• १४ मंसिर २०८१, शुक्रबार

स्थानिय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा बारपाक सुलीकोट पहिलो

blog

गोरखाको बारपाक सुलीकोट गाउँपालि । तस्बिर : गुणबहादुर रोका

गुणबहादुर रोका
सुलीकोट, फागुन १८ गते ।
गोरखाको बारपाक सुलीकोट गाउँपालिका स्थानिय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा ११ वटा पालिकाहरुलाई उछिन्दै पहिलो भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलको स्थानिय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन कार्यविधि अनुसार बारपाक सुलीकोट गाउँपालिकाले ८७.५ अङ्क ल्याएर जिल्लामै पहिलो भएको हो ।

त्यस्तै, गण्डकी गाउँपालिकाले ८०.५ अङ्क ल्याएर स्थानिय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा जिल्लामा दोस्रो भएको छ । त्यसैगरी, शहिद लखन गाउँपालिका र अजिरकोट गाउँपालिकाले समान अङ्क ७५.५ ल्याएर तेस्रो भएको छ भने ७५ अङ्क ल्याएर भीमसेनथापा गाउँपालिका चौथो उत्कृष्ट पालिका बनेको छ ।

त्यसैगरी, क्रमशः सिरानचोक गाउँपालिकाले ७० अङ्क, आरुघाट गाउँपालिकाले ६६.५ अङ्क, गोरखा नगरपालिकाले ६६ अङ्क, पालुङटार नगरपालिका ५७ अङ्क, चुमनुब्री गाउँपालिकाले ५० अङ्क ल्याउन सफल भएका छन् । त्यस्तै धार्चे गाउँपालिकाको नतिजा भने सार्वजानिक भएको छैन । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यविधि अनुसार हालसम्म देशभरका पाँच सय ७२ वटा स्थानिय तहको नतिजा सार्वजानिक गरेको हो ।

पालिकाहरुलाई योजना बजेट तथा कार्यक्रम व्यावस्थापनमा २१ अङ्क, कार्यान्वयन क्षमता तथा व्यावस्थापनमा २९ अङ्क, लेखन तथा प्रतिवेदनमा १७ अङ्क, अनुगमन मूल्याङ्कन तथा लेखापरीक्षणमा १६ अङ्क र राजस्व व्यावस्थापनमा १७ अङ्क गरी १०० पूर्णाङ्क तोकिएको हुन्छ । स्थानिय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा उर्तीण हुनका लागि न्यूनतम ५० अङ्क प्राप्त गर्नु पर्ने प्रावाधान रहेको छ ।