• २ जेठ २०८३, शनिबार

नेत्रहीन क्रिकेट : उपाधिका लागि बर्दिया र सुदूरपश्चिम भिड्दै

blog

बर्दिया र कर्णालीका नेत्रहीन खेलाडीबिच भएको सेमिफाइनल खेल। तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, फागुन ८ गते। नेत्रहीन क्रिकेट संङ्द्वारा बाँकेको कोहलपुरमा आयोजना गरिएको नेत्रहीन राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२४ को उपाधि जित्नका लागि बर्दिया र सुदूरपश्चिमको टोलीले मङ्गलबार अन्तिम खेल खेलिरहेका छन्। 

सोमबार सम्पन्न भएका दुबै सेमिफाइनल खेलमा बर्दियाको टोलीले कर्णालीको टोलीलाई ६ विकेटले र सुदूरपश्चिमले लुम्बिनीलाई ७ विकेटले पराजित गरेर फाइनलमा पुगेका थिए। 

पहिलो सेमिफाइनल खेलमा कर्णालीको टोलीले पहिले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर १५३ रन बनाएको थियो। १५४ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको बर्दियाको टोलीले चार विकेट गुमाएर १५४ रन बनाएर ६ विकेटको जित निकालेको हो। 

दोस्रो सेमिफाइल खेलमा पहिलो ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा १९३ रन बनाएको थियो भने १९४ रनको लक्ष्यका साथ मैदानमा उत्रिएको सुदूरपश्चिमको टोलीले १८.२ ओभरको खेलमा तीन विकेट मात्र गुमाएर १९४ रन बनाई प्रतियोगिताको फाइनलमा पुगेको थियो। 

अहिले कोहलपुरको क्रिकेट मैदानमा उपाधिका लागि बर्दिया र सुदूरपश्चिमको टोलीबिच अन्तिम खेल चलिरहेको छ।