काठमाडौँ उपत्यकामा लुटपाट, चोरी तथा ठगी गर्ने विभिन्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।
म्याग्दीको मालिका गाउँपालिका–४, स्थित छाप्सीबाङ घर भएर हाल पोखरा निवासी दलबहादुर घर्ती मगर पुन र उहाँकी श्रीमती भानुदेवी दम्पती परिवारले चौरासी पूजाको अवसरमा सोही वडाको एक विद्यालयलाई ६ लाख बढी आर्थिक सहयोग गर्नुभएको छ।
भेट्रान खेलाडीहरूको छाता सङ्गठन नेपाल मास्टर्स एथलिट एसोसिएसनले खेलकुद विकासमा विशिष्ट योगदान गरेका पूर्व खेलाडी तथा खेल व्यक्तित्वलाई सम्मान गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको सुझावअनुरूप सरकारले पहल गर्ने बताउनुभएको छ।
परराष्ट्रमन्त्री एनपी साउँदले नेपाली डायस्पोराले विदेशमा नेपालीको पहिचान र छविको प्रवर्धन मात्र नगरी मातृभूमि र कर्मभूमिबिच सेतुको रूपमा पनि काम गर्दैआएको बताउनुभएको छ ।
काठमाडौंदेखि सुर्खेत जाँदा विमानबाट देखिएको हिमालको दृश्य ।
बाँके जिल्लामा सञ्चालित आयुर्वेद स्वास्थ्य केन्द्र तथा नागरिक आरोग्य सेवा केन्द्रप्रति स्थानीयको आकर्षण दिनदिनै बढ्दै गएको छ।
गुल्मीमा एक ९७ वर्षीया एक वृद्धाको आँखाको मोतियाबिन्दुको सफल शल्यक्रिया गरिएको छ । नेपाल नेत्र ज्योति सङ्घ जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्र तम्घासमा इस्मा गाउँपालिका–३ निवासी रत्नकला खरालको मोतिया बिन्दुको सफल शल्यक्रिया गरिएको नेत्र अधिकृत सूर्य बस्नेतले जानकारी दिनुभयो ।
न्यूरोड टिम (एनआरटी) क्लब थ्रीस्टार क्लबलाई पराजित गर्दै केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आन्दोलनरत अनुचित लेनदेन (मिटरब्याज) पीडितलाई सरकारले छलफलका लागि बोलाएको छ । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिलाई आइतबार पत्र पठाउँदै गृह मन्त्रालयले वार्ताका लागि बोलाएको हो ।
काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले चार वटा अस्पतालको फोहोर सङ्कलनमा रोक लगाएको छ ।
नेपाल साउदी अरेबियामा जारी वेष्ट एसियन फुटबल महासङ्घ (बाफ) महिला फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
नेपालले एसीसी पुरुष प्रिमियर कप क्रिकेटको पहिलो खेलमा मलेसियासँग प्रतिस्पर्धा गर्ने भएको छ ।
सत्तारुढ नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्निप्रसाद सापकोटाले नेपाली जनताले गणतन्त्रको विकल्प नखोजेको बताउनुभएको छ ।
सेलिब्रेटी नेपालको आयोजनामा हुने तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव आगामी वैशाखमा हुने भएको छ ।