एक दिवसीय सिरिजको दोस्रो खेलमा जितका लागि क्यानडाले नेपाल ‘ए’ लाई दुई सय ४१ रनको लक्ष्य दिएको छ ।
ऊर्जा सङ्क्रमणका चुनौती र अवसरहरूबारे छलफल गर्न सोमबारदेखि इजिप्टमा अन्तर्राष्ट्रिय ऊर्जा सम्मेलन सुरु भएको छ । इजिप्ट इनर्जी शो फेब्रुअरी २१ सम्म चल्नेछ ।
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्नु नेपाली कांग्रेसको प्रमुख नीति हुने बताउनुभएको छ ।
टोखास्थित विष्णुमती नदी आसपासमा अवैध रूपमा निर्माण गरिएका संरचना हटाउन सुरु गरिएको छ । टोखा नगरपालिकाले विष्णुमती नदी कोरिडोरलाई सुन्दर र व्यवस्थित बनाउनका लागि त्यस आसपासमा निर्माण गरिएका अस्थायी संरचना आज बिहान डोजर लगाएर हटाएको हो ।
समयमै भुक्तानी पाउने र मूल्यको ‘ग्राफ’ उकालो लाग्न थालेपछि उखु खेतीतिर किसान आकर्षित बन्न थालेका छन् ।
पोखरा महानगरपालिका वडा नम्बर १८ को सराङकोट, ग्यारजातीमा रहको बाल सुधार गृहमा झडप हुँदा तीन बालक घाइते भएका छन् ।
नेकपा (एमाले) को पेसागत विशेष जिल्ला कमिटीको नवौँ अधिवेशनबाट मोहनकुमार पराजुलीको अध्यक्षतामा ५३ सदस्यीय नयाँ नेतृत्व चयन भएको छ ।
वीरगञ्ज महानगरपालिकाको पूर्वमा नगवा चौक, पश्चिममा तिलाबे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरी पुल भन्सार क्षेत्र चारकिल्ला तोकेर सोमबार साँझ ५ बजेदेखि जारी कर्फ्यु आदेश सर्वसाधारणको सुविधालाई दृष्टिगत गर्दै मङ्गलबार बिहान ६ बजेदेखि १० बजेसम्म ४ घण्टा खोलेर फेरि अनिश्चितकालीन कर्फ्यु जारी गरिएको हो ।
पुष्पलाल चोकदेखि पूर्व राप्ती नदीसम्मको १० किलोमिटर सडकखण्ड स्तरोन्नति भएसँगै नेपालगन्ज-बघौडा हुलाकी सडक फराकिलो बनेको छ । सो खण्डमा हालै कालोपत्रे पनि सकिएको छ ।
दुई सय वर्ष पुराना घरेलु सामग्री सङ्कलन गरेर खोटाङमा सांस्कृतिक सङ्ग्रहालय स्थापना गरिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आठ सय ५५ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ गरेका छन् ।
चीनबाट ल्याइएको रासायनिक मल दश महिनादेखि तातोपानी भन्सारको गोदाममा थन्किएको छ । एक सय ११ कन्टेनरले वैशाख महिनाभर ल्याएको सात लाख ३५ हजार बोरा रासायनिक मल लार्चा सुक्खा बन्दरगाह यार्डभित्र गोदाममा थन्किएको हो ।
जिल्ला अनुगमन समिति धादिङले बजार अनुगमनलाई तीव्र बनाएको छ ।
खानेपानीको मुहान सुक्नबाट बचाउन तथा सुकेका मुहानहरुलाई पुनः जीवित गर्न धनकुटाको दुई स्थानीय तहमा वर्षात्को पानी जम्मा गर्ने रिचार्ज पाखरीहरु बनाउन शुरु गरिएको छ ।
काभ्रेपलाञ्चाककी रोजिना तामाङ खोटाङ पुग्न पाउनु भएको छैन । तर उहाँले सोमबारदेखि काठमाडौँ बबरमहलस्थित नेपाल कला परिषद्मा सञ्चालित चित्रकलामार्फत खोटाङबारे निजकबाट नियाल्न मौका पाउनुभयो ।