जाडो छल्न बेँसी झरेका हिमाली क्षेत्रका भोटे समुदाय गाउँ फर्कन थालेका छन् । जाडो मौसम सुरु भएसँगै न्यानोको खोजीमा भोटे समुदाय छिमेकी जिल्ला जुम्ला र जिल्ला सदरमुकाम गमगढी आसपासका गाउँबस्तीमा झरेका थिए । उत्तरी छिमेकी मुलुक चीनको सिमानामा पर्ने मुगमकार्मारोङ गाउँपालिकाका पाँच वटा बस्ती मुगुगाउँ, डोल्फुगाउँ, चितैगाउँ, किम्रीगाउँ र कार्तिगाउँका समुदाय कात्तिक महिनादेखि चिसो बढ्न थालेपछि बेँसी झर्ने गर्छन् । स्थानीय तोर्चे लामाका अनुसार चिसो छल्न बेँसी झरेकाहरू अब गाउँ फर्कन लागेका छन् । दैनिक उपभोग्य सामग्री ढुवानी गर्ने घोडा र भेडाबाख्रा पाल्दै आएका भोटे समुदाय हिउँदका केही महिना हिमाली क्षेत्रमा हिउँ जम्ने र घोडा, भेडाबाख्रालाई खुवाउन
सङ्घीय संसद्लाई गतिशील तुल्याउने र बिजनेस दिने प्रमुख जिम्मेवारी सरकारको हो । तर यहाँ प्रतिपक्षले सदन चल्न दिएन भनेर उल्टै आरोप लगाउने चलन छ । प्रतिपक्षको प्रमुख जिम्मेवारी भनेको सरकारका कामको निगरानी गर्ने, सचेत गराउने र सुझाव दिने हो ।
कञ्चनपुरको बेलडाँडी गाउँपालिका–५ का नन्दा गिरीको डेढ बिघा जमिन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । उहाँको राधापुरस्थित उक्त जमिनलाई अर्कोतर्फबाट चौधर नदीले घेरेको छ ।
प्रस्तावित ‘त्रिशूली जलविद्युुत आयोजना’ले जलयात्रा व्यवसायमा सङ्कटमा पर्ने जनाउँदै व्यवसायी चिन्तित बनेका छन् । इच्छाकामना गाउँपालिकाको फिस्लिङमा भएको सार्वजनिक सुनुवाइमा सहभागी जनप्रतिनिधि, जलयात्रा व्यवसायी र नदी संरक्षणकर्मीले यस्तो बताएका हुन् ।
भोजपुरका किसान अर्गानिक कृषि उत्पादनमा जुटेका छन् । यहाँ नेपाल जलवायु नमूना कार्यक्रमअन्तर्गत आवश्यक ज्ञान पाएसँगै किसान अर्गानिक कृषि उत्पादनमा जुटेका हुन् ।
लुम्बिनी प्रदेशमा दादुरा–रुबेला खोप अभियान–२०८०/८१ अन्तर्गत ११ लाखभन्दा बढी बालबालिकालाई खोप लगाइने भएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले दाङको घोराहीमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा दादुरा–रुबेला खोप अभियान अन्तर्गत फागुन १३ देखि चैत ७ सम्म सञ्चालन हुने खोप अभियानका क्रममा प्रदेशका १२ जिल्लाका ११ लाख २१ हजार ६०७ बालबालिकालाई खोप लगाउन थालिएको जानकारी दिएको हो ।
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङको कोरला नाका हुँदै प्रसिद्ध धार्मिक स्थल कैलाश मानसरोवर जाने मार्ग खुलाउन चीन सरकारसँग पहल भएको बताउनुभएको छ । कालीगण्डकी कोरिडोर हुँदै मुक्तिनाथ र दामोदरकुण्ड दर्शनका लागि पुगेका धार्मिक पर्यटकलाई कोरला नाका हुँदै कैलाश मानसरोवर पुग्ने वातावरण मिलाउन प्रदेश सरकारले आवश्यक पहल थालेको उहाँको भनाइ थियो ।
केही वर्षयता स्वदेशमा न्यून अवसरका कारण वैदेशिक रोजगारी अपरिहार्य जस्तै बन्दै गएको छ । मुलुकभित्रका उद्योग, कलकारखाना एकपछि अर्को गर्दै बन्द भएका कारण पनि रोजगारीका लागि बिदेसिनु बाध्यताको उपज बनेको छ । विदेशी भूमिमा पसिना बगाएर परिवारको पालनपोषण गर्नकै लागि दैनिक दुई हजार पाँच सयभन्दा बढी युवा जनशक्ति विभिन्न मुलुकतर्फ गइरहेको वैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाएको छ । यसरी श्रम स्वीकृति लिएर विभिन्न मुलुकमा पुगेका ने
