नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले प्रदेश इन्चार्जलगायतका नेताको जिम्मेवारी हेरफेर गर्ने भएको छ । मङ्गलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा जिम्मेवारी हेरफेरको प्रस्ताव पेस भएको छ । प्रस्तावमा छलफल भए पनि निर्णय भने भएको छैन । माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार कोशी प्रदेश इन्चार्जमा हरिबोल गजुरेल, मधेशमा लीलामणि पोखरेल, बागमतीमा अग्निप्रसाद सापकोटा, गण्डकीमा दीनानाथ शर्मा, लुम्बिनीमा चन्द्रप्रकाश खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा गिरिराजमणि पोखरेलको नाम प्रस्ताव गरिएको छ ।
एउटा पूरै गाउँ शाकाहारी छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । त्यसको इतिहास एक शताब्दीको छ भन्दा थप आश्चर्य लाग्न सक्छ । तर धनकुटाको एउटा गाउँले यस्तै शाकाहारी इतिहास बोकेको छ । धनकुटाको सहिदभूमि गाउँपालिका–२ को साम्बु गाउँ त्यही शाकाहारी गाउँ हो । त्यहाँ रहेका जुनसुकै जात वा जातिका बासिन्दा शाकाहारमै रहेका छन् । स्थानीय ७४ वर्षीय भरतलाल राईले आफ्नो भान्सामा कहिल्यै मासुका परिकार नपाकेको सुनाउनुभयो । त्यो मात्र होइन; घरमा राँगा, बङ्गुर, हाँस, कुखुरा, परेवा र बाख्रा जस्ता मासुका लागि प्रयोग हुने पशुपन्छीको बासस्थान नै छैन । उहाँले थाहा पाएदेखि नै न घरमा माछामासु भित्रिन्छ न त घरमा गोठ वा खोर बनाइएका छन् । भरतलालको घरअगाडि तुलसीको मठ छ । मठसँगै बाँसका लिङ्गामा सत्यनाम लेखिएका सेता रङका ध्वजा छन् ।
बाँकेका ७६ हजार ७०० भन्दा बढी बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइएको छ । नौ महिनादेखि १५ वर्ष उमेर समूहका एक लाख ६५ हजार ५६६ जना बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउने लक्ष्यका साथ सुरु गरिएको खोप अभियानको दुई दिनमा बाँकेमा ७६ हजार ७४३ बालबालिकालाई सो खोप लगाइएको स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेशबाबु श्रेष्ठले बताउनुभयो ।
विसं. २०७५ को फागुन १५ गतेले पोखरेलीलाई स्तब्ध बनायो । सो दिन तेह्रथुममा विमानस्थलको सम्भाव्यता अध्ययन गरी फर्कनेक्रममा हेलिकोप्टर दुर्घटनामा परी तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्युभयो ।
दाङको घोराहीमा जारी नेपाल टेलिकम दाङ क्रिकेट लिग–२ को दोश्रो दिन भएका खेलमा तुलसीपुर रोयल्स र घोराही टाइगर्स विजयी भएका छन् ।
नेपाल लगानीको उत्कृष्ट गन्तव्य भएकाले निर्धक्क भएर लगानी गर्न उद्यमी-व्यवसायीलाई आह्वान गर्दै अष्ट्रेलियामा ‘नेपालमा लगानी प्रवर्द्धन’ कार्यक्रम आयोजना गरिएको छ ।
नौ पटककी राष्ट्रिय च्याम्पियन टेबलटेनिस खेलाडी नविता श्रेष्ठ टोयोटा नेपालको विश्वव्यापी सद्भावना दूत नियुक्त हुनुभएको छ ।
वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता चैत १३ देखि १७ गतेसम्म हुने भएको छ ।
राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले सुशासनसम्बन्धी कानुनको तत्काल पुनरावलोकन गर्न सरकारलाई निर्देशन दिएको छ ।
सरकारले मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मङ्गलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद् बैठकमा १७ वटा निर्णय सार्वजनिक गर्नुभएको हो ।
एसिया इकोनोमिक डाइलगमा भाग लिन परराष्ट्र सचिव सेवा लम्साल आज भारत प्रस्थान गर्नुभएको छ । यही फागुन १६ र १७ गते भारतको पुनेमा आयोजना हुने सो कार्यक्रममा परराष्ट्र सचिव लम्साल नेतृत्वको प्रतिनिधिमण्डल उद्घाटन सत्रमा सहभागी हुनेछ ।
आयोजक यूथ फुटबल क्लब (वाईएफसी ) पथरीशनिश्चरे छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण रेफ्युजी च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेड, महुली सप्तरी दुग्ध उत्पादक कृषकहरूको समस्या समाधानको लागि आन्दोलनमा उत्रेका छन् ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले अवैध कारोबारलाई रोक्न सम्पत्ति शुद्धीकरण (मनी लाण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदमा पेस गरिएको बताउनुभएको छ ।
स्वर्गद्वारी आश्रमको जग्गामा एकल स्वामित्वको माग गर्दै आन्दोलनरत किसानले घोराहीमा बजारमा खाली खुट्टा विरोध प्रदर्शन गरेका छन् ।