जिल्ला प्रहरी कार्यालय दोलखाले करिब ३३ लाख रुपियाँ चोरी गरेको आशङ्कामा मेलुङ गाउँपालिका–१ पवटीस्थित हाम्रो सूर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालकलाई नियन्त्रणमा लिएको छ।
बर्दिबासमा सोमबारदेखि प्रदेश स्तरीय चौथो मेयर कप खुला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । प्रजातन्त्र दिवसको अवसर पारेर बर्दिबास नगरपालिका तथा बर्दिबास ब्याडमिन्टन सङ्घको संयुक्त आयोजनामा पुरुष डवल्स स्पर्धामा प्रतिस्पर्धा हुने जनाइएको छ ।
फागुन २४ देखि २६ गतेसम्म चिप्ली महाशिवरात्रि मेला हुने भएको छ । श्री सिद्ध युवा क्लब मादी गाउँपालिका–६ चिप्लीको आयोजनामा हुने सो मेला क्लबको खेल मैदानमा हुने भएको हो ।
प्रजातन्त्र दिवसको अवसरमा जुम्लाको तातोपानीमा वृक्षरोपण गरिएको छ ।
बुटवलमा कपडा बैंकको स्थापना गरिएको छ । बुटवल उपमहानगरपालिकाको समन्वय तथा क्लोथ एण्ड फुड बैंक नेपालको आयोजनामा पुनः प्रयोग गर्न मिल्ने गरी कपडा बैंकको स्थापना गरिएको हो ।
बाँकेको कोहलपुरस्थित गोरखा युनाइटेड पब्लिक स्कुलमा अध्ययनरत दुई विद्यार्थी मिलेर अटोचार्ज विद्युतीय मोटरसाइकल बनाएका छन् ।
नेकपा (एमाले) का सांसद भगवती चौधरीले मिटरब्याजीहरु तानासाही प्रवृत्ति देखाएको बताउनुभएको छ ।
भेरी नगरपालिका–१ होलुखोला स्थितभेरी कोरिडोरको बिचमा लगाइएको गहुँबाली । जिल्लाको सबै भन्दा बढी सिँचाइ सुविधा भएको र उत्पादनसमेत राम्रो हुने क्षेत्रको रूपमा लिइएको छ ।
अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन सांसदको मागलाई नीति तथा कार्यक्रम र बजेटमा सम्बोधन गर्नेगरी संशोधन गरिएको बताउनुभएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अशोककुमार चौधरीले मिलापत्र गर्न सकिने कुरालाई फितलो रूपमा विधेयकमा प्रस्तुत गरिएको बताउनुभएको छ ।
बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ का महिलाले पाठेघर क्यान्सर रोग पत्ता लगाउन आयोजना गरिएको निःशुल्क स्क्रिनीङ्गमा २३६ जना महिलाले परीक्षण गराएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजश्व छली, अवैध व्यापार र कारोबार नियन्त्रण गर्न सरकार विशेष योजनासहित प्रस्तुत हुने बताउनुभएको छ।
नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले एकै व्यक्ति वा समूहको बैङ्क वित्तीय संस्थामा स्वामित्व र व्यवसायी हुँदा अर्थतन्त्र धराशायी बनेको बताउनुभएको छ ।
कोशी मुख्यमन्त्री केदार कार्कीले माझी जातिले मान्दै आएको आफ्नो मौलिक परम्परागत पर्व कोशी पूजाको अवसरमा बिदा दिने सम्बन्धमा आफू सकारात्मक रहेको बताउनुभएको छ ।
गोरखाको मर्स्याङ्दी नदी किनारमा एक महिलाको शव फेला परेको छ । फेला परेकी महिला लमजुङको राईनास नगरपालिका-८ की ५५ वर्षीय लीला सुनार भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।