जुम्लाको चन्दननाथ नगरपालिकाले सहरी सरसफाइ योजना कार्यान्वन गर्न लागेको छ ।
किसानकै खेतबारीमा गएर बाली उत्पादन अवधिभर सामूहिक रुपमा किसानहरुलाई सिकाइने कृषक पाठशाला किसानमाझ प्रभावकारी बन्दै गएको छ ।
मगर संस्कृति संरक्षणका लागि नवलपुरको देवचुलीमा सङ्ग्रहालय निर्माण गरिएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका-१० पृथ्वीनगरमा मगर सङ्ग्रहालय निर्माण गरिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रियामै रहेको स्पष्ट पार्नुभएको छ ।
समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक आजदेखि सुरु हुँदैछ । बैठक सो पार्टीको केन्द्रीय कार्यालय, ललितपुरको च्यासलमा बस्दैछ ।
जनवरी महिनामा ६०२ जना श्रीलङ्काली कृषि क्षेत्रको कामका लागि इजरायल गएको श्रम तथा वैदेशिक रोजगार मन्त्री मानुषा नानायक्काराले सोमबार सञ्चारमाध्यमलाई बताउनुभएको छ ।
धान कुट्ने आधुनिक प्रविधि भित्रिएसँगै कञ्चनपुरका महिलाहरुले धान ढिकीमा कुट्न छाडेका छन् । गाउँघरमा धानमिल सञ्चालनमा आएपछि ढिकीमा धान कुट्न महिलाले छाडेका हुन् । पहिला घरघरमै धान कुट्नका लागि काठका ढिकी बनाइएका हुन्थे ।
नेपाली कांग्रेसले ललितपुरमा जारी महासमिति बैठकमा १२ जिल्लाका प्रतिनिधिलाई आमन्त्रित सदस्यको रुपमा सहभागी गराउने निर्णय गरेको छ ।
वर्षासँगै बाजुराको माथिल्लो भेगमा हिमपात भएको छ । छ महिनापछि वर्षासँगै हिमपात भएपछि किसान खुसी भएका छन् । पूर्वी-उत्तरी भेगको हिमाली गाउँपालिकाको विच्छ्याँ, रुगिन, बुढीनन्दा नगरपालिका, गौमुल गाउँपालिकाका उच्च लेकाली भेगमा हिमपात भएको छ ।
पुनः मौसम बदली भएको छ । गए रातिदेखि पश्चिमबाट सुरु भएको मौसम बदली देशभर फैलिने क्रममा रहेको छ । यो क्रम बिहीबारसम्म जारी रहने र शुक्रबारबाट पश्चिम क्षेत्र हुँदै क्रमशः सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान माहशाखाका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो ।
पूर्वी चितवनको खैरहनी नगरपालिकामा एक युवाको हत्या भएको छ । मङ्गलबार बिहान ३ बजे घरबाट निस्किएका खैरहानी नगरपालिका–२ निवासी २४ वर्षीय कृष्णप्रसाद खनाल घर नजिकै हर्वल कारखाना अगाडि मृत भेटिनुभएको हो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ थाइल्याण्डको बैंकक प्रस्थान गर्नुभएको छ । एशिया प्यासिफिक फोरम अन सस्टेनेवल डेभलपमेन्ट कार्यक्रममा सहभागी हुन उपाध्यक्ष श्रेष्ठ नेतृत्वको टोली आज बैंकक प्रस्थान गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान विश्व देखिएका जातीय तनाव र आतङ्कवादका विभिन्न कारकहरूबाट सञ्चालित जटिल द्वन्द्वका कारण शान्ति स्थापनार्थ सैनिकहरूले खतराको सामना गर्नुपरेको बताउनुभएको छ ।
हिटलरलाई धन प्रिय थियो, त्यसले प्राप्त हुने विलासिता र निष्ठा दुवैका लागि धन आवश्यक थियो र उनले अकुत धन जम्मा गरेका थिए । सोभियत सङ्घको सेना घेर्दै नजिक आइसकेको अवस्थामा सन् १९४५ अप्रिल ३० मा बर्लिनमा रहेको आफ्नो ‘बङ्कर’ मा आत्महत्या गरेका हिटलरका बारेमा नै बढी चर्चा गरियो तर उनको आर्थिक कारोबारको कहीँकतै गाइँगुइँ पनि भएन । जर्मनीको एउटा टेलिभिजन च्यानलले हालसालै तयार पारेको एउटा वृत्तचित्रमा हिटलरको धनका बारेमा धेरै कुरा बताइएको छ ।
सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देश बनाउने खाका तयार गर्नुपर्ने बताउनुभएको छ ।