• १२ मंसिर २०८१, बुधबार

शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयमा अन्तरक्रिया

blog

शैक्षिक अन्तरक्रिया कार्यक्रमका सहभागी। तस्बिर : राजन रावत

राजन रावत 

हुम्ला, फागुन ८ गते। सिमकोट गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले विद्यालयमा शैक्षिक सुधारका लागि अन्तरक्रिया सञ्चालन गरेको छ। विद्यालयमा भर्ना दर वृद्धि गर्न र शैक्षिक गुणस्तर सुधारका लागि  अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो। 

भिमेसन आधारभूत विद्यालयकी शिक्षक छोप्साङ लामाले विद्यालय र शिक्षक लागेर मात्र शिक्षा क्षेत्रको गुणस्तरमा परिवर्तन ल्याउन नसकिने बताउनुभयो। गुणस्तरीय शिक्षा हासिल गर्नका लागि सरोकारवाला पक्षसँग राय, सल्लाह र सुझाव लिनका लागि छलफल गरिएको शिक्षा शाखाका नायब सुब्बा कृष्णप्रसाद आचार्यले बताउनुभयो। 

कार्यक्रममा बालमन्दिर माविका प्रधानाध्यापक कैलाश रोकायाले विषयगत शिक्षकको व्यवस्था, पाठ्यपुस्तक समयमै उपलब्ध गराउनुपर्ने,  अभिभावक बढी जिम्मेवार हुनुपर्ने, परिमार्जित पाठ्यक्रम अनुसार शिक्षकलाई तालिमको व्यवस्था गर्न सके शिक्षा क्षेत्रमा सुधार ल्याउन सकिने बताउनुभयो। 

कार्यक्रममा सोही विद्यालयका सहायक प्रधानाध्यापक जयबहादुर बमले शिक्षक नियमित हुनुपर्ने बताउँदै शिक्षा क्षेत्रमा सहयोग बढाउन सुझाव दिनुभयो। 

कार्यक्रममा शिक्षक लालबहादुर रावत, कमला लामा, गाउँपालिका कार्यवाहक अध्यक्ष नन्द रावत, निमित्त प्रशासकीय अधिकृत ममता महतलगायतले सुझाव दिनुभयो। 

अब सिमकोट गाउँपालिकाले फागुन १५ गतेभित्र गाउँपालिकाका मानसरोवर, रामदेव, रलिङ, कैलाश, सनसाइन, कर्णाली र सैपालमा सञ्चालन गर्नेछ।