इलामको माइजोमाई गाउँपालिका–५ तुम्लिङ पुग्नुभएका टीकाराम बाँस्तोलालाई कञ्चनजङ्घा हिमालको दृश्यले आकर्षित बनायो । तीन हजार एक सय मिटर उचाइको तुम्लिङबाट विश्वकै तेस्रो अग्लो (८,५८६ मिटर) हिमाल प्रष्ट देखिन्छ भन्ने उहाँलाई लागेको थिएन ।
भजनी (कैलाली), फागुन १७ गते । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थापना गर्ने भएको छ । यसका लागि प्रदेशले पहिलो चरणको संरचना निर्माणको काम यसै वर्ष सम्पन्न गर्ने गरी तयारी थालिएको छ । सङ्घीय सरकारले प्रदेशको डोटीमा सरुवा रोग अनुसन्धान केन्द्र सञ्चालनमा ल्याउने गरी काम गरिरहेका बेला प्रदेश सरकारले प्रदेशस्तरीय सरुवा रोग अनुसन्धान केन्द्र कैलालीको टीकापुरमा बनाउने निर्णय गरेको थियो । प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत २०७८ सालमा भवन निर्माणको काम थालिएको थियो । तत्कालीन समयमा अन्तिममा भवन निर्माणको काम सुरु भएपछि काम समयमा सम्पन्न हुन नसक्दा भवन निर्माणको काम एक वर्ष पछाडि धकेलिएको थियो । रु दुई करोडको लगानीमा पहिलो दुई तलासम्मको काम भएको भवनको यस वर्ष बाँकी काम सम्पन्न गरेर सञ्चालनको प्रक्रियामा लैजाने तयारी प्रदेशको रहेको छ । यस वर्ष प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले भवनको बाँकी कामको लागि रु दुई करोड बजेट विनियोजन गरेको छ ।विनियोजन भएको बजेट बोलपत्र प्रक्रियामा गएर सम्झौताको लागि निर्माणका लागि छनोट भएको निर्माण कम्पनीलाई पत्र पठाइसकेको मन्त्रालयका इन्जिनियर होमराज तिमिल्सिनाले जानकारी दिनुभएको छ । “मन्त्रालयले दुई करोडको टेन्डर आह्वान गरेकोमा १२ कम्पनीले सिलबन्दी बोलपत्र पेस गर्नुभएको थियो । त्यसबाट बिबि खप्तड जेभीले भवनको काम पाएको छ ।” उहाँले भन्नुभयो, “चालु आवभित्र संरचनाको काम सम्पन्न हुने गरी मन्त्रालयले निर्माण कम्पनीले सम्झौता गर्नेछ ।” उहाँका अनुसार ठेक्का पाएको निर्माण कम्पनीले करिब ३२ प्रतिशत कम रकममा बोलपत्र पेस गरेको छ ।संरचनाको काम सम्पन्न भएपछि सरुवा रोग अनुसन्धान केन्द्र सञ्चालनको आवश्यक प्रक्रिया अगाडि बढाइने सामाजिक मन्त्रालयका सचिव गणेश सिंहले बताउनुभयो । उहाँले अहिले भवन निर्माणकै चरणमै रहेको जनाउँदै त्यसपछि जनशक्ति व्यवस्थापनका लागि मन्त्रालयले काम अगाडि बढाउने बताउनुभएको छ । “प्रदेशका लागि सरुवा रोग अनुसन्धान केन्द्र एउटा महत्वपूर्ण संरचना हो । त्यसलाई महत्वका साथ हेरिएको छ”, उहाँले भन्नुभयो, “चालु आवमा भवन निर्माणको काम सकिएपछि नयाँ आवमा त्यसको नयाँ योजना तयार हुनेछ ।” उहाँले सरुवा रोग अनुसन्धान केन्द्रले प्रदेशको स्वास्थ्य क्षेत्रलाई थप उचाइमा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।टीकापुर अस्पताल परिसरभित्र निर्माण हुन लागेको सरुवा रोग अनुसन्धान केन्द्रले टीकापुर अस्पतालको स्तरोन्नतिमा समेत मद्दत पुग्ने विश्वास गरिएको छ । अनुसन्धान केन्द्र टीकापुरमा स्थापना हुनु सुखद् पक्ष भएको जनाउँदै टीकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपटबहादुर सोडारीले छिटो सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिनुभएको छ । “सरुवा रोग अनुसन्धान केन्द्र सञ्चालनमा आउन आक्यो भने त्यसले टीकापुर अस्पताललाई पनि फाइदा पुग्नेछ ।” अस्पताल व्यवस्थापन समितिका उहाँले भन्नुभयो, “स्वास्थ्य क्षेत्रको विकासमा पनि सरुवा रोग अनुसन्धान केन्द्रले टेवा पुग्नेछ ।” प्रदेश सरकारलाई स्वास्थ्य क्षेत्रमा मजबुत बनाउने काममा सरुवा रोग अनुसन्धान