• १२ मंसिर २०८१, बुधबार

इजिप्टको ऐतिहासिक टावर आगन्तुकका लागि खुला

blog

इजिप्ट, फागुन ७ गते । इजिप्टको काइरोको सबैभन्दा प्रसिद्ध स्थलचिन्हहरू मध्ये एक, सलादिन सिटाडेलका दुई टावरहरू पुनः स्थापनापछि आइतबारबाट सर्वसाधारणहरूका लागि खुला गरिएको छ ।

इजिप्टका पर्यटन र पुरातात्त्विक मन्त्री अहमद इसाले उद्घाटन समारोहमा रमला र अल–हद्दाद टावरहरू र नयाँ खोलिएका अन्य आकर्षणहरूसँगै किल्लाको भ्रमणको समय एक घण्टाबाट तीन घण्टासम्म बढाइने बताउनुभयो ।

पुरातात्त्विकताको सर्वोच्च परिषद्का महासचिव मुस्तफा वजिरीले दुई टावरहरू किल्लाको यात्रा कार्यक्रममा थपिने र आगन्तुकहरूले किल्लाको प्रवेश टिकटको साथ पहुँच गर्नसक्ने बताउनुभयो । जीर्णोद्धारका काममा ढुङ्गा बदल्ने, ढुङ्गाको सिँढी र भुईँको मर्मतसम्भार, सुरक्षाका लागि पर्खाल निर्माण गर्ने र तीर्थस्थलको संरक्षण गर्नेलगायतका काम सम्पन्न भएको उहाँले बताउनुभयो ।

रमला टावर २०.८ मिटर अग्लो छ । अल–हद्दाद टावर किल्लाको सबैभन्दा ठुलो टावरहरूमध्ये एक हो । जुन ११७६ मा सालाह एल–दिनद्वारा निर्माण गरिएको थियो । सिन्ह्वा/न्युज एजेन्सी नेपाल