समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित चाम्लिङ राई भाषा
नेपाल कम्युनिष्ट पार्टी (एमाले) धादिङको अध्यक्षमा पुनः भूमि त्रिपाठी निर्वाचित हुनुभएको छ । आज सम्पन्न नवौँ जिल्ला अधिवेशनबाट त्रिपाठी तेस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । अध्यक्षका लागि प्रतिस्पर्धामा रहनुभएका रामकुमार अधिकारीलाई ७१ मतले पराजित गर्दै त्रिपाठी निर्वाचित हुनुभएको हो ।
प्राकृतिक सुन्दरतासँगै साहित्यिक रागले पनि पोखराको पर्यटनलाई चलायमान बनाउन थालेको छ । पर्यटकीय नगरी पोखरामा ११ औँ संस्करणको सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलले साहित्य, भाषा, संस्कार र संस्कृति अनुरागीलाई एकै स्थानमा जुटाएको छ । फेवातालको किनारको वाराहीघाटमा बिहीबार उक्त साहित्य मेलाको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीति र साहित्यको लक्ष्य समाजको रूपान्तरण रहेको बताउनुभयो । उहाँले साहित्यिक महोत्सवले पोखरालाई सम्मुनत सहरका रूपमा विकास गर्न थप टेवा पु¥याएको उल्लेख गर्नुभयो ।
बझाङको तलकोटबाट चैनपुर आइरहेको से१ज ८६८ नंको जिप तल्कोट गाउँपालिकाको साइलाबगड नजिक दुर्घटना हुँदा एकजनाको मृत्युभएको छ भने दुईजना घाइते भएका छन् ।
प्रेमिल भाव समेटिएको गीत ‘मीरा’ मा प्रेम र भक्तिको अनुपम उदाहरण बनेकी मीराको कृष्णप्रतिको भक्तिमय प्रेम दर्शाउन खोजिएको छ । यहाँ सार्वजनिक भएको गीतमा निःस्वार्थ प्रेमलाई उच्चतम सम्मान दिँदै प्रेम प्राप्तिमा नभई त्यागमा अमर बन्ने सन्देश दिइएको छ । सविता बस्नेत दानीको शब्द रहेको गीतमा गैरे सुरेशले सङ्गीत दिनुभएको छ भने गायिका विनिशा पौडेलको आवाज सुन्न सकिन्छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित डोट्याली भाषा
चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन शनिबारदेखि राजधानीमा आयोजना हुने भएको छ । बैङ्कको पहुँचमा नपुग्ने गरिब तथा विपन्न वर्गलाई सेवा दिने लघुवित्त क्षेत्रमा देखिएका समस्या र चुनौतीबारे छलफल गर्दै आगामी रणनीति बनाउन शनिबार र आइतबार राजधानीमा सम्मेलन हुन लागेको हो । स्वावलम्बन विकास केन्द्रको आयोजनामा हुन लागेको सम्मेलनमा नियामक, नीतिगत र सरकारी निकायका प्रतिनिधि, लघुवित्त संस्थाका नेतृत्वकर्ता, सञ्चालक, लघुवित्तकर्मी, सेवाग्राही सदस्य, जनप्रतिनिधि गरी सात सय जनाभन्दा बढीको सहभागिता रहने बताइएको छ ।
नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजना सुपरिवेक्षण परामर्शदाता छनोट गरिएको छ । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार ६३ मेगावाटको आयोजना निर्माण सुपरिवेक्षणका लागि ट्राक्टेवल इन्जिनियरिङ जर्मनी, ट्राक्टेवल इन्जिनियरिङ स्पेन तथा वापकोस लिमिटेड, भारतको संयुक्त उपक्रम इन एसोसिएसन विथ टोटल म्यानेजमेन्ट सर्भिसेस (टिएमएस) तथा जेड कन्सल्ट, नेपाल छनोट भएका छन् ।