केन्द्रले सहयोग पुग्ने विश्वास अध्यक्ष सोडारीले गर्नुभएको छ । उहाँले टीकापुर अस्पताल कैलालीको पुर्वी क्षेत्रलगायत कर्णाली र लुम्बिनी प्रदेशका सेवाग्राहीका लागि पनि महत्वपूर्ण रहेको बताउनुभयो । “प्रदेशको मातहतमा रहेको टीकापुर अस्पतालले यतिबेला छ किसिमका विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ । सेवा विस्तारको क्रममा अस्पतालले स्थानीय तहसँग पनि समन्वय गर्दै आएको छ ।” अध्यक्ष सोडारीले भन्नुभयो, “अस्पतालमा भवनको अभाव र उपचारका लागि उपकरणको अभाव छ । त्यसको समाधानका लागि पनि भोलिका दिनमा सरुवा रोग अनुसन्धान केन्द्र बन्यो भने प्रदेशको ध्यान त्यसमा जाने म बेला अस्पतालमा समेत पुग्ने विश्वास छ ।” रासस
वीरेन्द्रनगर नगरपालिकाले फोहोर व्यवस्थापनमा ध्यान नदिँदा बस्तीमै दुर्गन्ध फैलिएको छ । नगर क्षेत्रबाट सङ्कलित फोहोर जथाभाबी फाल्दा बराहताल गाउँपालिका–१० को सिमलचौरलगायतको बस्ती दुर्गन्धित बन्दै गएको हो । गर्मीयाम सुरु भएसँगै उक्त बस्तीमा थप दुर्गन्ध फैलिन थालेको स्थानीयको भनाइ छ । वीरेन्द्रनगर नगरपालिकाले फोहोर व्यवस्थापनमा बेवास्ता गरेको स्थानीय जानुका आचार्यले बताउनुभयो । जथाभाबी रूपमा फोहोर फाल्दा हिँडडुल गर्नसमेत समस्या भएको उहाँको भनाइ छ । फोहोर व्यवस्थापनको माग गर्दै स्थानीयले पटक पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदासमेत सुनुवाइ नभएको बताइन्छ ।
बागमती प्रदेश सभाको बैठक बिहीबार बस्दै छ । बुधबार बिहानका लागि बोलाइएको बैठक बस्न नसकेपछि सूचना टाँस गरेर बिहीबारसम्मका लागि स्थगित गरिएको थियो ।
झापाको शिवसताक्षी नगरपालिकामा भएको झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिताको उपाधि कमल गाउँपालिकाले जितेको छ ।
धनगढीस्थित कैलाली जनपुस्तकालयलाई स्मार्ट (डिजिटल) पुस्तकालय बनाउने तयारी भइरहेको छ । सूचना तथा प्रविधिको बढ्दो प्रयोगसँगै सो पुस्तकालयलाई युग सुहाउँदो बनाउन डिजिटल पुस्तकालय बनाउने तयारी भइरहेको हो । त्यसका लागि डेढ करोड रुपियाँको लागतमा संरचना बनाउने कार्य भइरहेको छ । प्रदेशको सबैभन्दा ठुलो कैलाली जनपुस्तकालयमा ५० हजार पुस्तक राखिएका छन् । यहाँ दैनिक ३० देखि ४० जना पाठक आउने गरेका पुस्तकालयका अध्यक्ष डा. टिएन जोशीले बताउनुभयो ।
यस जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने कर्णाली नदीमा निर्माण गरिएको फेरीले यहाँका स्थानीयवासीको जनजीवन बदलिदिएको छ । फेरीले कर्णालीपारिको स्वामिकार्तिक खापर गाउँपालिकाका स्थानीयलाई आवतजावतमा सहज बनाइदिएको छ । गाउँपालिकाका बासिन्दा कर्णाली नदी तरेर अछामको साँफेबगर र बाजुराको बार्जुगाड, तिपाडा, मार्तडी, दानसाँगु, कोल्टी र पीलिचौरसम्म पिठ्युँमा डोको र नाम्लो बोकेर दैनिक उपभोग्य सामग्री ल्याउन बाध्य थिए ।
कुनै पनि मुलुकको समग्र विकासमा पूर्वाधार पहिलो सर्त हो । सडक, विमानस्थल, रेलमार्ग, बन्दरगाह आधुनिक विकासका महìवपूर्ण पूर्वाधार हुन् । खास गरी यातायात पूर्वाधारका रूपमा लिइने यस्ता पूर्वाधार निर्माण ठुलो साधन, स्रोत र प्रविधिलगायतको तारतम्य मिल्नुपर्ने हुन्छ । हुन पनि पूर्वाधारले नै आधुनिक विकासलाई प्रतिनिनित्व गरिरहेको हुन्छ । समग्र आर्थिक तथा सामाजिक विकासमा यस्ता यातायात पूर्वाधारको भूमिका सर्वोपरि हुन्छ । नेपाल जस्तो विकट भौगोलिक अवस्थिति भएको मुलुकमा यातायात पूर्वाधार निर्माण अवश्य पनि सहज छैन । त्यसमा पनि हवाई पूर्वाधार निर्माण त अझ चुनौतीपूर्ण छ ।
