गाजापट्टीमा प्यालेस्टिनीको मृत्यु हुनेको सङ्ख्या २८ हजार ९८५ पुगेको हमासको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति एवम् पूर्वमन्त्री अब्दुल खानसहितको टोलीले बाँकेका विभिन्न उद्योगको निरीक्षण अनुगमन गरेको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जम्कट्टेलले राष्ट्रियता, लोकतन्त्रको जगेर्ना गर्दै सङ्घीयताको सबलीकरण र गणतन्त्र सुदृढ गर्न एकताबद्ध भई सफल एवम् समुन्नत राष्ट्र निर्माणमा अघि बढ्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।
सप्तरी लगायत तराई मधेशका महिला अहिले गोबरको गोरहनी बनाउन व्यस्त छन् ।
म्याग्दीको रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँटमा विद्यालय स्तरीय शैक्षिक सामग्री प्रदर्शनी मेलाको आयोजना गरिएको छ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रजातन्त्र दिवस-२०८० को शुभअवसरमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्नका लागि लोकतान्त्रिक मूल्यमान्यतालाई आत्मसात् जरुरी भएको बताउनुभएको छ ।
इजिप्टको काइरोको सबैभन्दा प्रसिद्ध स्थलचिन्हहरू मध्ये एक, सलादिन सिटाडेलका दुई टावरहरू पुनः स्थापनापछि आइतबारबाट सर्वसाधारणहरूका लागि खुला गरिएको छ ।
अफ्रिकन युनियन (एयु) आयोगका अध्यक्ष मोसा फकी महामतले अफ्रिकामा विद्यमान असंवैधानिक परिवर्तन, राजनीतिक तथा संस्थागत अस्थिरता, जलवायु परिवर्तन र आर्थिक घाटाप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।
‘निर्वाचनको सफलता, निर्वाचन शिक्षाको व्यापकता’ भन्ने मूलनाराका साथ आठौँ निर्वाचन दिवस मनाइको छ । वि.सं २०१५ फागुन ७ गते नेपालमा आमनिर्वाचन प्रारम्भ भई बालिग नेपालीहरूले आफ्नो मताधिकार उपयोग गर्न पाएको महत्त्वपूर्ण दिनको स्मरण गर्दै निर्वाचन आयोगले आज दिवस मनाएको हो ।
बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले फागुन ७ मा मनाइँदै गरिएको राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सन्देश जारी गर्नुहुँदै समुन्नत राष्ट्र निर्माणमा दिवसले प्रेरणा प्रदान गरोस् भन्नुभएको छ ।
मुलुकको प्रमुख समाचार समितिका रूपमा निरन्तर समाचार सेवा प्रदान गर्दै आएको राष्ट्रिय समाचार समिति (रासस) आजदेखि ६२ वर्ष पूरा गरी ६३ औँ वर्ष प्रवेश गरेको छ ।
सभामुख देवराज घिमिरेले प्रजातन्त्र दिवसले स्वतन्त्रताको अभ्यासमार्फत विकास र समृद्धिको यात्रालाई थप गति दिने प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक प्रणालीले सिर्जना गरेका अथाह सम्भावनालाई अवसरमा बदल्नुपर्ने बताउनुभएको छ ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–१ गिरौनचोरस्थित भित्री सडकखण्डमा आज बिहान जन्ती बोकेको जिप दुर्घटनाकाे मृतक हुनेकाे पहिचान खुलेको छ ।
अहिले मुलुकको अर्थतन्त्र र आर्थिक वृद्धिदर कमजोर अवस्थामा रहेको सबैलाई राम्रैसँग थाहा छ । कर र राजस्वले लक्ष्य हासिल गर्न सकेको छैन । आगामी आर्थिक वर्षका लागि ल्याउन लागेको बजेटको सीमा र आकार घटाउन लागिएको छ ।