रोजगार अनुमति प्रणाली (इपिएस) कोरियन भाषाको परीक्षा आउँदो फागुन ७ देखि हुने भएको छ । कोरियन भाषा परीक्षा फागुन ७ देखि हुने भएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाले सन् २०२४ लागि उत्पादनतर्फको परीक्षा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान भैँसेपाटीमा हुने जनाएको छ ।
सरकारले विगत छ महिनामा विभिन्न मालवस्तुको आयात र करबापत करिब साढे ४५ अर्ब रुपियाँ छुट दिएको छ । त्यसमध्ये विभिन्न मालवस्तुको आयातमा मात्रै ३५ अर्ब रुपियाँभन्दा बढी महसुल छुट प्रदान गरिएको छ । पुससम्म छ खर्ब २१ अर्ब ६८ करोड रुपियाँको मालवस्तु आयात भएकामा ३५ अर्ब ६६ करोड २८ लाख रुपियाँ महसुल छुट प्रदान गरिएको अर्थ मन्त्रालयले जनाएको छ । आर्थिक ऐन र भन्सार ऐनमा व्यवस्था भएबमोजिम सो बराबरको छुट प्रदान गरिएको मन्त्रालयले उल्लेख गरेको छ ।
त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग बल्खुस्थित आफ्नो भवनमा सरेको छ। यसअघि प्रदर्शनीमार्गमा रहेको रत्नराज्य क्याम्पसको भवनमा सञ्चालित विभागले बुधबार बल्खुको नयाँ भवनमा अध्यापन सुरु गरेको छ। बुधबार त्रिभुवन विश्वविद्यालयका निमित्त उपकुलपति प्राडा शिवलाल भुसालले नयाँ भवन उद्घाटन गर्नुभयो। उहाँले लामो समयको सङ्घर्षपछि विभागले आफ्नै भवन प्राप्त गरेको उल्लेख गर्दै आधुनिक भवनसँगै शैक्षिक अनुसन्धान भित्र्याउने काम विभागको जिम्मामा आइपुगेको बताउनुभयो। विभागका उपप्राध्यापक एवं भवन निर्माण समितिका संयोजक डा. देवराज अर्यालले उक्त भवन निर्माणमा २१ करोड ५५ लाख ५१ हजार रुपियाँ खर्च भएको जानकारी दिनुभयो।
नेपालमा ठुला पूर्वाधार आयोजनामा युरोपेली सङ्घ (इयू) ले सहयोग क्षेत्र विस्तार गर्ने भएको छ । सहयोग जलवायु परिवर्तनको विश्वव्यापी समस्या र त्यसबाट नेपाललाई परेको असर कम गर्न नवीकरणीय ऊर्जाको क्षेत्रका केन्द्रित हुने भएको छ । त्यसक्रममा युरोपियन इन्भेस्टमेन्ट बैङ्क (इआइबी) ले पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी गृहकार्य भइरहेको नेपालका लागि युरोपेली सङ्घका राजदूत भेरोनिक लोरेन्जोले जानकारी दिनुभयो । नेपाल र युरोपेली सङ्घबिच कूटनीतिक सम्बन्ध स्थापनाको ५० औँ वर्षका अवसरमा आयोजना गरिने कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उहाँले लगानीबारे तथ्यगत रूपमा अहिले सबै बताउन नमिल्ने पनि उल्लेख गर्नुभयो ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।
दाङमा गोली प्रहारबाट एक जना महिला प्रहरीको हत्या गरिएको छ । वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत महिला प्रहरी जवान धनमाया थापालाई उहाँका श्रीमान यमबहादुर झाक्री मगरले गोली प्रहार गरेर हत्या गरेको प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी दिनुभयो ।
नेपाली सेनाको श्री नं. २ बाहिनी अड्डा हिले ब्यारेक, धनकुटाको भूतपूर्व सैनिक सम्मेलन २०८० सम्पन्न भएको छ । सम्मेलनमा फरक क्षमता भएका भूपू सैनिकलाई ह्विलचेयर वितरण गरिएको छ ।