तनहुँको आँबुखैरेनी गाउँपालिका-१ स्थित मित्रता माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत मनीषा भुजेल चित्रकलाको सीप सिकेपछि उत्साहित हुनुहुन्छ ।
चुल्होमा दनदनी आगो बलिरहँदा सनम (सखी) हरू भात पकाउन, भाँडा धुन व्यस्त हुनुहुन्थ्यो । उहाँहरूलाई काममा सघाउन थपिनुभयो, पानफूलाहरु । दुना–टपरी गाँस्ने, तरकारी केलाउने काममा उहाँहरू कस्सिनुभयो ।
स्थानीय खानाका परिकारसँगै प्रकृतिसँग रमाउँदै साहसिक पर्यटक बटुल्ने लक्ष्यसहित खोलिएको ‘दरमखोला रेम्बो ट्राउट तथा एग्रो रिसोर्ट’ ले पूर्णता नपाउँदै धेरैको रोजाइमा पर्न थालेको छ ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-५ बुद्धचोकमा निर्माणाधीन पृथ्वीचन्द्र अस्पताल अन्तिम चरणमा पुगेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृति संरक्षण आज मानव जातिको साझा चासो र चुनौतीको विषय बनेको बताउनुभएको छ ।
बागलुङको ढोरपाटन नगरपालिका-६ पुरानो गाउँमा पहिलो पटक मोटर बाटो पुगेपछि स्थानीय हर्षित भएका छन् । जिल्लाको निकै विकट मानिने पुरानो गाउँमा नगरपालिकाले यस वर्ष सडक पुर्याएको हो ।
‘समृद्ध नेपालका लागि स्वास्थ्य, कर्मठ र उद्यमी युवा’ भन्ने नाराका साथ युवामैत्री नगरपालिका निर्माणका लागि १० बुँद घोषणापत्र जारी गर्दै सप्तरीको खडक नगरपालिकामा आयोजित नगरस्तरीय युवा सम्मेलन सम्पन्न भएको छ ।
नेपालगञ्ज–गुलरिया सडक खण्ड अन्तर्गत बाँकेको खजुरामा अलपत्र एक हजार ८०० मिटर सडक निर्माण सुरु भएको ६ वर्षसम्म पनि पूरा नभएपछि स्थानीय बासिन्दाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको ध्यानाकर्षण गराएका छन् ।
जापानको अन्तरिक्ष निकाय (जाक्सा) ले आफ्नो नयाँ रकेटको सफल प्रक्षेपण गरेको छ । वर्षौँको ढिलाइ र यसअघिका दुई असफल प्रयासबाट निराशा भोगेको जाक्सालाई एच–थ्रीको सफल परीक्षणले उत्साहित बनाएको छ ।
रोजगारीको सिलसिलामा हङकङ बस्दै आउनुभएका उर्लाबारीका युवाले गाउँमा एम्बुलेन्स उपलब्ध गराएका छन् ।
बालबालिकामा हुने क्यान्सरको समयमा नै उपचार गरे चाँडै निको चिकित्सकले बताएका छन् । उमेर पुगेका मानिसको तुलनामा बालबालिकामा देखिएको क्यान्सर समयमा उपचार गरे निको हुने सम्भावना धेरै रहेको चिकित्सकको भनाइ छ ।
आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्ससम्मिलित त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा जितका लागि नेपाललाई नेदरल्यान्ड्सले एक सय ३८ रनको मध्यम लक्ष्य दिएको छ ।
बझाङ सदरमुकाम चैनपुरमा केन्द्रबिन्दु भएर गत असोज १६ गते गएको भूकम्पका कारण जिल्लाको दुर्गम क्षेत्र दुर्गाथली गाउँपालिकाका अधिकांश खानेपानीका मुहान सुक्न थालेका छन् ।
विपन्न वर्गका ज्येष्ठ नागरिकलाई न्यानो कपडा सहयोग गरिएको छ । चिसोबाट बचाउनका लागि आर्थिक स्रोत न्यून भएका ज्येष्ठ नागरिकलाई न्यानो कपडा प्रदान गरिएको हो ।
आसपासका क्षेत्रमा ती घटना भएका हुन् । ती घटनाबाट छ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।