प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संस्कृत विश्वविद्यालयको जग्गासम्बन्धी समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
क्यान्सरकै कारण छोरा गुमाएका पराजुली दम्पतीले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा एक करोड एक लाख ११ हजार १११ रुपियाँ बराबरको ‘क्यान्सर पीडित उपचार कोष’ स्थापना गर्नुभएको छ ।
बागलुङको गलकोट बहुमुखी क्याम्पसको भौतिक पूर्वाधार निर्माणका लागि यहाँका एक परिवारले एक करोड रुपियाँ सहयोग गरेका छन् ।
विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन, २०७९/८० सङ्घीय संसद्, राष्ट्रिय सभा समक्ष पेस गरिएको छ ।
१५ मिनेटका लागि स्थगित भएको प्रतिनिधि सभा बैठक पुनः सुरु भएको छ । प्रतिनिधि सभाको दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले सांसदहरुले उठाएका विषयहरुमा सभाको आगामी बैठकमा जवाफ दिन नेपाल सरकारलाई रुलिङ गर्नुभएको छ ।
बाजुराका नौ वटै स्थानीय तहका बाढीपहिरो पीडितलाई पछिल्लो समय घरबासकै चिन्ताले सताउने गर्छ । गत २०७८-७९ सालको जेठ, असार, साउन र भदौमा आएको बाढीपहिरोले बाजुराका नौ वटै स्थानीय तहका अधिकांश गाउँ बस्ती बाढीपहिरोको उच्च जोखिममा छ ।
प्रतिनिधि सभाको दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले सांसदहरूले उठाएका विषयमा सभाको आगामी बैठकमा जवाफ दिन नेपाल सरकारलाई रुलिङ गर्नुभएको छ ।
उत्तरी बुर्किनाफासोमा आइतबारको प्रार्थनासभामा एक क्याथोलिक चर्चमा भएको ‘आतङ्कवादी’ हमलामा कम्तीमा १५ व्यक्ति मारिएको र अन्य दुई जना घाइते भएको चर्चका एक वरिष्ठ अधिकारीले बताएका छन् ।
नेपालगञ्ज उप-महानगरपालिकाले नगरभित्र सडकमा फोहर फाल्नेलाई कारबाहीको दायरामा ल्याउन सुरु गरेको छ । नगर प्रमुख प्रशान्त विष्टको नेतृत्वमा हरेक दिन साँझ अनुगमन गरी सडकमा फोहर फाल्नेलाई तत्कालै कारबाही गर्न थालिएको हो ।
अवसरको खोजी गर्दै विदेशी भूमिमा पाइला टेक्नेहरुको सङ्ख्या दिनानुदिन बढ्दो छ । हरेक दिन एक हजार पाँच सयभन्दा बढी युवाजनशक्ति हातमा पासपोर्ट बोकेर विदेशी मुलुकमा पाइला टेक्छन् ।
विश्व व्यापार सङ्गठन (डब्लुटिओ) ले एक सय २० भन्दा बढी सङ्गठनका सदस्य राष्ट्रले पारदर्शितामा सुधार र कर्मचारी तन्त्र अवरोधहरू हटाएर विकासोन्मुख मुलुकहरूमा लगानीलाई सुविधाजनक बनाउने उद्देश्यले एक सम्झौतालाई अन्तिम रूप दिएको आइतबार बताएको छ ।
राष्ट्रिय सभा सदस्य दिलकुमारी थापा रावलले विश्वविद्यालयभित्र राजनीतिक हस्तक्षेप भइरहेको बताउनुभएको छ । सोमबारको राष्ट्रिय सभा बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
कपिलवस्तुको कृष्णनगरबाट लागु औषध चरेससहित पाँच जना पक्राउ परेका छन् ।
प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाङमा चलिरहेको मोही किसानको आन्दोलन सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
प्रमुख विपक्षी दल नेकपा (एमाले)को अवरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित भएको छ । बैठक सुरु हुनेबित्तिकै एमाले सांसदहरुले अवरोध गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो ।