• १२ साउन २०८१, शनिबार

भलिबल : स्याङ्जा फाइनलमा

blog

अर्जुन काफ्ले

स्याङ्जा, फागुन १२ गते । स्याङ्जा प्रथम सन्तोष थापा स्मृति कप आमन्त्रित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगितामा फाइनलमा प्रवेश गरेको छ । चापाकोट नगरपालिका ९ सुन्तलीटारमा भएको पहिलो सेमिफाइनल खेलमा स्याङ्जाले नवलपुरलाई ३–२ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । 

स्याङ्जाले २५–१९, २५–१९, १५–२५, १९–२५ र १३–१५ अङ्कले पराजित गरेको हो । पहिलो र दोस्रो सेट गुमाएको स्याङ्जाले खेलमा फर्कँदै लगातार तीन सेट जित्दै उपाधि नजिक पुगेको हो । 

चापाकोट उद्योग वाणिज्य सङ्घको आयोजना र नगरखेलकुद विकास समितिको समन्वयमा प्रतियोगिता गरिएको हो । प्रतियोगितामा विजेताले, एक लाख ५० हजार,  उपविजेताले एक लाख र तेस्रो ५० हजार नगद प्राप्त गर्ने खेल संयोजक राजन दर्लामी मगरले बताउनुभयो ।  

विभागीय खेलाडी विजय थापा, महेन्द्र श्रेष्ठ, गण्डकी प्रदेशका क्याप्टेन हरि पाण्डे सहितका खेलाडी लिएर स्याङ्जा मैदानमा आएको थियो भने नवलपुर गण्डकी प्रदेशका नियमित खेलाडी सरोज बर्देवाको नेतृत्वमा खेलेको थियो । 

जिल्लाको सर्वाधिक राशिको प्रतियोगितामा उत्कृष्ट खेलाडी, स्पाईकर, ब्लकर, सेटर, डिफेन्सर, सर्भरले समेतले पुरस्कार पाउने छन् । चापाकोट २ घर भएका  गण्डकी प्रदेशका उदीयमान खेलाडी सन्तोष थापाको कार्तिक २७ गते मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो । 

थापाकै स्मृतिमा दोस्रो चापाकोट महोत्सवको अवसरमा प्रतियोगिता गरिएको हो । आइतबार चल्ने प्रतिगोयतामा गण्डकीका पर्वत, नवलपुर, कास्की, तनहुँ, स्याङ्जा,  बागलुङ तथा लुम्बिनी प्रदेशको पाल्पाको सहभागिता रहेको छ ।