गुल्मीको तम्घासस्थित सिद्धबाबा माध्यमिक विद्यालयले विद्यार्थीलाई अध्ययनमा सक्रिय बनाउन सञ्चालन गरेको ‘ज्ञानीसँग हाम्रा नानी’ कार्यक्रमको आज सयौँ शृङ्खलाको कार्यक्रम सम्पन्न भएको छ ।
सल्यान दार्माका भूकम्पपीडितलाई आर्थिक सहयोग गरिएको छ । भूकम्प प्रभावित दार्मा गाउँपालिकाका चार सय ३८ भूकम्प पीडितलाई नेपाल रेडक्रस सोसाइटी सल्यानले १५ हजारका दरले ६५ लाख ७० हजार नगद सहयोग गरेको हो ।
बाँकेको खजुरा गाउँपालिका-४ स्थित मुसबेटवा बाबा मजार हिन्दु र मुस्लिम धर्मावलम्बीको आस्थाको केन्द्र बन्दै गएको छ ।
बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न हेटौँडामा सार्वजनिक सवारीसाधनका चालक र सहचालकको निःशुल्क आँखा परीक्षण गरिएको छ ।
एक दशकको अवधिमा झापा जिल्लामा सङ्घीय र प्रदेश सरकारको लगानीमा ५१ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । पक्की पुल बन्न नसकेका नदीमा आवतजावतको सहजताका लागि झोलुङ्गे पुल निर्माण गरिएका हुन् ।
प्रणय दिवस तथा सरस्वती पूजाको दिन कक्षा–९ मा पढ्ने छात्रालाई लहानस्थित साथीको डेरामा ल्याएर बलात्कार गर्ने सुखीपुर नगरपालिका–२ का मनिकलाल यादवका छोरा वर्ष १८ का नितेशकुमार यादव पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
गोरु तस्करीमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको तिनाउ गाउँपालिका –३, स्थित बेलबास–दोभान सडक हुँदै सिद्धार्थ राजमार्गमा चेकजाँचको क्रममा प्रहरीले १८ वटा गोरुसहित तीन जनालाई पक्राउ गरेको हो ।
विश्वविद्यालय अनुदान आयोगले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्रक्रिया पूरा गरेर शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद्को सिफारिसमा क्याम्पसलाई 'क्युएए' प्राप्त भएको हो ।
नेपाली कांग्रेसले यही फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकको तयारीलाई तीव्रता दिएको छ । कांग्रेसले ‘नीति अधिवेशन’का रूपमा लिएको महासमिति बैठकलाई व्यवस्थित र प्रभावकारी ढङ्गले सञ्चालन गर्न विभिन्न नौ उपसमिति गठन गरी तयारीलाई तीव्रता दिएको हो ।
नेकपा (माओवादी केन्द्र)को प्रथम विधान अधिवेशनमा समूहगत छलफलबाट सुझाव सङ्कलन गर्ने कार्य सम्पन्न भएको छ ।
इलामको सूर्योदय नगरपालिका– ५ ले घरमै पुगेर जन्म दर्ता गराउन थालेको छ । बच्चा जन्मिएको ३५ दिन भित्रमै जन्म दर्ता हुनेको सङ्ख्या शत प्रतिशत गराउने उद्देश्यले वडा कार्यालयले घरमै पुगेर जन्म दर्ता गराउन थालेको हो ।
अन्तर्राष्ट्रिय महिला दिवस (मार्च ८) को दिन एनआरएस स्पोर्ट्स फाउण्डेसनले कीर्तिपुर नगरपालिकाको सहकार्यमा कीर्तिपुरमा आमा दौड आयोजना गर्ने भएको छ ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले वितृष्णाको वातावरणमा प्रतिगामीहरुले खेल्ने कोशिस गरिरहेको बताउनुभएको छ ।
बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २ सीतापुरमा अस्थायी रुपमा बसोबास गर्दै आउनुभएका लाकुरे दमाईको जीवनको उर्जाशिल समय बर्गिय मुक्ती आन्दोलन र समाज परिवर्तनको अभियानमा बित्यो ।
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्ससम्मिलित त्रिदेशीय सिरिजको पहिलो खेलमा नेपालले नामिबियालाई १३३ रनको लक्ष्य दिएको छ ।