पोखरामा सरकारी कार्यालय, सङ्घ संस्था तथा व्यक्तिगत नाम उल्लेख गरिएका छाप र जङ्गली जनावरको सिंङ सहित तीन जना पक्राउ परेका छन् ।
नेपाल एयरलाइन्सले यही फागुन ७ गते सिमकोट-सुर्खेत रुटमा परीक्षण उडान गर्ने भएको छ । यसअघि नेपालगञ्ज-सिमकोट-नेपालगञ्ज रुटमा उडान गर्दै आएको
मस्कोको पुस्किन स्क्वायरमा लागेको भिषण आगो नियन्त्रणमा आएको छ । रुसी आपतकालीन अवस्था मन्त्रालयले यसबारेमा जानकारी गराएको हो ।
भारतको थोक मूल्य सूचकाङ्क (डब्ल्युपिआइ) जनवरीमा ०.२७ प्रतिशतले घटेको सङ्घीय वाणिज्य तथा उद्योग मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ ।
इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसीले बिहीबार कायरोमा भ्रमणमा रहेका ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भासँग वार्ता गर्नुभएको छ ।
बागमती प्रदेश प्राकृतिक जलाशय तथा मत्स्य संरक्षण केन्द्र मकवानपुरले चालु आर्थिक वर्षको छ महिनामा किसानलाई चार करोड ३८ लाख माछाका भुरा विभिन्न वितरण गरिएको जनाएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाभित्र निर्माण गरिएका सार्वजनिक शौचालयहरूको सही व्यवस्थापन नहुँदा केही सङ्ख्यामा बन्द भइसकेका छन् भने अधिकांश फोहोर र जीर्ण भई काम नलाग्ने हुन थालेका छन् ।
बझाङको थलारा गाउँपालिका स्थित परकाट्ने केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ९ बजेर ३२ मिनेट जाँदा परकाट्ने आसपास केन्द्रविन्दु भएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको हो ।
हिमाली जिल्ला सोलुखुम्बुमा स्याउ उत्पादन क्रमिक रुपले वृद्धि हुँदै गएको छ । पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्कलाई विश्लेषण गर्दा जिल्लामा स्याउ उत्पादन क्रमिक रुपले वृद्धि भएको पाइएको छ ।
कालिकोटका दुई स्थानीय तहमा युवा लक्षित रोजगार कार्यक्रम सरकारले सञ्चालनमा ल्याएको थियो । लामो समयपछि २०७४ मा निर्वाचित स्थानीय सरकारले नागरिकले आहा गर्ने खालका कार्यक्रम सार्वजनिक गरेका थिए । केहीले कार्यविधि बनाउँदै समय गएको भनेर आफैले तयार गरेका कार्यक्रम लागु गर्न सकेनन् भने रास्कोट नगरपालिका र पलाँता गाउँपालिकाले भने युवालाई विदेशीनबाट रोक्न युवा लक्षित कार्यक्रम लागु गर्यो ।
पछिल्ला केही दिनयता नाम चलेका पाँचतारे होटल धमाधम कारबाहीमा परेका छन । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पाँचतारे होटलमा म्याद गुज्रिएका खाद्यवस्तु र बिनालेबलका वस्तु फेला परेपछि कारबाहीमा परेका हुन् । बिहीबार काठमाडौँको बौद्धमा रहेको हायात होटलको अनुगमन गर्ने क्रममा म्याद गुज्रिएका डेरी उत्पादन र पेय पदार्थ भेटिएपछि म्याद गुज्रिएका सामान नष्ट गरी तीन लाख रुपियाँ जरिबाना गरेको विभागले जनाएको छ । विभागका निर्देशक एवं बजार अनुगमन संयोजक आन्नदराज पोखरेलले देशकै ठुला र पाँचतारे होटलको भान्सामा म्याद गुज्रिएका र लेबलबिनाका वस्तु भेटिनु आश्चर्यजनक भएको बताउनुभयो ।
उच्च हिमाली क्षेत्रमा पालन हुने चौँरीगाई सिमकोट गाउँपालिका–१ को दोजाम गाउँमा ल्याइएका छन् । हिमपात कम भए पनि यस वर्ष चिसो निकै बढेका कारण ती चौँरीगाईलाई पालनकै लागि उक्त गाउँमा ल्याइएको हो । दोजाम गाउँका स्थानीय स्याम्जोर लामाले हिउँदमा चार हजार पाँच मिटर उचाइमा रहने चौँरीगाई यतिबेला दुई हजार चार सय मिटरको उचाइमा झारिएको बताउनुभयो ।
आफूलाई जङ्गलको राजा भनेर चिनाउँदै आएका राउटे समुदाय पछिल्लो समय गाउँमै बसेर कृषि व्यवसायमा लाग्न थालेका छन् । घुमन्ते शैलीमा जङ्गली जीवन बिताइरहेका राउटे समुदायले तरकारी खेती गर्न थालेपछि परशुराम नगरपालिका–१२, आमपानीमा सोलार लिफ्ट सिँचाइ योजना निर्माण गरिएको थियो ।
धनुषा जिल्लामा एक उपमहानगरपालिका, ११ नगरपालिका र छ वटा गाउँपालिका गरी १८ वटा स्थानीय तह छन् । तीमध्ये जिल्लाको पूर्वदक्षिण अवस्थित धनौजी गाउँपालिका भारतीय सीमासँग जोडिएको छ । साबिक झोझी कटैया, बहुअर्वा, ल
बाढीपहिरोबाट विस्थापित बस्तीलाई स्थानान्तरणमा सकस भएको छ । विपत्को दृष्टिकोणले असुरक्षित ती बस्ती स्थानान्तरणका लागि बजेट नहुँदा यस्तो समस्या आएको हो । त्यस्तै बस्ती स्थापनाका लागि उपयुक्त जमिन फेला नपरेकाले स्थानीय तह, प्रदेश र सङ्घीय सरकारलाई सकस भएको हो । स्वामिकार्तिक–१, मुक्तिकोटका नरे लुहारले सुरक्षित बासका लागि सरकारसँग माग राख्दै आएको बताउनुहुन्छ तर बस्ती स्थानान्तरणका लागि कुनै पनि सरकारले चासो नदिएको भनाइ उहाँको छ । उहाँले भन्नुभयो, “गत वर्ष जमिन सबै पहिरोले लग्यो । अहिले घर पनि पहिरोको जोखिममा छ । अब बर्खा लागेपछि कता गएर बस्ने हो चिन्ता छ ।”