कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पशुपालन ‘असल अभ्यास’ अन्तर्गत स्वच्छ दुध उत्पादनका लागि मापदण्ड तयार गरेको छ । पशुपालन ‘असल अभ्यास’ कार्यान्वयनका लागि तयार पारेको निर्देशिकामा सो मापदण्डको व्यवस्था गरेको कृषि मन्त्रालयले जनाएको छ । मापदण्ड अनुसार दुध दुहुने व्यक्तिको कम्तीमा वर्षमा एक पटक स्वास्थ्य परीक्षण गरी क्षयरोगलगायतका कुनै पनि सरुवा रोगबाट ग्रसित नभएको र स्वास्थ्य जाँचको कागजात फार्ममा राखेको हुनुपर्ने छ । दुध दुहुने स्थान वा सो क्षेत्र वरपर र दुहुने बेला धूमपान गर्न, सुर्ती, खैनी, गुट्खा आदि सेवन गर्न नहुने मापदण्डमा उल्लेख गरिएको छ ।
काठमाडौँ उपत्यकाको स्थानीय तह उपप्रमुख र उपाध्यक्ष सञ्जालको बैठकले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को संशोधन मस्यौदा विधेयकलाई परिमार्जन गर्न माग गरेको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ रिमामा रहेको आदर्श माध्यमिक विद्यालयले शुक्रबारको पठनपाठनमा किताबरहित बनाउने तयारी गरेको छ । विद्यालयले विद्युतीय माध्यमबाट पठनपाठनका लागि सूचना र सञ्चार प्रविधिको प्रयोग गर्न ‘आइसिटी फर फ्राइडे’ कार्यक्रम सञ्चालन गर्न रु १० लाख बढी सहयोग जुटाएको छ ।
ताप्लेजुङमा महिलाहरु आत्मनिर्भर बन्ने उद्देश्यसहित सीप सिक्न थालेका छन् । आत्मनिर्भर बन्नलाई उद्यमी हुनुपर्ने र उद्यमी बन्नका लागि सीप चाहिने भएपछि पछिल्लो समय महिला धमाधम सीप सिक्न थालेका हुन् ।
झापाको कनकाई नगरपालिका ८ लक्ष्मीपुर– घैलाडुब्बा सडक खण्डमा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । ललितपुरमा हालै भएको ‘जनप्रतिनिधिसँग प्रेस सेन्टर’ विषयक कार्यक्रममा सहभागीले सूचना प्रविधिको प्रभाव रहेको वर्तमान समयमा सत्यतथ्य सूचना र घटनालाई चाँडो र प्रभावकारी रूपमा सम्प्रेषण गर्दै सुसूचित गराउने नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा वक्ताको जोड छ ।
मिटरब्याज पीडितले वैकल्पिक व्यवस्थापनबिना नै भृकुटीमण्डपबाट हटाउन खोजिएकोप्रति आपत्ति जनाउँदै वैकल्पिक बासस्थानको व्यवस्था गर्न माग गरेका छन् ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङले काठमाडौँमा २५ देखि ४० हजारसम्म दर्शक अट्ने अन्तर्राष्ट्रिय स्तरको फुटबल रङ्गशाला बनाउन आवश्यक भएको बताउनुभएको छ ।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकलाई समृद्ध बनाउन खेलकुदको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।
कैलाली प्रहरीले अदालतबाट फैसला भएपछि फरार भएका आठ जना प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न मुद्दामा सजाय, जरिवाना फैसला सुनाइएका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले निर्वाचनका बेला कर्णालीमा भएका चुनावी सभाहरूमा व्यक्त गरेका प्रतिबद्धताहरू पूरा हुँदैगएको बताउनुभएको छ ।
प्रतिस्पर्धी पथरी फुटबल क्लब मोरङलाई हराउँदै बागमती युवा क्लब फिदिममा जारी पाँचथर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
नेकपा (एमाले) कैलाली जिल्लाको ९ औँ जिल्ला अधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
मोरङको सिरिजङ्घा फुटबल पथरीशनिश्चरेलाई २–१ गोलले हराउँदै दमकको भुटानीज यूथ क्लब ( विवाइसी) राइजिङ ब्रदर्श सुजना छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण रेफ्युजी च्यालेन्ज कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
आठौँ आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिप चैत ३ देखि १० गतेसम्म हुने भएको छ ।