जनसङ्ख्या र जलस्रोतको उपलब्धताको अनुपातका आधारमा नेपाललाई जलस्रोतको धनी देश मानिएको हो । मुलुकका विभिन्न भाग भएर बग्ने छ हजारभन्दा बढी नदी, नाला तथा खोला विभिन्न प्रयोजनका लागि उपयोग भइरहेका छन् । भोलिका लागि योजना तर्जुमा भइरहेका खानेपानी, जलविद्युत्, सिँचाइ, यातायात, आमोदप्रमोदजन्य तथा अन्य कार्यका लागि पनि यिनै स्रोतहरूलाई प्रमुख रूपमा प्रस्ताव गरिएका छन् । मुलुकमा विद्यमान यी नदी प्रणाली केवल पानीलाई बगाउने प्रा
नेपालको पहिलो र ठुलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको बिसौँ उपकुलपतिका रूपमा प्राडा केशरजङ्ग बराल नियुक्त हुनुभएको छ । आवेदन दिने ४३ जना उच्च प्राज्ञिक व्यक्तित्वमध्ये छानिएर प्राडा बराल उपकुलपतिमा नियुक्त हुनुभएको हो । हुन त उपकुलपति नियुक्ति प्रक्रिया पारदर्शी नभएको टिप्पणी पनि सुनिएका छन् तर यस्ता टिप्पणीको कुनै अर्थ छैन । यस्ता टिप्पणीलाई स्वाभाविक प्रकारको मनोगत प्रतिक्रियाको रूपमा लिनुपर्ने हुन्छ । नवनियुक्त उपकुलपतिले यस्ता टिप्पणीलाई सहज रूपमा आत्म
पछिल्लो समय मिटरब्याजपीडित पुनः आन्दोलित भएका छन् । गत वर्ष पनि उनीहरूले चरणबद्ध आन्दोलन गरेका थिए । आन्दोलनकै दबाब र प्रभावमा सरकारले झन्डै एक वर्षअघि सर्वोच्च अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा छानबिन आयोग बनाएको थियो । मिटरब्याजपीडित र सरकारबिच भएको सहमति अनुरूप उनीहरूले आन्दोलन स्थगित गरेका थिए । यतिबेला उनीहरू पुनः काठमाडौँकेन्द्रित आन्दोलनमा उत्रिएका छन् । सोमबार मात्रै उनीहरूले नयाँ बानेश्वरस्थित संसद् भवनमा प्रवेश गरेर विरोध प्रदर्शन गरेका थिए । उनीहरूले यसअघि सरकार
महात्मा गान्धीले आफूलाई देशको तानासाह हुन दिइएमा उनको पहिलो घण्टा सबै मदिरा पसल बिनाक्षतिपूर्ति बन्द गर्नु हुने थियो भनेका थिए । गान्धीको विचारमा चोरी र वेश्यावृत्तिको जड मापसे (मादक पदार्थ सेवन) भएकाले यी दुईभन्दा पनि निकृष्ट विकृति हो । भूमण्डलीकरण, सहरीकरण, ओद्योगिकीकरण, मिडियाको प्रभाव र जीवनशैलीमा आ
राप्ती गाउँपालिका–७, छोडकी सिसहनिया निवासी विद्याबहादुर चौधरीले विगत चार वर्षदेखि केरा खेती गर्दै आउनुभएको छ । तीन बिघा जग्गा भाडामा लिएर व्यावसायिक केरा खेतीमा लागेका चौधरी वार्षिक १३/१४ लाख बराबरको केरा बिक्री गर्दै आएको बताउनुहुन्छ । खेती गरेको तीन बिघामध्ये अहिले डेढ बिघा जग्गामा रोपेको केराले उत्पादन दिने गरेको भन्दै चौधरीले भन्नुभयो, “अहिले खेती गरेकोमध्ये आधा जमिनमा रोपेको केराले उत्पादन दिन थालेको छ । बाँकी बोटहरू पनि उत्पादन दिन तयार हुँदै छन् ।”
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित उराँव भाषा
पछिल्लो साढे पाँच महिनाको बिचमा मसलाका रूपमा प्रयोग हुने जिराको भाउ घटेको छ । गएको असोजमा प्रतिकेजी एक हजार तीन सय रुपियाँ प्रतिकेजी दाना जिरामा पाँच सय रुपियाँ घटेर आठ सय रुपियाँ प्रतिकेजीमा कारोबार भएको हो । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार गएको असोज र कात्तिकको तुलनामा फागुन १५ को मूल्यसूची तुलना गरेर हेर्दा जिराको भाउ घटेको देखिएको छ । सो अवधिमा प्रतिकेजी एक हजार चार सय रुपियाँमा पाइने जिराको धुलो अहिले प्रतिकेजीमा चार सय रुपियाँ घटेर एक हजारमा कारोबार भएको सङ्घले जनाएको छ । दैनिक प्रयोग हुने चिनीको मूल्य पनि १० रुपियाँले घटेको छ । गत असोज कात्तिकमा ११५ रुपियाँदेखि १३५ रुपियाँसम्म प्रतिकेजी कारोबार भएको चिनीको मूल्य हाल १०५ रुपियाँमा कारोबार भएको छ ।