बागमती प्रदेशसभाको बैठक आज बस्ने भएको छ । बैठक प्रदेशसभा सचिवालयमा अपराह्न ३ बजे बस्ने प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काले राससलाई जानकारी दिनुभयो ।
झापामा सवारी दुर्घटनामा परी पछिल्लो सात महिनामा ४९ जनाको मृत्यु भएको छ । चालु आवको माघसम्म भएका दुई ८३ वटा सवारी दुर्घटनामा परी ४६ जना र फागुन १४ गतेसम्म थप तीन गरी ४९ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिनुभयो ।
कैलालीको टीकापुरकी साहुनी बुढाका श्रीमानकाे गत वर्ष मृत्यु भयो । कमाइ गर्ने श्रीमान् बितेपछि साहुनीको जीवन दुःखदायी भएको छ । टीकापुरको एकतानगर बस्तीमा बस्ने उहाँको घरमा कमाउने कोही नभएपछि जीवन कष्टकर भएको हो ।
गुल्मीको तम्घासस्थित सिद्धबाबा माध्यमिक विद्यालय सामुदायिक विद्यालयतर्फ देशकै उत्कृष्ट विद्यालयको रुपमा परिचित छ । रेसुङ्गा नगरपालिका–८, (तत्कालीन तम्घास गाउँपञ्चायत) खानीगाउँ टुनिखोलामा रहेको सानो बचत घरबाट २०४३ सालमा औपचारिक रुपमा यस विद्यालयको सुरुवात भएको थियो ।
एम्बुलेन्सले यति वेला अवैध रूपमा गाँजा बोक्न थालेपछि पक्राउ पर्नेको सङ्ख्या दिनानुदिन सार्वजनिक हुन थालेको छ । सोमबार धनकुटाको भेडेटारमा एम्बुलेन्सभित्र ५२ किलो गाँजा फेला परेको छ । साँगुरी गढीबाट विराटनगरतर्फ जाँदै गरेको मे १ च २०३२ नम्बरको एम्बुलेन्समा गाँजा फेला परेको हो । एम्बुलेन्समा गाँजा भेटिएपछि प्रहरीले चालक विराटनगर महानगरपालिका ८ का ४८ वर्षीय जयदेव चन्द्र चेललाई पक्राउ गरेको जनाएको छ ।
परिमितका तीन कुरा औधी राम्रा थिए । पहिलो उनको लेखाइ । दोस्रो उनको व्यवहार । र तेस्रो उनको शरीर । उसले उनलाई चिनेको नै उनको लेखाइले हो । उनीसँग नजिक भएको उनको व्यवहारले । उनकै शरीरले लोभ्याएर हो ऊ उनीसँग यति झ्याम्मिएको ।
मोरङको मिक्लाजुङ–४, हात्तीमारा सिरानका २३ वर्षीय रोहित तामाङ फागुन ९ देखि एउटा रुखको टोड्कामा ध्यान गरेर बसिरहनुभएको छ । घरबाट पूर्वोत्तरमा रहेको विशाल मैनाको रुखमुनि उहाँ ध्यानमग्न हुनुहुन्छ । रुखको तल्लो भागमा आगो लागेर ठुलो टोड्को परेको छ । त्यही टोड्काभित्र गौतम बुद्धको तस्बिर राखेर उहाँ तपस्यामा हुनुहुन्छ । रोहितका साथी निशान राईका अनुसार शनिबार बिहान ६ बजे स्थानीय पुग्दा रोहित ध्यानमा हुनुहुन्थ्यो । ११ बजे सञ्चारकर्मीको टोली पुग्दा पनि उहाँ स्थिर रूपमा ध्यानमा मग्न भेटिनुभयो ।
पर्सा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत मिलेर अनियमितता गरेपछि जनप्रतिनिधिहरूले १४ दिन देखि तालाबन्दी गरेका छन् । खर्चका विवरण सार्वजनिक गर्नुपर्ने लगायतका माग सहित फागुन १ गते देखि लगाएको ताला अझै नखुल्दा सेवाग्राही मर्कामा परेका छन् । गाउँपालिकाका बहुमत कार्यपालिका सदस्यले विभिन्न १९ बुँदे माग राख्दै गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका हुन् ।
बारामा उत्पादित आलु र गोलभेँडामा विषादीको मात्रा अत्यधिक भेटिएपछि काठमाडौँका बजारमा प्रतिबन्ध लगाइएको छ । नेपाल सरकारले सूचीकृत गरेको विषादी औषधीको सट्टा कृषि विज्ञको सल्लाहबिना अन्य विषादी औषधी प्रयोग गरेका कारण काठमाडौँको कालीमाटी तरकारी बजारमा यहाँबाट उत्पादित आलु र गोलभेँडा बिक्रीमा प्रतिबन्ध गरिएको कृषि ज्ञान केन्द्र कलैयाका बाली संरक्षण अधिकृत समसुल ह
राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार सोलुखुम्बुको कालापत्थरमा सर्वाधिक उचाइमा कोरियोग्राफीको कीर्तिमान राख्दै गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गराउनुभएकी छिरिङ शेर्पालाई ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ को प्रमाणपत्र प्रदान गर्नुभएको छ । कोरियोग्राफर छिरिङ र जगदीश गुरुङ (जेडी तमु) ले सन् २०२२ नोभेम्बर १७ मा पाँच हजार २७८ मिटरको उचाइमा कोरियोग्राफी गर्दै ‘द हाइएस्ट अल्टिच्युड कोरियोग्राफ्ड डान्स अन ल्यान्ड (पेयर)’ को कीर्तिमान राख्नुभएको थियो ।
बागमती प्रदेश सभाको मङ्गलबारबाट सुरु हुने हिउँदे अधिवेशनको पहिलो दिनको प्रदेश सभा बैठकको कार्यसूची तय भएको छ । प्रदेश सभाको कार्यव्यवस्था परामर्श समितिको प्रदेश सभा सचिवालयमा सोमबार बसेको बैठकले मङ्गलबारबाट सुरु हुने अधिवेशनको पहिलो दिनको प्रदेश सभा बैठकको कार्यसूची तय गरेको हो ।
बुढानीलकण्ठमा दुईदिने काठमाडौँ साहित्य महोत्सवको आयोजना गरिएको छ । कलाकार मदनकृष्ण श्रेष्ठले सोमबार उद्घाटन गर्नुभएको सो महोत्सवमा बालबालिकाले लेख्नुभएको कथाको नेपाली भाषाको ‘परिवर्तनका आभाहरू’ र अङ्ग्रेजी भाषामा लेखिएको ‘आई विल टेल यु अ स्टोरी’ पुस्तकको लोकार्पण गरिएको थियो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित ल्होमी भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित शेर्पा भाषा
मकवानपुर भएर काठमाडौँ जोड्ने छोटो दुरीको कुलेखानी–महालक्ष्मी खोला–चखेल–देउराली–माता तीर्थ–सतुङ्गल स्तरोन्नतिका क्रममा एक साताका बन्द बन्द गरिएको छ । उक्त सडक आज मङ्गलवारदेखि एक साताका लागि पुनः बन्द गरिएको हो ।