गुणबहादुर रोका
सुलीकोट, फागुन ६ गते । गोरखामा बलात्कार आरोपमा ६० वर्षीय वृद्धलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारपाक सुलीकोट गाउँपालिका–४ सौरपानी घुनचोकका ६० वर्षीय वृद्ध बुद्धिमान बिक रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार २०८० फागुन २ गते बेलुका ८ बजेको समयमा नाम परिवर्तित १२ वर्षीय नाबालिका भकुमारीलाई घरमा कोही नभएको मौका छोपी डर धम्की र त्रासमा पारी बलात्कार गरेको पीडितका बाबुले बताउनुभएको छ । बुवाको जाहेरीपछि बलात्कार आरोपी विकलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेलगत्तै आइतबार जबरजस्ती करणी कसुर शीर्षकमा मुद्दा दर्ता गरी गोरखा जिल्ला अदालत गोरखाबाट हिरासतमा राखी ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।