका मोतियाबिन्दुका बिरामीको शल्यक्रिया सुरु गर्ने हुनुभएको छ । उहाँले आजदेखि ताप्लेजुङको फुङ्लिङमा आँखाका समस्या भएका सर्वसाधरणको शल्यक्रिया गर्ने जानकारी दिनुभयो ।
राजधानीबाहिर पहिलो पटक पोखरामा बनेको विद्युतीय शवदाह गृहमा अहिले ताला लागेको छ । गत भदौ दोस्रो साता निर्माण सकिएको शवदाह गृह हस्तान्तरण नहुँदा अलपत्र परेको हो ।
म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिका-७ चिमखोलामा रहेको टुण्डी हाइड्रो पावरमा काम गर्ने मजदुरको करेन्ट लागेर मृत्यु भएको छ ।
भारतको मध्यप्रदेश राज्यमा बिहीबार भएको दुर्घटनामा परी पाँच महिलासहित कम्तीमा १५ जनाको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ ।
साउदी अरेबियाको प्रिन्स अब्दुल्लाह अल फैसल मैदानमा हुने फाइनल खेलमा आमन्त्रित टोली नेपाल र पाँच पटकको च्याम्पियन जोर्डन भिड्दैछन् ।
महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको स्वतन्त्र विद्यार्थी युनियनले क्याम्पस प्रशासनसमक्ष विभिन्न मागहरु राख्दै ७२ घण्टे अल्टिमेटम सहित ध्यानाकर्षण पत्र बुझाएको छ ।
तराई/मधेश क्षेत्रमा पिउने पानी तथा सिँचाइको अभावका कारण जनता प्रभावित भएको विषयमा सांसदले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सभाको आजको बैठकको शून्य समयमा सांसद तुलसाकुमारी दाहालले मधेसका जनतालाई शुद्ध पिउने पानीको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सगरमाथा क्षेत्रबाट प्रदेश राजधानीको विराटनगरमा माउन्टेन उडान भर्ने बताउनुभएको छ ।
नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)को अन्तर्राष्टिय सम्मेलन २०२४ आज यहाँ सुरु भएको छ । जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले सम्मेलनको उद्घाटन गर्दै नेपाल र जापानबीच रही आएको सम्बन्धलाई थप सुदृढ तुल्याउने कार्यमा योगदान पु¥याउन पत्रकारहरुलाई आह्वान गर्नुभयो ।
राष्ट्रियसभा बैठकमा छ वर्षे पदावधि पूरा गरी बिदाइ हुन लाग्नुभएका सांसदले आफ्नो अनुभव राखिरहनुभएको छ ।
मकवानपुरको मनहरी गाउँपालिका ६ स्थित रुपाचुरीका सरोज प्रजाको विवाहमा गएकाहरुमाथि कुटपिट भएको । प्रहरीले कुटपिटमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।