जिल्ला सदरमुकामको सरसफाइलाई ध्यान दिँदै मन्थली नगरपालिका र रामेछाप-काठमाडौँ सिर्जनशील समाजले संयुक्तरुपमा ‘डोको डस्टबिन’ अभियान सुरु गरेका छन् । जिल्ला सदरमुकाम मन्थली बजार र सरकारी कार्यालयको मूल गेट नजिक फोहर सङ्कलनका लागि डोको राखेर अभियान सुरु गरिएको हो ।
दुध बेचेमा देउता रिसाउने कुप्रथाको डरले बैतडीका ग्रामीण क्षेत्रका अधिकांश किसान दुध बेच्दैनन् । पशु पालेर गाउँमा दुध बेच्नुभन्दा भारतमा ज्याला मजदुरी गर्न सजिलो मानेर काममा जान्छन् ।
तनहुँको शुक्लागण्डकी नगरपालिका-११ नाम्सीकोटका कमल महतले यस वर्ष सुन्तला बेचेर ४० लाख आम्दानी गर्नुभएको छ । वैदेशिक रोजगारीबाट फर्किएर सुन्तलाखेतीमा आबद्ध महतले सुन्तलाबाट मनग्य आम्दानी गरिरहनुभएको छ ।
भारतको प्रमुख प्रतिपक्षी दल भारतीय काङ्ग्रेस पार्टीले राष्ट्रिय निर्वाचनको घोषणा हुनुभन्दा केही हप्ताअघि नै कर विभागले आफ्नो बैङ्क खाता रोक्का गरेको शुक्रबार जनाएको छ ।
नुवाकोटको विदुर नगरपालिका-५ ले बच्चा जन्मिएको ३५ दिनभित्र जन्मदर्ता गर्नेलाई पाँच हजार उपलब्ध गराउने भएको छ ।
एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिता–२०२४ अन्तर्गत आज भएको सेमिफाइनलमा नेपालले मलेसियालाई जितका लागि एक सय १६ रनको लक्ष्य दिएको छ ।
बजेट विनियोजन हुन थालेको पाँच वर्षपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग र वडा नं ५ पाउद्धार तातोपानी जोड्ने झोलुङ्गे पुल निर्माण सुरु भएको छ ।
ठूलो खोला हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको जलविद्युत आयोजनालाई आगमी डेढ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य सहित निर्माणलाई तिव्रता दिइएको हो ।
बोर्डको सचिवालयबाट वैदेशिक रोजगारीमा गई मृत्यु भएका तथा अङ्गभङ्ग भएका कामदार र परिवारलाई प्रदान गरिने आर्थिक सहायता वितरणमा प्रयोग हुने सफ्टवेयरमा केही दिनयतादेखि समस्या आएको थियो ।
सडक, भोजन र पर्यटनबिचको अन्योन्याश्रित सम्बन्धलाई एकाकार गर्न होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीले वीपी राजमार्गको प्रवेश विन्दु बर्दिबासमा सडक खाना महोत्सव आयोजना गर्ने भएको छ ।
अर्थमन्त्री प्रकाशशरण महतले सार्वभौम संसद्ले पारित गरेको बजेट कटौती गर्न नमिल्ने बताउनुभएको छ ।
दुई युरोपेली महाशक्तिसँग सुरक्षा सम्झौतामा हस्ताक्षर गर्न युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रबार जर्मनीको राजधानी बर्लिन र फ्रान्सको राजधानी पेरिस पुग्नुहुनेभएको छ ।
ढोरपाटन (बागलुङ), फागुन४ गते । बागलुङका दुई पर्यटकीय क्षेत्रलाई जोड्न पदमार्ग निर्माण गर्न थालिएको छ । ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाको सिमानामा रहेको गाईघाट झरनालाई वराह तालसँग जोड्न पदमार्ग निर्माण गर्न थालिएको हो । