• १ जेठ २०८३, शुक्रबार

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

blog

फाइल तस्बिर

लेखनाथ, फागुन ६ गते। गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन फागुन १६ गते बुधबारबाट सुरु हुने भएको छ। गण्डकी प्रदेशको मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आइतबार अधिवेशन आह्वान गर्नुभएको हो।

प्रदेश सभाका निमित्त सचिव चण्डीप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा फागुन १६ गते बुधबार दिउँसो २ बजेबाट अधिवेशन सुरु हुने उल्लेख छ। स्थापनादेखि हालसम्म गण्डकी सरकारले ६६ ऐन, कानुन बनाएको छ। 

दोस्रो पटक आएको सदनले बनाएर पारित भएको नयाँ विधेयकमा वन विधेयकमात्र हो। यो बिचमा सदनले प्रदेशसभा नियमावलीसमेत संशोधन गरेको छ। अहिले प्रदेशसभाका समितिमा गण्डकी प्रदेशमा बिउ बिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक छलफलमा छन्। 

सरकारले थप ३९ वटा ऐन आवश्यक भएको पहिचान गरी केही ऐनको मस्यौदासमेत बनाएको छ भने केही ऐन निर्माणका लागि गृहकार्य भएको छ। गण्डकी प्रदेशसभाले पहिलो वर्ष नै दुई सरकार पायो। यो अवधिमा दुई नियमित र दुई विशेष गरी चार अधिवेशन भइसकेका छन्।