नेपाली कांग्रेस महासमिति बैठक निर्धारित समयमा सकिएको छ । सधैँ निर्धारित समयभन्दा लामो समय चल्ने बैठक यस पटक फागुन ७ गतेदेखि ललितपुरको गोदावरीमा सुरु भएर १० गते समापन भयो । महासमिति बैठकमा प्रस्तुत विभिन्न प्रस्तावमा परिमार्जनका थुप्रै सुझाव दिएर सकिएको छ । समापन कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवाले महासमिति बैठकमा प्रस्तुत गरिएका प्रतिवेदन परिमार्जनसहित केन्द्रीय समितिबाट अनुमोदन हुने विश्वास दिलाउनुभएको छ । महासमितिमा देश र विदेशमा रहेका दुई हजारभन्दा बढी सदस्यको सहभागिता आफैँमा कांग्रेसका लागि उत्साहको विषय हो । अरू पटकभन्दा फरक ढङ्गमा
एउटा सामान्य मान्छेले हरेक दिन प्रविधिको प्रयोग कति पटकसम्म गर्छ होला ? हामीले सहजै अनुमान लगाउन सक्छौँ, हामी बिहान उठेदेखि साँझ आँखा बन्द नहुँदासम्म हरेक पटक सानोभन्दा सानो काम गर्न पनि प्रविधिको प्रयोग गरिरहेका हुन्छौँ । गाउँमा जानुस् गोरु देखिँदैन, ट्याक्टरले खेतमा काम गरिरहेको हुन्छ । खेतबारीमा हलो देखिन छाडेको धेरै भइसक्यो । जाडो हुँदा अँगेनामा दाउरा बाल्न छाडिसक्यौँ । गुइँठाको ठाउँमा इन्डक्सन चुलो देखिन्छ । पछिल्लो समय सबै क्षेत्र प्रविधिमय बन्दै गएको अवस्थामा त प्रविधिबिना मानिसले जीवन नै सहज ढङ्गले अगाडि बढाउन नसक्ने भइसकेका छन् ।
नेपाली वित्तीय बजार बिस्तारै सन्तुलनतिर जाँदै छ । विगत चार वर्षयता धेरै सकसपूर्ण मार्ग छिचोल्दै यो अवस्थामा आइपुगेको हो । बैङ्क तथा वित्तीय संस्थासँग अहिले लगानीयोग्य पुँजी अर्थात् तरलता पर्याप्त रहनु लगानीका निम्ति अनुकूल स्रोत जुट्दै जानु हो । कोभिडले थिलथिलो बनाएको अर्थतन्त्रमा कतिपय सहज नीति अख्तियार गर्दा बैङ्क तथा वित्तीय संस्थाको पुँजी अनुत्पादक क्षेत्रमा थुप्रियो । लगानीयोग्य पुँजीको अभाव हुँदै गयो । बैङ्क तथा वित्तीय संस्थामा लगानीयोग्य पुँ
राज्यका कार्यमध्ये न्याय प्रशासन प्रमुख कार्य हो । राज्यले न्याय प्रशासनसम्बन्धी कार्य संवैधानिक एवं कानुनी व्यवस्था अनुसार सम्पादन गर्नुपर्ने हुन्छ । नेपालमा न्यायसम्बन्धी अधिकार नेपालको संविधान, अन्य कानुन र न्यायका मान्य सिद्धान्तबमोजिम अदालत तथा न्यायिक निकायबाट प्रयोग हुने संवैधानिक प्रावधान छ । सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतबाहेक कानुनबमोजिम मुद्दा हेर्न स्थानीय स्तरमा न्यायिक निकाय वा विवाद समाधानको वैकल्पिक उपाय अवलम्बन गर्न आवश्यकता अनुसार अन्य निकाय गठन गर्न सकिने व्यवस्था संविधानले गरेको छ । यसले न्याय प्रशासनको लोकतान्त्रिकी
जाजरकोटमा एक बालिकाको जलेर मृत्यु भएको छ । जिल्लाको बारेकोट गाउँपालिका ९ खारीगाउँमा गोपाल जैसीकी १७ महिनाकी छोरी नतसा जैशीको भान्सा कोठामा सुतेको अवस्थामा एक्कासि चुल्होमा परेर मृत्यु भएको प्रहरीले जानकारी गराएको छ ।
स्वास्थ्यकर्मीको निधनमा गोरखा नगरपालिकामा आज सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गोरखा नगरपालिका – १४ पियोरबेशीको स्वास्थ्य चौकीमा कार्यरत अहेब किशोर बाबु सेढाईको निधन भएको भन्दै नगरपालिकाले सोमबार आज मातहातका सबै कार्यालयहरूमा सार्वजनिक बिदा गरेको हो ।
प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता आगामी फागुन १८ गते देखि पाल्पामा हुने भएको छ । फागुन १८ देखि २४ गते सम्म जिल्लाको रामपुर नगरपालिकामा हुने भएको हो ।