भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार सन् २०३५ सम्म मुलुकसँग आफ्नो अन्तरिक्ष स्टेसन हुने र यसले त्यहाँको अज्ञात विस्तारको अध्ययनमा सहयोग गर्ने बताउनुभएको छ ।
प्राविधिक शिक्षालयमा अध्ययनरत विद्यार्थीहरू पढाइका अतिरिक्त आम्दानीसँग पनि जोडिएका छन् ।
मगर समुदायले आज देशैभर ४२ औँ राष्ट्रिय मगर एकता दिवस मनाएका छन् । मगर समुदायको बाहुल्यता रहेको पाल्पाका १० वटै स्थानीय तहमा अहिले सांस्कृतिक झाँकी प्रदर्शन सहितका कार्यक्रम जारी छ ।
प्रहरीले नयाँबानेश्वरको सङ्घीय संसद् भवन र सिंहदरबार अगाडिको फुटपाथलाई निषेधित क्षेत्र तोकेको छ ।
रामेछाप जिल्लाका गाईपालक किसानका सबै दुध जिल्लामा रहेको डेरी सञ्चालकहरूले नलिएका कारण सहकारीलाई सस्तोमा बेच्नु बाध्य हुनुपर्दा यहाँका किसान चिन्तित बनेका छन् ।
ताप्लेजुङको मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुमा बाल विकास केन्द्रको सिकाइलाई प्रभावकारी बनाउन टेलिभिजन वितरण गरिएको छ ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक नौ दशमलव ३४ अङ्कले उकालो लागेर दुई हजार एक दशमलव ६४ मा पुगेको छ ।
नेपाल पत्रकार महासङ्घको संस्थापक अध्यक्षको विषयमा अध्ययन गरी टुङ्गो लगाउन महासङ्घका अध्यक्षसहित नेतृत्व गणले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
वन्यजन्तुलाई सहजरुपमा खानेपानी उपलब्ध गराउने उद्देश्यले रौतहटको वन क्षेत्रभित्र बनाइएका पोखरी पानीविहीन अवस्थामा छन् । जसका कारण जनावर पानीका लागि भौँतारिनुपर्ने अवस्था छ ।
हङ्गेरीका सांसदहरूले सोमबार संवैधानिक अदालतका प्रमुख तामस सुल्योकलाई देशको नयाँ राष्ट्रपतिमा निर्वाचित गरेका छन् ।
रुकुमको पीपल गाउँपालिका–९ बस्ने कौशिला दाहालले अहिले कुष्ठरोगको उपचार गराइरहनुभएको छ । विगत १५ वर्षदेखि कुष्ठरोगको समस्या भए पनि समाजको डरले खुट्टाको घाउ लुकाएर बस्नुभयो ।
मङ्गलबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा छिटपुट वर्षाको सम्भावना रहेको छ । मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण तीन प्रदेशमा छिटपुट वर्षाको सम्भावना रहेको छ ।
राष्ट्रिय माध्यमिक विद्यालय, लौकही सुनसरीका तत्कालीन प्रधानाध्यापक धनीलाल यादवविरुद्ध ६४ हजार नौ सय रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ ।
४२ औं मगर दिवसका अवसरमा बेनीमा जातीय पहिचान झल्किने भेषभूषासहित सांस्कृतिक झाँकी प्रदर्शन गरिएको छ ।
‘अब हाँस्छ अमेरिका’ कार्यक्रम सम्पन्न भएको छ । फ्लाई नेपाको आयोजनामा नयाँ पुस्ताका चर्चित हास्य कलाकारहरूले अमेरिकाका विभिन्न सहर हँसाएका छन् ।