पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ हिलटप मोडमा बस र ट्रक एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।
कालीकोटको तिलागुफा नगरपालिकाले दुर्गमका सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई सहयोग गर्दै आएको छ ।
बागलुङको सर्वसिद्धिधाम पञ्चकोटमा पाँच हजार पाँच सय ५५ किलोको मुक्तिनाथ महाघण्ट राखिएको छ । बागलुङ नगरपालिका-५ स्थित पञ्चकोटलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नका लागि यहाँ महाघण्टा राखिएको हो ।
सुनसरीको भाक्रोहा नरसिंह गाउँपालिका–४ को चिरौली चौकदेखी वराहक्षेत्र नगरपालिका १० प्रकाशपुर नहर सीमासम्मको सडक कालोपत्रे हुने भएको छ ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिका-३ अन्नपूर्णका स्थानीयको पानीको समस्या हटेको छ । यहाँका दुई सय ३८ घरपरिवारमा एक घर एक धारा निर्माण भएसँगै वर्षौँदेखिको पानीको समस्या हटेको हो ।
राष्ट्रिय गौरव एवम् रणनीतिक महत्वको काठमाडौँ-तराई-मधेस द्रुतमार्ग निर्माणको करिब ३१ प्रतिशत काम सकिएको छ । चालु आर्थिक वर्ष २०८०-८१ को माघ मसान्तसम्म आयोजनाको ३० दशमलव ९६ प्रतिशत भौतिक र ३१ दशमलव ५७ प्रतिशत वित्तीय प्रगति भएको छ ।
राष्ट्रिय तेक्वान्दो सङ्घ नेपालले धनगढीका चार जना खेलाडीलाई ब्ल्याक बेल्ट प्रदान गरेको छ । खेल प्रशिक्षण सुरु गरेको तीन वर्षपछि धनगढीका सृजना गुरुङ, आर्यन डगौरा, प्रभात जोशी र प्रशंसा अधिकारीले ब्ल्याक बेल्टको प्रमाणपत्र पाएका हुन् ।
मनाङलाई सडक सञ्जालसँग जोड्ने सरकारको योजनाअनुरूप २०५१ सालदेखि सडक डिभिजन कार्यालय तनहुँले निर्माण सुरु गरेको डुम्रे बेँसीसहर–चामे सडक सात किलोमिटर सडक कालोपत्र गरिएको छ ।
चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रमले तर्जुमा गरेका कुल योजना मध्य हालसम्म त्रिहत्तर प्रतिशत भन्दा बढी योजनाको सम्झौता कार्य गर्न सिमकोट गाउँपालिका सफल भएको छ ।
संसदीय अभ्यासको अहिलेसम्मको समीक्षा गर्दा पुरानै शैलीले हामीले काम गर्ने हो भने नयाँ परिणामको अपेक्षा गर्न सकिन्न । त्यही भएर अहिले हामीले फरक परिणामको अपेक्षासहित फरक ढङ्गले काम गर्न आवश्यक छ ।
युलेस सिटी काउन्सिल सदस्यमा टीका पौडेल निर्विरोध चयन हुनुभएको छ । पौडेल दोस्रो कार्यकालका लागि चयन हुनुभएको हो ।
यहाँ मोटरसाइकल र टेलर एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । सल्लीबजार–चौरजहारी सडक खण्ड अन्तर्गत जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–६ नाथे खोलाबाट सुनौली बजार जाँदै गरेको लु ८० प १४११ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फबाट जाँदै गरेको ना ६ ख २२५३ नम्बरको टेलर एक आपसमा ठोक्किँदा मोटरसाइकलमा पछाडि सवार बनगाड कुपिण्डे नगरपालिका–१ का १८ वर्षीय शिशिर बिसीको मृत्यु भएको हो ।
बागमती प्रदेशमा अझै विद्यालय उमेरका बालबालिका विद्यालयबाहिर रहेका पाइएको छ । बागमती प्रदेशभित्र विद्यालय उमेर समूहका चारदेखि १३ वर्षका ९७.१ प्रतिशत मात्र विद्यालयमा भर्ना भएको पाइएकाले सङ्घीय सरकारले अनिवार्य शिक्षा र विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउन कार्यव्रmम सञ्चालन गर्दै आएको छ ।
राष्ट्रिय गौरव एवम् रणनीतिक महत्वको काठमाडौँ–तराई-मधेस द्रुतमार्ग निर्माणको करिब ३१ प्रतिशत काम सकिएको छ ।
जाजरकोटका खाद्यान्न डिपोहरूमा चामल मौज्दात नहुँदा स्थानीय मर्कामा परेका छन् । जिल्लाको जुनीचाँदे गाउँपालिका–७ रजुतरा बिक्री केन्द्र चामलविहीन छ ।