• १३ साउन २०८१, आइतबार

बालबालिकालाई दादुरा र रुबेला खोप

blog

जिल्ला स्वास्थ्य कार्यालय पाँचथर। तस्बिर : राधा लुइटेल

राधा लुइटेल

फिदिम,फागुन ८ गते। पाँचथर जिल्लाका बालबालिकालाई फागुन १६ देखि २३ गतेसम्म दादुरा रुबेलाविरुद्व खोप दिइने भएको छ। जिल्ला स्वास्थ्य कार्यालय पाँचथरका अनुसार अभियान दुई चरणमा सञ्चालन गरिने भएको हो।

अभियानमा ९ महिनादेखि पाँच वर्ष उमेर समूहका  १२ हजार ६ सय ८७ बाल बालिकालाई खोप दिइने जिल्ला स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख तेजबहादुर तुम्बापोले जानकारी दिनुभयो। उहाँका अनुसार अभियान सञ्चालनको तयारी पूरा भएको छ। खोप अभियान जिल्लाका आठ वटै स्थानीय तहमा सञ्चालन हुनेछ। सरकारले सन् २०२६ सालभित्र देशबाट दादुरा र रुबेला नियन्त्रण गर्ने लक्ष राखेर खोप देशभर अभियान चलाइरहेको छ।

अभियानबारे जानकारी आदानप्रदान गर्न स्वास्थ्य कार्यालय र स्थानीय तहले पाँचथरमा पत्रकार, नागरिक समाज, जनप्रतिनिधि र सरोकारवालासँग छलफल र अन्तरक्रिया सञ्चालन गरिरहेको छ। अभियानमा सबै लक्षित समूहका बालबालिलाई नजिकको केन्द्रसम्म पुर्‍याएर खोप दिलाउन सहयोग गर्न स्वास्थ कार्यालयले आम नागरिकसँग आह्वान गरेको छ।