• २ जेठ २०८२, शुक्रबार

हेटौँडा–काठमाडौँ छोटो दुरीको मार्ग एक साता बन्द

blog

राममणि दाहाल

हेटौँडा, फागुन १५ गते । मकवानपुर भएर काठमाडौँ जोड्ने छोटो दुरीको कुलेखानी–महालक्ष्मी खोला–चखेल–देउराली–माता तीर्थ–सतुङ्गल स्तरोन्नतिका क्रममा एक साताका बन्द बन्द गरिएको छ ।

उक्त सडक आज मङ्गलवारदेखि एक साताका लागि पुनः बन्द गरिएको हो । 

महालक्ष्मी–दोभान–घट्टेखोला–चखेल–देउराली–माता तीर्थ–सतुङगल सडकको माता तीर्थ सडक खण्डमा स्तरोन्नतिको काम भइरहेकोले बन्द गर्न लागेको ईन्द्रसरोवर गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष दूतराज तितुङले जानकारी दिनुभयो । उहाँले माता तीर्थ सडक खण्डमा रोलर ग्रेडरसहित सव बेस रोलिङ गर्ने काम भइरहेकोले मङ्गलवारबाट एक साताका लागि बन्द गरिएको बताउनुभयो । 

यसअघि सडक खण्डको धारापानी नजिक साँघुरो सडक छेउ टेवा पर्खाल लगाउने काममा सवारीसाधन आवत जावतका कारण काम गर्न असहज भएको भन्दै फागुन १ गतेदेखि फागुन ७ गतेसम्म उक्त सडक खण्डमा दिउँसोको समयमा आवागमन बन्द गरिएको थियो । उहाँले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गर्नुभएको छ ।