• १२ मंसिर २०८१, बुधबार

प्रजातन्त्र दिवससको अवसरमा एक सय ५० स्याउका बिरुवा रोपियो

blog

जुम्ला तातोपानी गाउँपालिका ४ लाम्रामा सशस्त्र प्रहरीको नयाँ स्थापना गरिएको कार्यालय प्राङ्गणमा स्याउ रोपिँदै । तस्बिर : नेत्र शाही ।

नेत्र शाही 

जुम्ला, फागुन ६ गते । प्रजातन्त्र दिवसको अवसरमा जुम्लाको तातोपानीमा वृक्षरोपण गरिएको छ । वि.सं. २००७ फागुन ७ गतेका दिन एकतन्त्रीय जहानियाँ राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा प्रत्येक वर्ष मनाइँदै आएको छ । जुम्लामा पनि यसपटक राष्ट्रिय प्रजातन्त्र दिवस विविध कार्यक्रम आयोजना गरेर मनाउन लागिएको हो । 

जुम्लाको तातोपानी गाउँपालिका वडा नम्बर ५ स्थित सशस्त्र प्रहरी बल नेपाल ३३ नम्बर गणमा नयाँ स्थापित कार्यालय प्राङ्गणमा एक सय ५० वटा स्याउका बिरुवा रोपिएको हो । वृक्षरोपण कार्यक्रममा चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायत, तातोपानी गाउँपालिकाका उपाध्यक्ष रेवती रावल, प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेसहित सरोकारवाला निकाय र स्थानीयको सहभागितामा वृक्षरोपण गरिएको छ ।