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट चालु आर्थिक वर्षमा विनियोजन भएको रु. १० लाखले पदमार्ग निर्माण गर्न थालिएको हो । पदमार्ग निर्माणका लागि पर्यटन तथा उद्योग कार्यालय बागलुङसँग सम्झौता गरेर काम सुरु गरिएको गाईघाट झरना–बराहताल पदमार्ग निर्माण समितिका अध्यक्ष नरबहादुर घर्ती मगरले जानकारी दिनुभयो । यस वर्ष विनियोजन भएको बजेटले तालसम्म पदमार्ग पुर्य ाउन नसकिने उहाँको भनाइ छ । पक्की पदमार्ग निर्माण गर्न बढी खर्च लाग्ने हुँदा यस वर्ष करिब सात सय मिटर निर्माण हुने अध्यक्ष घर्तीमगर बताउनुहुन्छ । गाईघाट झरनादेखि करले गाउँसम्म पदमार्ग निर्माण गर्ने मगरले बताउनुभयो ।उहाँले भन्नुभयो, “झरनादेखि केही माथिसम्म यसभन्दा अगाडि पदमार्ग निर्माण भएको छ, त्यहाँबाट नयाँ काम सुरु गरेका छौँ, योजना वराह तालसम्म पुर्य ाउने हो, तर बजेटले पुग्दैन, माथि गाउँसम्म पुग्ने ‘स्टिमेट’ भएको छ, कामलाई तीव्रता दिन थालेका छौँ, पदमार्गमा सिमेन्ट, बालुवाको प्रयोग बढी गर्नुपर्ने हुँदा बढी खर्चिलो हुन्छ ।”ताराखोला–१ मा पर्ने झरनामा पछिल्लो समय आन्तरिक पर्यटकको भीड लाग्ने गरेको छ । झरनामा आउने पर्यटकलाई तालसम्म पुर्य ाउन पदमार्गले सहजता प्रदान गर्ने ताराखोला–१ का अध्यक्ष यामबहादुर श्रीसले बताउनुभयो । खासगरी पर्यटन प्रवर्धनका लागि पदमार्ग निर्माण गर्न थालिएको उहाँको भनाइ छ । गाईघाट झरनादेखि वराह ताल पाँच किलोमिटर उत्तरमा रहेको जनाउँदै तालसम्मै पदमार्ग पुर्य ाउनका लागि आगामी वर्ष प्रदेश र केन्द्र सरकारसँग सहकार्य गर्ने अध्यक्ष श्रीसले बताउनुभयो । झरनामा गाउँपालिकाले यसभन्दा अगाडि सोलार बत्ती जडान, बगैँचा व्यवस्थापन, खोलामा पुल बनाएको जनाउँदै पछिल्लो समय पर्यटकको आकर्षण पनि बढ्दै गएको उहाँको भनाइ छ । महिनामा करिब दुई हजार बढी पर्यटकले झरनाको अवलोकन गर्ने गरेको श्रीसले बताउनुभयो । सबैभन्दा बढी बिदाको दिनमा पर्यटक आउने गरेका उहाँले जानकारी दिनुभयो । झरनालाई व्यवस्थित बनाउनका लागि प्रदेशले चालु आवमा पदमार्ग निर्माणसहित रु.१५ लाख विनियोजन गरेको उहाँले बताउनुभयो । झरनाभन्दा माथि रहेको ताललाई सौन्दर्यकरण गर्नुका साथै त्यस वरपर मन्दिर निर्माणसमेत गरेको वडाध्यक्ष श्रीसको भनाइ छ ।“अहिलेसम्म झरनामा आउने पर्यटक तालसम्म पुर्य ाउन सकिएको छैन, ताल धेरै टाढा पनि होइन, पाँच किलोमिटरको दूरीमा छ, पदमार्ग निर्माणपछि झरना र ताललाई पर्यटकीय गन्तव्य बनाउन सकिन्छ कि भन्ने लागेको छ”, अध्यक्ष श्रीसले भन्नुभयो, “यस वर्ष पुर्य ाउन नसके पनि आगामी वर्षमा पालिका र प्रदेश सरकारसँग सहकार्य गर्छौं, तालसम्म पदमार्ग पुर्य ाउने छौँ, पर्यटकको चाप बढ्दै गएको छ, झरनामा आएका पर्यटकलाई तालसम्म पुर्य ाउन सके गाउँका उत्पादनले मूल्य पाउनेछ, रोजगार सिर्जना हुने भने अन्य अवसर सिर्जना हुने अपेक्षा लिएका छौँ ।” रासस
पूर्वी टर्कीको सुनखानीमा पहिरो जानमा जिम्मेवार भएको आशङ्का आठ जनालाई पक्राउ गरिएको छ । एर्जिन्कान प्रान्तको इलिक जिल्लाको सुन खानीको डम्प–लिचिङ क्षेत्रमा मङ्गलबार पहिरो गएको थियो ।
निर्वाचन आयोगले राजनीतिक दललाई आफ्नो नाम, विधान, नियम, छाप, झण्डा, चिह्नमा भएको परिवर्तन, संशोधन तथा पदाधिकारीको हेरफेर भएको भए सोबारे ३० दिनभित्र आयोगलाई जानकारी दिन निर्देशन दिएको छ ।