नारायणगढदेखि रत्ननगरसम्म आयोजना गरिएको मिनी म्याराथनमा ४८ महिलासहित ८९ जना चेपाङ समुदायका नागरिक सहभागी हुने भएका छन् । सबै क्षेत्रमा पछाडि परेको चेपाङ समुदायबाट ठूलो सङ्ख्यामा मिनी म्याराथुनमा सहभागी हुनुलाई सकारात्मक रुपमा लिइएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेन र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प दुवै नेताले अमेरिकी राष्ट्रपतिका लागि अर्थपूर्ण मानिएको राज्य मिचिगनमा डेमोक्र्याटिक र रिपब्लिकन पार्टीको प्राइमरी मतदानमा जित हासिल गर्ने अनुमान गरिएको छ ।
पूर्वी नेपालका पहाडी जिल्लाहरूमा उत्पादन भएको गाँजा मोरङको सीमावर्ती क्षेत्रमा भण्डारण गरी भारतमा बिक्री गर्न गिरोह सक्रिय रहेको पाइएको छ ।
सिमकोट गाउँपालिकाले यसअघि मस्यौदाको रूपमा रहेको स्थानीय पाठ्यक्रमलाई पुस्तकका रूपमा तयार पारेको छ । यसै शैक्षिक सत्रबाट विद्यालयमा पठनपाठन गर्ने उद्देश्यका साथ सिमकोटले स्थानीय पाठ्यपुस्तक तयार पारेको हो ।
मोरङको लेटाङ-२ फडानीस्थित एकीकृत जनभावना बचत तथा ऋण सहकारी संस्थाबाट गए राति १२ लाख ८१ हजार ३० रुपियाँ चोरी भएको छ।
सरकारले वैशाख १ गतेदेखि विद्यार्थी भर्ना अभियान सुरु गर्दैछ । चैतमा कक्षागत अन्तिम परीक्षा र त्यसको नतिजा सार्वजनिक गरेपछि बल्ल वैशाख १ गतेदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन गरेर नयाँ भर्ना गर्नुपर्ने हो ।
जैविक विविधता संरक्षणसँग घोडाघोडीको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नेगरी प्रदेश सरकारले काम गर्ने सुदूरपश्मि प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले बताउनुभएको छ ।
नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो ६ महिनामा १५ अर्ब ३६ करोड रुपियाँ नाफा कमाएको छ ।
मकवानपुरको बकैया गाउँपालिका–७ को मानदमारमा एक बिजुलीको पोल ढलेर लाग्दा स्थानीय वडासदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका वडासदस्य ४० वर्षीय रामकुमार तितुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले राससलाई जानकारी दिनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चित्रकलाको माध्यमबाट अन्तर्राष्ट्रिय एकतालाई प्रवर्द्धन गरेको बताउनुभएको छ ।
सोनाहा जातिको मुख्य पेसा नदीका बगरमा बालुवा छानेर सुन सङ्कलन गर्नु हो तर कञ्चनपुरमा बसोबास गर्दै आएका उक्त जाति दशकौँदेखि महाकाली नदीमा बालुवा, गिट्टी छानेर जीविका चलाउँदै आएका छन् ।
बाँकेमा गत तीन दिनमा एक लाख चार हजारभन्दा बढी बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइएको छ ।
नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतको उपस्थितिमा ताप्लेजुङमा आजदेखि निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङद्वारा तीन दिनसम्म शिविर सञ्चालन हुने जनाइएको छ ।
गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन बुधबारदेखि सुरु हुँदै छ । अधिवेशन सुरु हुनुअघि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बुधबार बिहान तीन वटा सङ्कल्प प्रस्ताव दर्ता गराएको छ ।
नेपालगञ्ज उप-महानगरपालिका-५ का वडाध्यक्ष सराफत हुसेन शेषलाई कारवाहीको माग गर्दै नेपालगञ्ज उप-महानगरपालिकाका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् ।