राणा शासनको अन्त्य गर्दै २००७ साल फागुन ७ गते स्थापना भएको प्रजातन्त्र मुलुकले त्यसपछि हासिल गरेको सम्पूर्ण उपलब्धिको जग हो । २०४६, २०६३ र २०६५ सालको परिवर्तनको जग र २०७२ को संविधानको आधार पनि २००७ सालको प्रजातन्त्र नै हो । त्यसैले प्रजातन्त्रलाई बलियो बनाउनु गणतन्त्र र सङ्घीयताका उपलब्धिलाई संस्थागत गर्ने आधार पनि हो ।
वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका नेपालीले राहदानी नवीकरण तथा नयाँ राहदानी बनाउन नपाउँदा समस्यामा परेका छन्।
गाजा पट्टीमा मृत्यु हुने प्यालेस्टाइनीहरूको सङ्ख्या २८ हजार ९८५ पुगेको छ । मृतकमध्ये अधिकांश महिला, बालबालिका तथा निर्दोष सर्वसाधारण रहेका प्यालेष्टिनी प्रशासनले दाबी गर्दै आएको छ ।
आगामी आर्थिक वर्षका लागि रु १८ खर्बको बजेट सीमा तोकिएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वको राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आवका लागि रु १८ खर्बको बजेट ‘सिलिङ’ तोकेको हो ।
सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारीलाई नियुक्त गरेको छ। आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो।
निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता मितिभन्दा १ वर्ष ७ महिना अघि विद्यालयको २४ कोठे सुविधा सम्पन्न भवन हस्तान्तरण गर्ने निर्माण कम्पनीलाई कानेपोखरी गाउँपालिकाले सम्मान गरेको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको छ । आइतबार बसेको मधेश प्रदेश सभाको बैठकमा उहाँले विश्वासको मत प्राप्त गर्नुभएको हो ।
क्षयरोगका बिरामी उपचारको दायरामा नआउँदा सरकारले तय गरेको लक्ष्य पुरा गर्न चुनौती थपिएको छ।
नेपाल कम्यूनिष्ट पार्टी (एमाले) कैलाली जिल्ला अधिवेशन आइतबारदेखि सुरु भएको छ । अधिवेशनको पूर्व प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा वलीले उद्घाटन गर्नुभयो ।
नेपाली कांग्रेसको सोमबारदेखि सुरु हुने महासमिति बैठकमा महामन्त्रीद्वय गगनकुमार थापाले साङ्गठनिक प्रस्ताव र विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव पेस गर्नुहुने भएको छ ।
मकवानपुरको बागमती गाउँपालिकामा जारी छैटौँ बागमती गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।
गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन फागुन १६ गते बुधबारबाट सुरु हुने भएको छ। गण्डकी प्रदेशको मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आइतबार अधिवेशन आह्वान गर्नुभएको हो।
गुल्मीको तम्घासमा दुई एग्रोभेट सेन्टरमा ताला लगाइएको छ । मापदण्ड विपरीत सञ्चालनमा रहेका यहाँका दुई एग्रोभेट सेन्टरलाई जिल्ला प्रशासन कार्यालयले ताला लगाएको हो ।
कर्णाली प्रदेशमा माघ १० गते प्रदेश राजपत्रमा प्रकाशित ‘कर्णाली प्रदेश निजामती सेवा नियमावली– २०८०’ मा खारेज भएका कर्णालीका निर्देशनालयको विषयमा ओएनएम नहुँदासम्म यथावत् रूपमा कार्य गर्ने निर्णय भएको छ।
पाँचौँ संस्करणको फिफ्टिन्स रग्बी लिग च्याम्पियनसिपमा गोर्खाली रग्बी क्लब र विभागीय टोली एपिएफ क्लबले विजयी सुरुवात गरेको छ ।