जुम्लामा सञ्चालित कर्णाली प्रदेश स्तरीय फुटबल प्रतियोगितामा बुधबार को सुर्खेत र हुम्ला विजयी भएका छन् । पहिलो खेलमा सुर्खेतले मुगु जिल्लालाई ४–१ गोलले हरायो । दोस्रो खेलमा हुम्लाले जाजरकोटलाई २–० गोलले हरायो ।
सप्तरीको अग्नीसाईर कृष्णाससरन गाउँपालिकामा आन्दोलनका सबै कार्यक्रम स्थगित भएको छ । गाउँपालिकामा बुधबार ४ बुँदे सहमति भएपछि आन्दोलनका सबै कार्यक्रम स्थगित गर्ने दुवै पक्ष बिच सहमति भएको हो ।
निर्वाचन आयोगबाट वि.स २०८१ वैशाख १५ गते हुने उपनिर्वाचनका लागि मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम, २०८० स्वीकृत भएको छ ।
झापाको भुटानिज रिफ्युजी क्लब (विवाईसी) बेलडाँगी छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण रेफ्युजी च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
राष्ट्रिय सभाअन्तर्गत विधायन व्यवस्थापन समितिको आजको बैठकमा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९ माथि दफावार छलफल भएको छ ।
प्रेस काउन्सिल नेपालले पछिल्लो डेढ वर्षमा १ सय ८३ अनलाइनलाई समाचार चोरीअन्तर्गत कारबाही गरेको छ ।
दाङको घोराहीमा जारी नेपाल टेलिकम दाङ क्रिकेट लिग (डिसिएल)अन्तर्गत बुधबार सम्पन्न खेलमा तुलसीपुर रोयल्स र घोराही टाइगर्स विजयी भएका छन् ।
पोखराको सेती नदीमा फागुन १३ गते आइतबार राति माछा मार्न जाँदा बेपत्ता भएका एक जनाको खोजी गर्न सेतीको बाँध खोलिने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदीरम्घालाई सिङ्गो नेपालको प्रतिबिम्ब झल्कने गरी राष्ट्रिय एकताको केन्द्र र संसारभरिका नेपाली एकचोटी पुग्नुपर्ने साहित्यिक तीर्थस्थलका रूपमा विकास गरिनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका आयोजनामध्ये चार वटाको प्रगति ८० प्रतिशतभन्दा माथि भएको बताउनुभएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा फागुन १८ देखि २७ गतेसम्म काठमाडौँमा हुने साफ यू–१६ महिला च्याम्पियनसिपको तयारी पूरा भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी चर्चित स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) ले साउदी अरेबियामा जारी बाफ महिला च्याम्पियनसिपको फाइनल खेल्न नपाउनुहुने भएको छ ।
पूर्वको पर्यटकीय नगरी भेडेटारबाट पूर्वमा अवस्थित चौबिसे क्षेत्र धनकुटा जिल्लाको एक महत्वपूर्ण पर्यटकीय गन्तव्य हो ।
बाजुरामा परम्परादेखि सञ्चालन हुँदैआएका घट्ट पछिल्लो समय लोप हुँदैगएको छ । गाउँबस्तीमा बिजुली बत्ती पुगेसँगै घट्ट लोप हुँदै गएको हो ।